SKIP TO MAIN CONTENT

कोरोना सङ्कट: न्यु साउथ वेल्समा सोमवार मात्र थप १४९ विरामी

अस्ट्रेलियामा कोरोनाभाइरसको सङ्क्रमण सुरु भए यता सोमवार न्यु साउथ वेल्स राज्यमा मात्र झन्डै डेढ सय मानिसहरूमा कोभिड-१९ देखिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्।

A health worker talks to visitors at a Covid-19 testing centre in Sydney on 23 March, 2020.
A health worker talks to visitors at a Covid-19 testing centre in Sydney on 23 March, 2020. Source: Getty

2 min read

Published

Updated

By Maani Truu



Skip to article content

सोमवार एकै दिन १४९ जनालाई कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि न्यु साउथ वेल्स राज्यमा मात्र कोभिड-१९ बाट सङ्क्रमित हुनेको कुल सङ्ख्या ८१८ पुगेको छ।

राज्यकी प्रमुख चिकित्सकीय अधिकृत केरी च्यान्टका अनुसार हाल १३ जनालाई सघन उपचार कक्ष (आसीयु)मा कोरोनाभाइरस सङ्क्रमणका कारण भर्ना गरिएको बताएकी छिन्।

उनका अनुसार कूल ८१८ सङ्क्रमण मध्य ४२५ मामिला आयातित हुन् तर समुदाय मै हुने फैलावट पनि बढ्ने क्रममा छ।

“विदेशबाट आउनुहुने सबै जना सेल्फ आइसोलेसनमा बस्न एकदमै आवश्यक छ,” च्यान्टले भनिन्।

न्यु साउथ वेल्स प्रिमियर ग्लाडिस बेरिजिक्लियनले राज्यमा सेल्फ आइसोलेसनको अनुगमन गर्न थालिने चेतावनी दिएकी छिन्।

हाल उक्त राज्यमा सेल्फ आइसोलेसन नगरेको पाइएमा ११,००० डलरसम्मको जरिवाना वा ६ महिनासम्मको जेल सजाय वा दुवै हुनसक्ने प्रावधान छ।

“हामीले सङ्क्रमणको फैलावटलाई रोक्नै पर्छ। म हाम्रो राज्य ठिक समयमा उचित कदम नचाल्ने उदाहरण बनेको हेर्न चाहन्न,” बेरिजिक्लियनले भनिन्।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now