भिक्टोरिया सरकारद्वारा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विशेष राहत प्याकेज घोषणा

कोरोनाभाइरस महामारीका कारण गहिरो आर्थिक सङ्कटमा परेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गर्ने हेतुले भिक्टोरिया सरकाले एक विशेष राहत प्याकेज घोषणा गरेको छ।

Victorian Minister for Jobs, Innovation and Trade Martin Pakula.

Victorian Minister for Jobs, Innovation and Trade Martin Pakula. Source: AAP

खुद्रा पसल एवम् हस्पिट्यालिटी उद्योग अन्तर्गत पर्ने क्याफे, रेस्टुरेन्ट, पब लगायतका स्थानहरू कोरोनाभाइरस महामारीका कारण बन्द भएपछि ती व्यापार-व्यवसायहरूमा कार्यरत रहेका हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरू प्रभावित भएपछि उनीहरूको सहायताका लागि भिक्टोरियाली सरकारले बुधवार विहान मेलबर्नमा विशेष राहत प्याकेज घोषणा गरेको हो।

उक्त घोषणा अनुसार भिक्टोरियाका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले सहायता स्वरुप एक पटकको लागि अधिकतम १,१०० डलरसम्म प्राप्त गर्न सक्नेछन् र यस कार्यका लागि भिक्टोरियाली सरकारले ४ करोड ५० लाख डलर बराबरको अन्तर्राष्ट्रिय विद्यार्थी राहत कोष गठन हुने बताएको छ।

वुधबारको घोषणाबाट भिक्टोरियाली विश्वविद्यालयका अतिरिक्त टेफ, निजी कलेज लगायत अन्य तालिम तथा प्रशिक्षण प्रदायककहाँ भर्ना भएका ४०,००० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू लाभान्वित हुने बताइएको छ।

गत साल मात्रै करिब २५०,००० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भिक्टोरियामा अध्ययनका लागि भनेर आएको सरकारी आँकडा छ।

अघिल्लो आर्थिक वर्षमा मात्रै नेपाल लगायत चीन, भारत, मलेसिया र भियतनामबाट प्रमुख रुपमा भित्रेका ती अढाई लाख भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भिक्टोरियाली अर्थतन्त्रलाई झन्डै १३ अर्व डलरको योगदान गरेको बताइएको छ।

भिक्टोरियाको अन्तर्राष्ट्रिय विद्यार्थी बजार अस्ट्रेलियाभरमा सबैभन्दा ठुलो मानिन्छ। सन् २०१८ मा मात्र अन्तर्राष्ट्रिय विद्यार्थीले तीन अर्व डलर भन्दा बढी रकम राज्यका विश्वविद्यालयहरूलाई शुल्क बापत बुझाएका थिए।

Nepali Students Melbourne International
Victorian Government's new program will help to create work opportunities for international students. Source: Abhas Parajuli

अन्तर्राष्ट्रिय विद्यार्थीहरू भिक्टोरियाली समुदायको मूल्यवान् सदस्य हुन् भन्दै राज्यका व्यापार मन्त्री मार्टिन पकुलाले आफूहरूले छिट्टै यस क्षेत्र प्रति समर्पित एक विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका छन्।

भिक्टोरियाली सरकारका अनुसार यो आर्थिक वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूबाट हुने आम्दानीमा कम्तीमा पनि लगभग ५.८ अर्व डलरको घाटा हुने पक्का-पक्की छ।

अघिल्लो वर्षको तुलनामा करिब एक लाखको हाराहारीमा अन्तर्राष्ट्रिय विद्यार्थी कम भएपछि भिक्टोरियाली सरकारले उक्त व्यापार घाटा अनुमान गरेको हो। 

यसै क्रममा एक भिक्टोरियाली विश्वविद्यालय - ला’ ट्रोबले मङ्गलवार एक करोड २० लाख डलर बराबरको विद्यार्थी राहत प्याकेज घोषणा गरेको छ जसमध्ये करिब ७० लाख डलर अन्तर्राष्ट्रिय विद्यार्थीको सहयोगार्थ विनियोजन गरिएको बताइएको छ।

भाइरसका कारण थुप्रै विद्यार्थीहरूले आफ्नो काम गुमाउनुका साथै परिवारबाट समेत सहयोग पाउन नसकेको यस विषम परिस्थितिलाई आफूहरूले महसुस गर्दै उक्त राहत प्याकेज ल्याइएको ला’ ट्रोबकी एक सहायक उपकुलपति जेसिका भ्याण्डरलीले बताएकी छिन्।

"यो सङ्कट हाम्रा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले गम्भीर रूपमा महसुस छन् र म यो कुरा भन्न खुसी छु कि हाम्रा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रत्यक्ष सहयोग गर्न ६.८ मिलियन डलर विनियोजन गरिएको छ," प्रोफेसर भ्याण्डरलीले भनिन्।

अर्को भिक्टोरियाली विश्वविद्यालयले यस अघि करिब २ करोड डलरको राहत कोष खडा गरिसकेको छ।

60ee1f03-8fb5-4520-832e-0a0480e695e0

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png


Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now