SKIP TO MAIN CONTENT

त्रिभुवन विमानस्थलमा रहेको ‘एस्कलेटर’ बारे उठ्यो प्रश्न

नेपाली आकाश कत्तीको सुरक्षित छ भन्ने विषयमा, यो साता नेपालमा निकै चर्चा चल्यो।

UshaRajakTIA.png
Actress Usha Rajak's post on social media targetting Nepal's Tribhuvan International Airport's escalator's design has gone viral. (Photo: Usha Rajak's Facebook and Prabin Ranabhat/SOPA via AAP Photos)

2 min read

Published

Updated

By Pratichya Dulal

Source: SBS



Skip to article content

आइतबार पोखरा विमानस्थल नजिकै यति एयरलाइन्सको विमान दुर्घटना भएपछि यो विषयले फेरी एक पटक चर्चा पाएको हो।

पोखरामा भएको उक्त घटनाको छानबिन हुँदै गर्दा काठमाण्डू स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र यात्रुको सुरक्षाबारे पनि चर्चा चलेको छ।

अभिनेत्री उषा रजकले विमानस्थलको एस्कलेटर प्रयोग गर्दा थुप्रै मानिस लडेको भन्दै उक्त घटना लगतै विमानस्थल भित्रबाट एउटा भिडियो सार्वजनिक गरेपछि यो विषय फेरी एक पटक हो।

विदेशबाट नेपाल फर्कँदा विमानस्थलको आगमन तर्फको एस्कलेटर प्रयोग गरेको र त्यस क्रममा उनी लगायत धेरै मानिस एकै पटक लडेको भन्दै उनले यात्रुको सुरक्षा बारे प्रश्न गरेकी थिइन्।

सो घटनाले मानसिक रूपमा निकै प्रभाव पारेको भन्दै उनले भिडियोमा एस्कलेटरको 'डिजाइन' नै सही नभएको समेत उल्लेख गरेकी छिन्।

आफूले ‘अपलोड’ गरेको भिडियोमा उषाले एस्कलेटरको डिजाइन कसले गरेको हो भनेर समेत प्रश्न गरेकी छिन्।

'झन्डै ज्यान लिन लागेको थियो हाम्रो। झन्डै मेरो बच्चा किचेर मर्न लाग्यो,' उक्त घटनाका कारण आफू अझै सम्हालिन नसकेको भन्दै उनले भिडियोमा भनेकी छिन्।

'हामी सबै जना एक अर्का माथि लड्यौँ र सामानले पनि थिचेको थियो। यो चाहिँ सबैभन्दा खराब डिजाइन हो।'
उषा रजक

विमानस्थलको आगमन तर्फको एस्कलेटरको विषयबारे अभिनेत्री रजकले उठाएको प्रश्न बारे अन्य व्यक्तिहरूले पनि समर्थन जनाएका छन्।

रजकले एस्कलेटर सुरक्षित नभएको भनी उठाएको प्रश्नलाई फेसबुकमा समर्थन गर्दै अमृता लम्सालले समर्थन गरेकी छिन्।

त्यस्तै अभिनेत्री करिष्मा मानन्धरले पनि यस विषयमा समर्थन जनाएकी छन्।

यस्तै देवकी बिस्टले पनि समर्थन गरेकी छन्।

तर विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले यस विषयमा ध्यानाकर्षण भएको जनाएको छ र सामान सहितको ट्रली प्रयोग गर्ने यात्रुको लागि लिफ्टको व्यवस्था गरिएको र उक्त सूचना विमानस्थलमा राखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

CAANStatementUshaRajak.jpeg
Statement from the Civil Aviation Authority of Nepal (CAAN) on Actress Usha Rajak's social media posts about the escalators in Tribhuvan International Airport. (Image: CAAN)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले यस विषयमा विमानस्थलका कर्मचारीसँग कुरा गरेको र आवश्यक परे छानबिन कमिटी नै गठन गर्न सकिने उनको सचिवालयले जनाएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now