Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

के अस्ट्रेलियाले बहु सांस्कृतिक समुदायको प्रतिनिधित्व हुने गरी सार्वजनिक बिदा दिनुपर्छ?

SYDNEY OPERA HOUSE DIWALI HINDU FESTIVAL

The Opera House is lit up in a gold colour to mark the start of the Diwali Hindu festival in Sydney, Tuesday, October 17, 2017. (AAP Image/David Moir) NO ARCHIVING Source: AAP / DAVID MOIR/AAPIMAGE

अस्ट्रेलियामा दिइने गरेको सार्वजनिक बिदामा बहु सांस्कृतिक समुदायको प्रतिनिधित्व हुनु पर्छ? देशमा गैर युरोपेली आप्रवासी समुदायको जनसङ्ख्या बढेसँगै यो प्रश्न धेरै पक्षबाट आउन आउन थालेको छ।


Published

Updated

By Tom Canetti

Presented by Sunita Pokharel

Source: SBS



Share this with family and friends


अस्ट्रेलियामा दिइने गरेको सार्वजनिक बिदामा बहु सांस्कृतिक समुदायको प्रतिनिधित्व हुनु पर्छ? देशमा गैर युरोपेली आप्रवासी समुदायको जनसङ्ख्या बढेसँगै यो प्रश्न धेरै पक्षबाट आउन आउन थालेको छ।


अस्ट्रेलियाले सांस्कृतिक विविधतालाई ध्यानमा राख्दै सार्वजनिक बिदा दिने विषयमा पनि परिवर्तन ल्याउनु पर्ने मागहरू आइरहँदा केही आप्रवासी समुदायहरूबाट भने मिश्रित प्रतिक्रिया आएको छ।

केहीले यसलाई सही दिशामा जाने कदम हुने बताएका छन् भने केहीले यो उपयुक्त नहुने बिचार राखेका छन्।

पर क्यापिटाका एक खोजकर्ता अस्मन्ड चिउ भन्छन् सरकारले प्रमुख उत्सवहरू जस्तै दीपावली तथा लुनार नयाँ वर्षमा सार्वजनिक बिदा दिनुपर्छ।

"यो भनेको अस्ट्रेलियालाई बहु सांस्कृतिक राष्ट्र भनेर सही तरिकाले पहिचान गर्ने एक सरल कार्य हो।"

लवी इन्स्टिच्युटद्वारा यसै वर्षको ज्यानुअरिमा प्रकाशित गरेको लेखमा चिउको यो प्रतिक्रिया आएको हो।

उनले एसियाली छिमेकीहरूको अगाडी अस्ट्रेलियाको छवि सुधार गर्न यो कदम महत्त्वपूर्ण हुने बताए।

"अस्ट्रेलिया एउटा बहु सांस्कृतिक राष्ट्र हो जुन संस्थागत रूपमा भने एकल सांस्कृतिक रहेको छ। हाम्रो बहु सांस्कृतिक बनावटलाई उचित ढङ्गबाट प्रतिबिम्बित गर्न त्यस्तै सार्वजनिक बिदाको प्रावधान हुनु पर्छ।"

पछिल्ला दुई दशकमा अस्ट्रेलियामा बसाइ सर्नेमा प्रमुख तया संयुक्त अधिराज्यका हुने गरेकोमा अहिले परिवर्तन भएर गैर युरोपेली राष्ट्रहरूका रहेका छन्।

सन् २०१६ देखि २०२१ सम्म अस्ट्रेलियामा आउने आप्रवासीहरू प्रमुख पाँच राष्ट्रहरू भारत, नेपाल, चीन, भियतनाम र फिलिपिन्समा जन्मिएका रहेका छन्।

सिख भोलन्टिएर्स अस्ट्रेलियाका जस्विन्दर सिंह भन्छन् दीपावलीमा सार्वजनिक बिदा दिनु सही हुन सक्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

उनका अनुसार सार्वजनिक बिदा दिनुको अर्को विकल्पका रूपमा समुदायहरूको सम्मानमा बर्सेनि सरकारबाट यस्ता दिनहरूमा सन्देश दिन सकिन्छ।

"बिदा नै नभए पनि राज्य तथा सङ्घीय सरकारका प्रतिनिधिहरूले शुभकामना सन्देश दिन सक्छन्।"

तर सबैले सार्वजनिक बिदा थप्नुलाई सही कदम भन्ने सोच्दैनन्।

चाइनिज एसोसिएसन अफ भिक्टोरियाका जनसम्पर्क अधिकारी एडविन टाउन यसले समावेश नभएका समुदायहरूबाट "म पनि किन छैन ?" भन्ने प्रश्न आउन सक्ने बताउँछन्।

"चिनियाँ नयाँ वर्ष अस्ट्रेलियाली संस्कृति होइन, चिनियाँ संस्कृति हो। त्यसैले यो त्यति उपयुक्त हुँदैन चिनियाँ नयाँ वर्षमा मात्र (बिदा) दिइयो भने अरू देशहरूले पनि भन्न सक्छन्, मलाई चाहिँ किन नदिने?"

एक दिन मात्र विशेष बनाउनु भन्दा अस्ट्रेलियाले वर्षै भरि देशभर रहेका आप्रवासी समुदायहरूलाई अघि बढाउनु पर्ने उनको भनाइ रहेको छ।

लुनार नयाँ वर्ष वा चिनियाँ नयाँ वर्ष ज्यानुअरि २२ मा मनाइँदै छ।

यो धेरै पूर्वी एसियाली राष्ट्रहरूमा मनाइन्छ जसमा भियतनाम, दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया, थाइल्यान्ड, जापान, फिलिपिन्स र इन्डोनेसिया पर्दछन्।

अस्ट्रेलियामा हाल सात सार्वजनिक बिदा रहेका छन् जुन सम्पूर्ण आठ राज्य तथा प्रदेशहरूमा मनाइन्छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now