SKIP TO MAIN CONTENT

जब किपर रकम भुक्तानीको सरकारी अनुमानमा त्रुटि रहेको खुलासा

जब किपर भत्ता लिने अस्ट्रेलियालीहरूको सङ्ख्या वास्तविकता भन्दा निकै धेरै अनुमान गरिएको ट्रेजरीले खुलाएको छ।

Tresurer Josh Frydenberg and Prime Minister Scott Morrison
Tresurer Josh Frydenberg and Prime Minister Scott Morrison Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS News



Skip to article content

कोरोना भाइरस सङ्क्रमणका समयमा कामदारहरूलाई तलब खुवाउन सहयोग पुर्‍याउने उद्देश्यले सरकारद्वारा प्रदान गरिएको जब किपर योजना अन्तर्गत रोजगार दाताहरूले गलत जानकारी राखे पछि कुल अनुमानित सङ्ख्या वास्तविक भन्दा ३० लाख बढी रहेको खुल्न आएको हो।

शुक्रबार बेलुका एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै ट्रेजरी र कर कार्यालयले सो गलत संख्याबारे जानकारी गराएका हुन्। 

पहिले उक्त योजना अन्तर्गत ६५ लाख रोजगारदाताले रकम भुक्तानीको दाबी गरेको भनिए पनि सो सङ्ख्या ३० लाखले कम हुँदै ३५ लाखको मात्र दाबी परेको देखिएको छ।

व्यवसायीहरूले जब किपर रकम गलत प्रक्रियाले दाबी गरेकाले सो सङ्ख्या त्यति धेरै घटेको हो।

व्यवसायीहरूले आफ्ना कति कर्मचारीहरूले उक्त योजना अन्तर्गत रकम पाउन सक्छन् भन्ने जानकारी राख्नु पर्ने भए पनि धेरैले कर्मचारीहरूलाई काममा राखिरहन आफूलाई हप्तामा कति रकम चाहिन्छ भन्ने दाबी गरेका थिए।

यसले गर्दा सरकारले उक्त योजना अन्तर्गत खर्च हुने अनुमानित रकम १ खर्व ३० अर्वबाट घटेर ७० अर्वमा झरेको छ।

मे महिनाको सुरुवात देखि रोजगार दाताहरूले प्रत्येक पन्ध्रौँ दिनमा १५ सय डलर प्राप्त गर्न थालेका थिए।

पहिलो चरणको भुक्तानी सेप्टेम्बर महिनाको अन्त्य सम्म हुने छ भने त्यस पछि योजनाको समीक्षा पश्चात् जुन १ देखि अर्को चरणको भुक्तानी गरिने छ।

प्रधानमन्त्री स्कट मोरिसनले यस अघि नै उक्त योजना अन्तर्गत अस्थायी भिसामा रहेका र क्याजुअल कामदारहरू नराख्ने निर्णय गरिसकेका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now