SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्समा सङ्क्रमणका कारण १८ जनाको मृत्यु, बालबालिकाका लागि आजदेखि खोप कार्यक्रम सुरु

न्यु साउथ वेल्समा आज २०,२९३ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १८ जनाले ज्यान गुमाएका छन्।

children vaccine
Image for reference only. Source: AAP

2 min read

Published

Presented by SBS Nepali

Source: SBS



Skip to article content

न्यु साउथ वेल्सका विभिन्न अस्पतालमा हाल २,०३० जना बिरामीहरू कोभिड-१९ सङ्क्रमण पछि उपचार गराइरहेका छन्।

सघन उपचार कक्षमा उपचार गराउनेहरूको सङ्ख्या पनि बढेर १५९ पुगेको छ।

यता भिक्टोरियामा ३४,८०८ जनामा कोरोनाभाइरस पुष्टि हुँदा दुई जनाको मृत्यु भएको छ।

फेला परेका आधा जति सङ्क्रमित ऱ्यापिड एन्टीजेनबाट गरिएको परीक्षण विधिबाट पत्ता लागेको अधिकारीहरूले बताएका छन्।

हाल राज्यमा ८१८ जनाको उपचार भइरहेको छ।

आइतबार यो सङ्ख्या ७५२ रहेको थियो।

यसैबिच आजबाट अस्ट्रेलियाभर पाँच देखि ११ वर्षका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ।

साधारण चिकीत्सकहरुकोमा खोपका लागि बुकीङ्ग समय पाउन मुस्किल हुने समाचारका बिच लेफ्टिनेन्ट जनरल जोन फ्रिवेनले करिब १० हजार खोप केन्द्रहरू मार्फत बालबालिकालाई खोप लगाइने बताएका छन्।

“यदि तपाईँको साधारण जिपि वा स्वास्थ्य सेवा प्रदायकबाट (बुकीङ्गका लागि) समस्या भइरहेको छ भने, औषधि पसल वा राज्य एवम् प्रदेशका क्लिनिकहरूमा कोसिस गर्नुहोस्, उनीहरू अनलाइनमा छन्,” उनले भने।

“मनग्य खोप भएकाले मानिसले थोरै द्यैयता राख्न जरुरी छ, अनलाइनमा पनि हरेक दिन हेर्न सकिन्छ र वाक ईन (बिना बुकीङ्ग) खोप लगाउने अवसरहरू पनि छन्।”

यता स्वास्थ्य मन्त्री ग्रेग हन्टले जनवरी महिना भर २३ लाख योग्य बालबालिकाका लागि करिब ३० लाख खोप उपलब्ध रहेको बताए।

मन्त्री हन्टका अनुसार करिब ६ हजार साधारण चिकित्सक, १५० वटा कमनवेल्थ क्लिनिक, ११५ वटा आदिवासी क्लिनिक, २,००० औषधि पसल र २५० वटा राज्य क्लिनिकहरूले खोप प्राप्त गर्नेछन्।

अस्ट्रेलियाभरका करिब ८,००० स्थानहरूमा खोप पुर्‍याउनु पर्ने भएकाले भनेकै दिनमा बालबालिकाले खोप पाउँछन् भन्ने कुरा निश्चित नभएको मन्त्री हन्टले स्विकारेका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now