SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा सबैभन्दा धेरै सार्वजनिक बिदा कुन राज्य वा प्रदेशमा हुन्छ त?

अस्ट्रेलियामा एक वर्षमा ११ देखि १४ दिन सार्वजनिक बिदा हुँदा नेपालमा भने ३५ दिन भन्दा बढी बिदा मनाइन्छ।

Woman video bloger traveling by electric car with a smart phone, recording video stories for social media
Australia's jurisdictions have many of the same public holidays, but each state or territory is unique. Source: Moment RF / Yana Iskayeva/Getty Images

2 min read

Published

Updated

By Jessica Bahr

Source: SBS


Skip to article content

अस्ट्रेलियाका धेरै जसो सार्वजनिक बिदाहरू उस्तै नै छन् तर केही राज्य र प्रदेशमा भने विशेष बिदाहरू पनि छन्।

नयाँ वर्ष, अस्ट्रेलिया डे, गुड फ्राइडे, इस्टर मन्डे, एन्ज्याक डे, क्रिसमस डे, र बक्सिङ डेमा अस्ट्रेलियाभर नै बिदा हुन्छ।

‘किङ्गस बर्थडे’ वा राजाको जन्मोत्सवमा सबै राज्य र क्षेत्रमा बिदा हुन्छ तर फरक फरक दिनमा बिदा दिइन्छ।

सबैभन्दा धेरै सार्वजनिक बिदा नदर्न ट्रेरिट्रीमा हुन्छ। यहाँ १४ दिन बिदा हुन्छ, जसमध्ये क्रिसमस इभ र न्यु इएर इभमा बेलुका सात बजे पछि सार्वजनिक बिदा हुन्छ।

नदर्न ट्रेरिट्रीमा ५ अगस्टमा ‘पिकनिक डे’ को बिदा हुन्छ, जुन अरू ठाउँमा हुँदैन।

त्यस्तै यहाँ मे डे महिनाको छैटौँ दिनमा मनाइन्छ, जबकि अरू राज्य वा प्रदेशहरूमा लेबर डे हुन्छ।

देशको राजधानी रहेको अस्ट्रेलियन क्यापिटल ट्रेरिट्री (एसीटी) र भिक्टोरियामा वर्षमा १३ दिन सार्वजनिक बिदा हुन्छ।

एसीटीमा क्यानब्रा डे र रिकन्सिलिएसन डे मा बिदा हुन्छ जुन अरू राज्य वा प्रदेशमा हुँदैन।

त्यस्तै भिक्टोरियामा ‘मेलबर्न कप डे’ र एएफएल फाइनल अघिको शुक्रवार बिदा हुन्छ।

साउथ अस्ट्रेलिया, क्वीन्सल्यान्ड र टास्मेनियामा भने १२ दिन सार्वजनिक हुन्छ।

Each state and territory in Australia has different legislated public holidays
Each state and territory in Australia has different legislated public holidays. Source: SBS / Sunita Pokharel

साउथ अस्ट्रेलियामा ११ मार्चमा एडिलेड कपको बिदा हुन्छ भने क्रिसमस इभ र न्यु इएर इभमा बेलुका सात बजे पछि सार्वजनिक बिदा मानिन्छ।

क्वीन्सल्यान्डमा १२ दिनको सार्वजनिक बिदा बाहेक केही क्षेत्रीय बिदाहरू पनि रहेका छन्। यहाँ १४ अगस्टमा ‘रोयल क्वीन्सल्याड डे’ को बिदा हुन्छ।

टास्मेनियामा एक फरक किसिमको ‘एट हावर डे’ अर्थात् आठ घन्टाको बिदा हुन्छ भने इस्टरको बिदा मङ्गलवार सम्म लम्बिन्छ।

यसबाहेक टास्मेनियाका केही ठाउँहरूमा रिक्रिएसन डे को बिदा हुन्छ, तर यही बिदा प्रदेशको अरू स्थानहरूमा रोयल होबार्ट रेगाटाको रूपमा मनाइन्छ।

न्यु साउथ वेल्स र वेर्स्टन अस्ट्रेलियामा सबैभन्दा कम ११ दिन मात्र सार्वजनिक बिदा हुन्छ।

वेर्स्टन अस्ट्रेलियामा ३ जुनमा मनाइने वेर्स्टन अस्ट्रेलिया डे पनि यहीँ ११ दिन भित्रै पर्छ।

न्यु साउथ वेल्समा भने कुनै पनि थप बिदाहरू छैनन्।

नेपालमा चाहिँ कति दिन सार्वजनिक बिदा हुन्छ त?

नेपालको गृह मन्त्रालयले राजपत्रमा निकालेको सूचनामा विक्रम सम्वत २०८० मा ३५ दिन सार्वजनिक बिदा राखिएको छ।

सबैभन्दा धेरै बिदा दसैँमा छ दिन र तिहारमा पाँच दिन बिदा छ।

यसबाहेक हरेक प्रदेशमा थप बिदा हुन्छन् भने जात्रा लगायतमा क्षेत्रीय बिदा पनि छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now