कोरोना सङ्कट: अस्ट्रेलियामा थप एकको मृत्यु र राजकुमार चार्ल्स पनि सङ्क्रमित

महारानी एलिजाबेथ द्वितीया पछि अस्ट्रेलियाको राष्ट्रप्रमुख बन्ने लाइनमा पहिलो नम्बरमा रहेका राजकुमार चार्ल्स पनि कोभिड-१९ बाट सङ्क्रमित भएको बताइएको छ भने क्विन्सल्याण्डमा एक अस्ट्रेलियाली पुरुष कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुने नवौँ व्यक्ति भएका छन्।

The Prince of Wales (centre) is met by principal Sir Nigel Shadbolt (right) as he arrives for a visit to Jesus College in Oxford on 5 March 2020.

The Prince of Wales (centre) is met by principal Sir Nigel Shadbolt (right) as he arrives for a visit to Jesus College in Oxford on 5 March 2020. Source: AAP

७१ वर्षीय चार्ल्सले केही दिन यता हल्का लक्षणहरू देखाइरहेता पनि उनको स्वास्थ्य राम्रै रहेको उनको औपचारिक निवास क्ल्यारेन्स हाउसले एक विज्ञप्ति मार्फत जनाएको छ।

अरू बेला झैँ राजकुमार चार्ल्सले आफ्नै निवासबाट काम गरिरहेको पनि उक्त विज्ञप्तिमा उल्लेख छ।

डचेस अफ कर्नवल पनि भनिने उनको श्रीमती कमिलाको पनि परीक्षण गरिएको र उनमा भने सङ्क्रमण नदेखिएको बताइएको छ।

हाल दुवै चार्ल्स र कमिला उनीहरुकॊ स्कटल्यान्ड स्थित आफ्नै निवास बाल्मोरल हाउसमा आराम गरिरहेको पनि क्ल्यारेन्स हाउसले बताएको छ।

बकिङ्गहम राजप्रासादले पनि एक छुट्टै विज्ञप्ति निकालेर महारानी एलिजाबेथ द्वितीयाको स्वास्थ्य राम्रै रहेको र उनले छोरा चार्ल्सलाई पछिल्लो पटक मार्च १२ को बिहानीपख भेटेको जनाएको छ।

Garry Kirstenfield  acquired the virus on board the Royal Caribbean's Voyager of the Seas cruise ship.
Garry Kirstenfield acquired the virus on board the Royal Caribbean's Voyager of the Seas cruise ship. Source: Royal Caribbean

यता अस्ट्रेलियामा भने एक ६९ वर्षीय पुरुष कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउने पछिल्लो व्यक्ति भएको क्विन्सल्याण्डका स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्।

ग्यारी कर्सटनफिल्डले गत हप्ता सिड्नी बन्दरगाहमा रोकिएको रोयल क्यारिबियन क्रुज जहाजमा छदा कोभिड-१९ बाट सङ्क्रमित हुन पुगेका बताइएको छ।

उनको टूवूम्बा अस्पतालमा बुधवार दिउँसो मृत्यु भएको हो।

उक्त अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भइरहेको थियो।

यो समाचार तयार पारुन्जेल अस्ट्रेलियामा २,४३१ जना कोभिड -१९ बाट सङ्क्रमित भइसकेका छन् , जसमध्ये कर्सटनफिल्ड बाहेक अन्य आठ व्यक्तिले यस महामारीका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।

कोरोनाभाइरस सम्बन्धी पछिल्ला उपडेट, समाचार र  अन्य जानकारी यहाँ उपलब्ध छन्:  https://www.sbs.com.au/language/nepali/coronavirus-updates


2 min read

Published

Updated

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now