SKIP TO MAIN CONTENT

पश्चिमी सिड्नी: एक २५ वर्षे नेपालीको डुबेर मृत्यु

पश्चिम सिड्नीको बेन्ट्स बेसिनमा भेटिएको शव एक २५ वर्षे नेपाली पुरुषको रहेको अनुमान न्यु साउथ वेल्स प्रहरीको रहेता पनि, आधिकारिक रूपमा उक्त शवको पहिचान गरिएको छैन।

Bents Basin is located in the west of Sydney.
Source: NSW National Park

1 min read

Published

Updated


Skip to article content

प्रहरीका अनुसार आइतबार (२७ जनवरी ) बिहानको करिब साढे ११ बजे केही पुरुषहरूले पानीमा कठिनाइको सामना गरी रहेको देखिए पछि आपत्कालीन सेवालाई बोलाइएको थियो।

बीस वर्ष उमेरका रहेका अनुमान गरिएका तीन जनाको घटनास्थल नजिक रहेकाहरूले उद्धार गरिएको थियो भने एक २५ वर्षे पुरुष चाहिँ पानीमा डुबेर बेपत्ता भएको अधिकारीहरूको भनाइ छ।

प्रहरी गोताखोर, न्यु साउथ वेल्स दमकल र एम्बुलेन्स सेवा लगायतको सहकार्यमा सुरु भएको खोजी कार्य पछि दिउसो साढे एक बजे वाल्लेसिया बाट करिब १० किलोमिटर पश्चिममा रहेको उक्त तालमा बेपत्ता पुरुषको शव भेटिएको हो।

प्रहरीका अनुसार उक्त शव २५ बर्से नेपालीको रहेको अनुमान गरिएता पनि, शवको आधिकारिक रूपमा पहिचान हुन बाँकी रहेको छ।

नेपियन इलाका प्रहरी कमाण्डद्वारा मृत्युको कारणबारे रिपोर्ट कोरोनर समक्ष बुझाउने बताइएको छ।

गए जनवरी ९ मा न्यु साउथ वेल्सकै अलबरी स्थित मर्री नदीमा बेपत्ता भएका २१ वर्षीय बिगुल पण्डितको अझै खोजी जारी रहेको छ।

त्यसको केही दिन अगाडी मात्र दक्षिण अस्ट्रेलियाको क्लेरेन्स पार्कमा बस्ने २२ वर्षीय निश्चल घिमिरेको ग्लिनेल्ग बिचमा डुबेर मृत्यु भएको समाचार आएको थियो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now