अस्ट्रेलियाका विश्वविद्यालय र कलेजहरूले आफ्नो वार्षिक आयबाट अर्वौँ डलर गुमाउने चिन्ताका माझ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई देश भित्र्याउन चार्टर विमान प्रयोग गर्न सकिने प्रस्ताव राष्ट्रिय कोभिड-१९ संयोजन आयोगका प्रमुखले राखेका छन्।
यसबारे थप रिपोर्ट माथि रहेको मिडिया प्लेयरमा क्लिक गरेर सुन्नुहोस्।
कोरोनाभाइरस अन्तर्गत मोरिसन सरकार द्वारा लागु गरिएका यातायात प्रतिबन्धका कारण अस्ट्रेलिया प्रवेश गर्ने अन्तर्राष्ट्रिय विद्यार्थी सङ्ख्या १० प्रतिशत सम्मले अहिले घटेको बताइदा आगामी दिनहरूमा यसले देशको उच्च शिक्षा उद्योगमा ठुलो असर पार्न सक्ने चिन्ता पनि व्यक्त गरिएका छन्।
देशको चौथो ठुलो आय श्रोतको रूपमा रहेको अन्तर्राष्ट्रिय शिक्षा उद्योगले देशको भविष्य बलियो राख्न पनि ठुलो सहयोग पुराउने बताउँछन् अन्तर्राष्ट्रिय शिक्षा सङ्घका प्रमुख फिल हनीवूड।
यस अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई देश भित्र्याउन यात्रा सम्बन्धी विशेष छुटको व्यवस्था गर्ने बारे विचार गरिरहेको सङ्केत सङ्घीय सरकारले दिएको छ।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:






