ऱ्यापिड एन्टीजेनमा पोजेटिभ आए के गर्ने?

A health worker shows a positive result from a Rapid Antigen Test.

A health worker shows a positive result from a Rapid Antigen Test. Source: AAP

देशभरका कोभिड-१९ परीक्षण केन्द्रहरू भरिभराउ छन्। अधिकारीहरूले हल्का लक्षण र ऱ्यापिड एन्टीजेनमा पोजेटिभ देखिए सामान्य चिकित्सक(जिपि) संग परामर्श लिनका लागि सल्लाह दिइरहेका छन्। नियमहरू छिटो छिटो परिवर्तन भइरहेका बेला हामीले ऱ्यापिड एन्टीजेनमा पोजेटिभ देखिए के गर्ने भनेर चर्चा गरेका छौ।


आपूर्ति समस्याका कारण देशभर द्रुत गतिमा कोभिड-१९ परीक्षण गर्ने विधि एन्टीजेनको उपलब्धतामा असर गरिरहँदा, पोजेटिभ रिपोर्ट आउनेहरूले के गर्ने भन्ने नयाँ निर्देशन आइरहेका छन्।

राष्ट्रिय मन्त्रीपरिषद्को निर्णय अनुसार अब उप्रान्त ऱ्यापिड एन्टीजेनमा पोजेटिभ देखिए पिसिआर परीक्षणका लागि जान नपर्ने भएको छ।

नयाँ निर्देशन कार्यान्वयन भएको बताउँदै प्रधानमन्त्रीले हल्का लक्षण भएका र एन्टीजेन परीक्षण पोजेटिभ आएकाहरूले सामान्य चिकित्सक सँग टेलिहेल्थको सहायताले घरमै बसेर सहयोग लिन सक्ने बताएका छन्।

“सबैभन्दा महत्वपुर्ण, तपाईँले आफ्नो डाक्टरलाई फोन गर्नु हो, केस सङ्ख्या मुद्दा होइन तर यो स्याहारको कुरासंग जोडिन्छ त्यो महत्वपुर्ण हो, कमनवेल्थले घरमै आफ्नो सङ्क्रमण व्यवस्थापन गर्न टेलिहेल्थको सेवा दिएको छ,” उनले भने।

पोजेटिभ आएका मानिसहरूले सात दिन सम्म आफूलाई अलग्गै राख्न र आफ्ना नजिक आएकाहरूलाई जानकारी गराउनु आवश्यक हुन्छ।

रोयल अस्ट्रेलियन कलेज अफ जिपिकी अध्यक्ष डाक्टर करेन प्राईस भन्छिन् कि देशभर केस सङ्ख्या उकालो लागिरहेका बेला क्लिीनीकका फोन अत्यन्तै व्यस्त हुन्छन् र मानिसहरूले धैय राख्न जरुरी हुन्छ।

पूरा रिपोर्ट यहाँ सुन्नुहोस्:

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

अस्ट्रेलियन मेडिकल एसोसिएसन अन्तर्गत न्यु साउथ वेल्समा प्रमुख माइकल बोनिङ्गस पनि मानिसहरूलाई धैय राख्न अनुरोध गर्छन्।

उनी भन्छन् हल्का देखि मध्यम लक्षण भएका र खोपका दुवै डोज लगाएका वा बुस्टर लगाएका मानिसहरूले घरमै चिकित्सकको सहायतामा सङ्क्रमणलाई व्यवस्थापन गर्न सक्छन्।

A person undergoes a PCR or nasal antigen test, in Santa Cruz, Bolivia
Mexico has reported nearly 300,000 Covid-19 deaths Source: EFE

प्रत्येक राज्य र प्रदेशसँग महामारीका साथ साथै एन्टीजेन परीक्षणका बारेमा राष्ट्रिय मन्त्रीपरिषद्को सल्लाहलाई कसरी लागु गर्ने भन्ने विकल्प छ।

न्यु साउथ वेल्स राज्यमा पनि शुक्रबार देखि  एन्टीजेन परीक्षण पोजेटिभ आएपछि स्वास्थ्य विभागलाई जानकारी दिनु पर्ने  निर्णय भएको छ, यद्यपि प्रधानमन्त्री भन्छन् कि राज्य र प्रदेशहरूले यसका बारेमा दिशानिर्देशहरू तैयार पार्न केही समय लाग्नेछ।

टास्मेनियाले भने कोरोनाभाइरसको प्राथमिक पहिचानका लागि एन्टीजेन परीक्षणलाई राख्ने निर्णय गरेको छ।

यता भिक्टोरियाले भने फोन वा अनलाइन मार्फत पोजेटिभ रिर्पोटका बारेमा जानकारी दिनका लागि निर्देशन दिएको छ।

भिक्टोरियाका कार्यवाहक प्रमुख स्वास्थ्य अधिकारी बेन काउवी भन्छन् कि एन्टीजेनमा पोजेटिभ रिपोट आउनेको पनि पिसिआर रिर्पोटमा पोजेटिभ आउने जत्तिकै दायित्व हुन्छ।

यता साउथ अस्ट्रेलियामा एन्टीजेन परीक्षणको नतिजा राज्यको दैनिक केस नम्बरमा रिपोर्ट गरिने भएको छ।

साउथ अस्ट्रेलियाको स्वास्थ्य विभाग भन्छ कि पोजेटिभ केस रिपोर्ट हुँदा अधिकारीहरूलाई मानिसहरू सँग जानकारी लिन र स्याहार गर्न सजिलो हुन्छ।

यता नदर्न टेरीटरीले भने नयाँ नीति अपनाई नहाल्ने जनाएको छ।

मन्त्री माइकल गनरका अनुसार राज्यमा पिसिआरका लागि पर्याप्त स्थान छ।

क्वीन्सल्याण्डमा पनि मानिसहरूलाई पोजेटिभ रिपोर्ट गर्नका लागि प्रणालीको विकास भइसकेको छ।

राज्यकी स्वास्थ्य मन्त्री युभेट डा'थ नयाँ निर्देशनहरूको पालना गदै पिसिआर परीक्षण गर्न नजान र अत्यन्तै बिरामी भएको अवस्थामा मात्र अस्पताल जान अनुरोध गर्छिन्।

rapid antigen test
MAX/IPx20221/2/22Atmosphere during the Omicron Pandemic in New York City. Source: AAP

तर यी निर्देशनहरूका बिच एन्टीजेन परीक्षणमा पहुँच पाउनु नै फरक कुरा भएको छ।

परीक्षण प्रणालीमा परिवर्तन भए सँगै एन्टीजेन परीक्षणको उपलब्धता र किफायतितामा चिन्ता व्यक्त भएका छन्।

मेलर्वन विश्वविद्यालय महामारीविद् प्रोफेसर टोनि ब्लेकलि भन्छन् कि यो निर्णय जाँच केन्द्रमा भइरहेको भिडभाडलाई कम गर्नका लागि हो।

तर एन्टीजेन परीक्षणको कम उपलब्धता सँगै उनी चिन्ता गर्छन् कि राज्य र प्रदेश सरकारमा रिपोर्ट गरिएन भने समुदायमा कोभिड-१९ को निगरानी कम हुनेछ।

कुन परीक्षण किन्ने भन्ने कुरामा चाहिँ , युनिभर्सिटी अफ सिड्नीकी मेडिसिन एवम् स्वास्थ्य संकायकी डाक्टर अलेक्जान्ड्रा मार्टिन्युक भन्छिन्, "थेउराप्युटी गुड्स एडमिनीस्ट्रेसनले यसको भरपर्दो जानकारी दिन्छ।"


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now