यस पटकको टोकियो ओलम्पिकमा अस्ट्रेलियाको प्रतिनिधित्वका लागि ४ सय ७२ जना खेलाडीको निर्धारण भइसकेको छ ।
ती मध्ये ६५ जना विदेशमा जन्मिएका छन् ।
यसले अस्ट्रेलियाली टोलीमा बहुसांस्कृतिक प्रतिनिधित्वको स्पष्ट सङ्केत गरेको छ ।
क्रोएसियाको स्पिलीटमा जन्मिएका ३१ बर्सिया गोरन टोमासेविच वाटर पोलोका खेलाडी हुन् ।
उनले अस्ट्रेलियाको प्रतिनिधित्व गदै टोकियो ओलम्पिकमा वाटर पोलो खेलमा भाग लिनेछन् ।
उनका लागि ओलम्पिकमा भाग लिने यो नै अन्तिम अवसर हो ।

६ वर्ष अघि अस्ट्रेलिया आएका उनले यसै वर्ष मात्र यहाको नागरिकता लिएका हुन् ।
“जीवनको नयाँ आशाका साथ म ६ वर्ष अघि अस्ट्रेलिया आएको हु,मलाई मेरो पेसा र वाटर पोलोको खेलाडीका रूपमा अस्ट्रेलियाली स्वीकार गरेको छ, ३१ वर्षको उमेरमा अवसर पाउन मेरा लागी सपना पुरा भए जस्तै छ,आशा छ कि म अस्ट्रेलियालाई गौरवान्वित तुल्याउँछु” उनले भने ।
यो रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा नि:शुल्क यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ।
टोमासेविच अस्ट्रेलियाली टोलीमा बढ्दो अल्पसङ्ख्यक टोलीको प्रतिनिधित्व गर्दछन् ।
यस पटकको ओलम्पिक खेलमा विदेशमा जन्मिएका मध्ये सबैभन्दा बढी बेलायतमा जन्मिएका खेलाडीहरूको प्रतिनिधित्व छ, बेलायतमा जन्मिएका १४ खेलाडी टोकियो ओलम्पिकमा खेल्दै छन् ।

यसै गरी चीन, दक्षिण अफ्रिका र अमेरिकामा जन्मिएका पाँच/पाँच खेलाडीको प्रतिनिधित्व रहेको छ
न्यूजील्याण्ड र फ्रान्सबाट भने तीन-तीन खेलाडीहरू भाग लिँदैछन् जो अस्ट्रेलियाको नभई आफू जन्मेको मुलुकबाट ओलम्पिक्स खेलहरूमा प्रतिनिधित्व गरीरेहका छन् ।
समग्रमा विभिन्न ३० मुलुकमा जन्मिएका खेलाडीले ओलम्पिक खेलमा अस्ट्रेलियाको प्रतिनिधित्व गरिरहेका छन् ।
इयान चेस्टरम्यान अस्ट्रेलियन टोलीका सेफ द मिसन अर्थात् प्रमुख हुन् ।
उनी महिलाहरूले खेलाडी सदस्यको आधा सङ्ख्या ओगटेकोमा प्रसन्नता प्रकट गर्छन् ।
“हाम्रा खेलाडीहरूका लागि त्यो मार्गको सिर्जना गरेकोमा खेल संगठनहरूको म प्रशंसा गर्दछु, टोकियो ओलम्पिक्समा ५३ प्रतिशत महिला खेलाडीहरू रहनु यस्तो कुरा हो जुन हामी भविष्यमा पनि जारी रहेको हेर्न चाहन्छौ ।”
टोकियो ओलम्पिक्सका लागि अस्ट्रेलियाली आदिवासी खेलाडीहरूका लागि पनि सकारात्मक सन्देशहरू छन् ।
खेलमा सहभागी हुने १६ जनाले प्रथम राष्ट्रको प्रतिनिधित्व गर्दछन् ।

ओलम्पिक खेलहरूका लागि आदिवासी सम्पर्क अधिकृतका रूपमा काईल भ्यान्डु काईप नियुक्त भएका छन् ।
उनी भन्छन् कि यतिखेर खेलाडीहरूको उत्कृष्ट नतिजाका लागि प्रयासरत छन् ।
“त्यहाँ रहनुहोस्,एउटा आवाज बन्नुहोस्,प्रोत्साहन गर्नुहोस्, विगत केही हप्तामा खेलाडीहरूले रेकर्ड ब्रेक गरेका छन्, उनीहरू त्यहाँ पुगेर प्रदर्शन गर्नका लागि तैयार छन्,” खेलाडीहरू तैयार रहेको जनाउ दिँदै उनले भने ।
महामारी र अन्य अवरोधका मुद्दा बाहेक, बास्केटबलका स्टार खेलाडी बेन सिमोनले खेलमा भाग नलिने निर्णय पछि अस्ट्रेलियाली टोलीलाई केही धक्का पुगेको छ ।
यसै गरी टेनिसका निक किरगिओसले पनि एश बार्टीसँग टोलीमा सामेल हुने नहुने बारेमा अझै पुष्टि गरिसकेका छैनन् ।
टोलीको अन्तिम संरचना जस्तो बनेता पनि एउटा चीजले यो खेललाई अद्वितीय बनाउनेछ- त्यो के भने प्रत्येक खेलमा खेलाडीहरूले दुई देशको झन्डा फहराउनेछन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले एक महिला र एक पुरुषलाई उक्त कार्यका लागि मनोनीत गर्नका लागि अनुरोध गरेको छ ।
आगामी केही दिनमा यसको निर्णय पनि हुनेछ ।
तर अघिल्ला ओलम्पिकमा झैँ ताम-झामका साथ झन्डाको पछाडि हिँड्ने खेलाडीहरू देखिने छैनन् ।
चेष्टरम्यान भन्छन् अत्यधिक गर्मी र कोभिड–१९ को चपेटाका बिच अघिल्ला वर्षहरू झैँ खेल कार्यक्रम हुनेछैन ।
यद्यपि परिस्थिति अनुकूल ओलम्पिक खेल यस पटक नयाँ हुनेछ,अस्ट्रेलियाको हकमा चाही कम्तीमा पनि नयाँ प्रकारको टोलीको प्रतिनिधित्व हुनेछ ।
