ग्रामिण भिक्टोरियामा आफ्नो पहिलो घर किन्नेहरुलाई रकम प्रदान गर्ने म्याद थपियो

ग्रामिण भिक्टोरियामा आफ्नो पहिलो घर बनाउने वा किन्नेहरुलाई भिक्टोरिया सरकारले प्रदान गर्दै आएको २०,००० डलरको आर्थिक सहयोग थप १२ महिनाका लागि उपलब्ध गराइने भएको छ।

Andrews and Pallas have provided an update regarding Victoria's economy and new modelling forecasting 270,000 job losses as a result of coronavirus

Victorian Premier Daniel Andrews (left) and Victorian Treasurer Tim Pallas depart a press conference in Melbourne Source: AAP

२३ अप्रिलमा राज्यका ट्रेजरर टिम पालसले यस बारे घोषणा गर्नु अघि, फर्स्ट होम ओनर्स ग्रान्ट भनेर चिनिने उक्त सरकारी अनुदानको म्याद आगामी जुन महिनाको मसान्तसम्म मात्र थियो।

भिक्टोरियाली सरकारको उक्त घोषणासँगै अब आर्थिक वर्ष २०२०/२१ को अन्त्यसम्मै, आफ्नो प्रथम घर क्षेत्रीय भिक्टोरियामा किन्ने वा निर्माण गर्ने मानिसहरूले सरकारी अनुदान स्वरूप २०,००० पाउने भएका हुन्।

सन् २०१७ सम्म १०,००० डलरमा सीमित रहेको उक्त अनुदान घरहरूको मूल्य आकासिँदै गएपछि भिक्टोरियाली सरकाले २०,००० डलर पुर्‍याएको थियो जसबाट हालसम्म करिब-करिब नौ हजार मानिसहरू लाभान्वित भइसकेको सरकारी तथ्याङ्क छ।

"हामीलाई थाहा छ कि कोरोनाभाइरस महामारीले युवाहरूलाई आफ्नै स्वामित्वमा घर हुने सपना प्राप्त गर्न अझ गाह्रो बनाइरहेको छ - त्यसैले हामीले अनुदानलाई विस्तार गरेका हौँ - जुन अनुदानका कारण यति धेरै क्षेत्रीय भिक्टोरियालीरूलाई मद्दत पुगेको छ,” राज्यका ट्रेजरर टिम पलासले भने।

आपत्कालीन रूपमा डाकिएको राज्य संसद्को एक विशेष बैठकका क्रममा, फर्स्ट होम ओनर्स ग्रान्टको समयावधि बढाइएको बारे छलफल पछि ऐन अद्यावधिक हुने भिक्टोरियाली सरकारको भनाइ छ।

Victorian Treasurer Tim Pallas speaks during question time in the Legislative Council at the Parliament of Victoria at Parliament House in Melbourne, Thursday, April 23, 2020. (AAP Image/James Ross) NO ARCHIVINGe
Victorian Treasurer Tim Pallas speaks in the Legislative Council Source: AAP

कोरोनाभाइरसको प्रभाव स्वरूप अन्योलग्रस्त रहेको क्षेत्रीय भवन निर्माण उद्योगलाई आफ्नो उक्त निर्णयले केही निश्चितता प्रदान गर्ने पनि पलासले बताए।

राज्यको ट्रेजरी तथा वित्तीय विभागको अनुसार, यो वर्षको आखिरीसम्ममा राज्यभर आवासीय भवनहरूको मूल्यमा करिब नौ प्रतिशतसम्मको गिरावट आउन सक्नेछ।

यसका साथै, आगामी सेप्टेम्बर त्रैमासिक अवधिसम्ममा भिक्टोरियाको बेरोजगारी दरमा पनि बढोत्तरी हुँदै करिब ११ प्रतिशत पुग्ने पनि सरकारी अनुमान छ।

Bendigo Peace Park Stupa
Bendigo Peace Park Stupa Source: Sir Lancelot

भिक्टोरियाली सरकारको रिजनल फर्स्ट होम ओनर्स ग्रान्टका लागि योग्य ठहरिन भिक्टोरियालीहरूले ७५०,००० डलर वा सो भन्दा कमको घर क्षेत्रीय भिक्टोरियामा खरिद वा निर्माण गर्ने हुनुपर्नेछ।

अनुदान बापतको सुविधा पाउन, उक्त सम्पत्ति ती भिक्टोरियालीहरूको पहिलो खरिद हुनुका साथै आफ्नो प्रमुख निवासको रूपमा प्रथम १२ महिना प्रयोग भएको पनि हुनुपर्ने सर्त रहेको छ।

भिक्टोरियाभरका ४८ काउन्सिलहरू अन्तर्गत रहेका स्थानहरूका लागि उपलब्ध रहेको उक्त अनुदानका लागि ग्रेटर जीलङ्ग, ब्यालाराट, बेण्डिगो, वडङ्गा र शेपर्टन निकै लोकप्रिय रहेको छ।

मेलबर्न महानगरीय क्षेत्रमा आफ्नो पहिलो घर किन्ने मानिसहरूका लागि १०,००० डलरको अनुदान यथावत् नै रहेको छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

ad632549-eeec-4b03-aad9-499f6ff624e3
covid-19.png

Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now