рд░рд┐рдХреА рдкреЛрдиреНрдЯрд┐рдЩреНрдЧ рд░ рдЯрд╛рд╕реНрдореЗрдирд┐рдпрд╛рдХрд╛ рдиреЗрдкрд╛рд▓реАрдХреЛ рд╕рдореНрдмрдиреНрдз

Nepali Cricket

рд▓рдиреНрдЪреЗрд╕рдЯрди рдиреЗрдкрд╛рд▓реА рдХреНрд░рд┐рдХреЗрдЯ рдХреНрд▓рдмрдХреЛ рдЯреЛрд▓реА Source: Supplied

рд▓рдиреНрдЪреЗрд╕рдЯрдирдорд╛ рд░рд╣реЗрдХреЛ рдПрдХ рдиреЗрдкрд╛рд▓реА рдХреНрд▓рдмрд▓реЗ рдпреЛ рд╡рд░реНрд╖рджреЗрдЦрд┐ рдФрдкрдЪрд╛рд░рд┐рдХ рд░реВрдкрдорд╛ рдП-рдЧреНрд░реЗрдб рдХреНрд░рд┐рдХреЗрдЯ рдЦреЗрд▓реНрди рдореМрдХрд╛ рдкрд╛рдПрдХреЛ рдЫред


क्रिकेटमा पाएको सफलताले समुदायभित्रै रहेको आपसी नातालाई झनै गाढा बनाएको छ। 

अमेरिकामा बिताएको चार वर्षसम्म सुलभ मास्केले त्यहाँको बसाइको क्रममा एकपल्ट पनि क्रिकेट खेल्न पाएका थिएनन्।

बेसबल र बास्केटबल खेलको प्रभुत्व रहेको अमेरिकामा क्रिकेट खेलका लागि कहिले पनि वातावरण नै मिलेन।

“म विराटनगरमा हुर्केको हुँ, मेरो नशामै क्रिकेट छ,” हाँस्दै मास्केले भने।

अमेरिकामा एक चोटि पनि ब्याट उठाउन नपाएको मास्केको खेलको रहर बिस्तारै हराउन थालिसकेको थियो।

तर उनको जीवनले अर्को मोड लियो।

उनी अस्ट्रेलिया आइपुगे र सिड्नी हुँदै सन् २०१७ देखि टास्मेनियाको लन्चेस्टनमा छन्। 

उनी अहिले स्थानीय नेपाली क्रिकेट क्लबबाट खेल्ने गर्छन्, र पछिल्ला दिनहरूमा यस क्लबको उप-प्रमुखको रूपमा सक्रिय रहेका छन्।
Launceston Nepali cricket Team
рдХреНрд▓рдмрдХреЛ рдЬрд░реНрд╕реА рд▓рд┐рджреИрдВ рд╕реБрд▓рдн рдорд╛рд╕реНрдХреЗ Source: Supplied
“अहिले यहाँ क्रिकेट खेल्न पाउँदा मेरो बाल्यकालदेखिको हुटहुटी र खेलप्रतिको तृष्णा पुरा हुन्छ,” मास्केले एसबीएस नेपालीलाई भने।

उनको सम्पर्कमा आएको लन्चेस्टन नेपाली क्रिकेट क्लब एक सामाजिक क्लबमा मात्र सीमित छैन। 

सो क्लबले टास्मेनिया क्रिकेट लिगका लागि ए-ग्रेडको प्रतियोगितामा भाग लिने मौका पनि पाएको छ।

अस्ट्रेलियामा, नेपाली समुदायद्वारा सञ्चालित थुप्रै क्लबहरू भए पनि अहिलेसम्म "ए ग्रेड"को खेलका लागि यस क्लबले मात्र मौका पाएको हो।

सन् २०१५ मा नेपाली समुदायका मात्र केही सदस्यहरूबाट सुरु भएको यो क्लब, अहिले त्यहाँ बस्ने नेपाली समुदायको ठुलै हिस्सा भइसकेको छ। 

अहिले क्लबमा ५० जनाभन्दा बढी सदस्य रहेका छन्।

क्रिकेट सिजनको समयमा झन्डै हरेक हप्ता हुने खेलले, क्लबका खेलाडीलाई मात्र नभएर- सिङ्गो नेपाली समुदायलाई लन्चेस्टनको वृहत् समुदायसँग भिज्ने मौका दिएको देखिन्छ। 

“खेलमा जित-हार हुने त आफ्नो ठाउँमा छ, र यही मात्र दृष्टिकोणले क्लब चलेको छैन,” क्लबका सचिव महेश्वर पराजुलीले भने।
тАЬрд▓рдиреНрдЪреЗрд╕реНрдЯрдирдХреЛ рд╕рдорд╛рдЬрдорд╛ рд╣рд╛рдореНрд░реЛ рдЙрдкрд╕реНрдерд┐рддрд┐рдХреЛ рдЬрдирд╛рдЙ рджрд┐рдиреБ рд░ рд╕рдХрд╛рд░рд╛рддреНрдордХ рд╕рдореНрдмрдиреНрдзрдХреЛ рд╡рд┐рдХрд╛рд╕ рдЧрд░реНрдиреБ рд╣рд╛рдореНрд░реЛ рд▓рдХреНрд╖реНрдп рд░рд╣реЗрдХреЛ рдЫредтАЭ
Launceston Nepali cricket Team
рдореИрджрд╛рдирдорд╛ рд▓рдиреНрдЪреЗрд╕рдЯрди рдХреНрд░рд┐рдХреЗрдЯ рдЯреЛрд▓реАрдХрд╛ рдЦреЗрд▓рд╛рдбреАрд╣рд░реБред Source: Supplied

рдмрдвреНрджреЛ рдиреЗрдкрд╛рд▓реА рд╕рдореБрджрд╛рдп

लन्चेस्टनमा नेपाली समुदायको बसोबास पछिल्ला दिनहरूमा बढ्दै गएको छ र अहिले २ हजारभन्दा बढी नेपालीहरू त्यहाँ रहेको अनुमान छ। 

अस्ट्रेलियामा स्थायी बासिन्दाको आवेदन हाल्ने क्रममा धेरै त्यहाँ पुगेको मास्के बताउँछन्। 

नेपाली समुदायले यहाँ बढ्ने मात्र नभएर आफ्नो उपस्थितिको जनाउ पनि दिन थालिसकेको अनुभव पराजुलीसँग छ।
“हाम्रै दाजु-भाइले ट्याक्सी, उबर गुडाउँदा - त्यसमा बस्ने यात्रीहरूले हाम्रो क्लबको बारेमा सुनेको कुरा गर्छन्।”

“सहरको विभिन्न ठाउँहरूमा पुगेर प्रतियोगिता खेल्दा अन्यले पनि हाम्रो समुदायको बारेमा थाहा पाउन थालिसकेका छन्,” पराजुलीले भने।

पराजुली पनि सिड्नीबाटै लन्चेस्टन पुगेका हुन्।

“२०१८ मा हामीले क्लबको संरचना अलिक औपचारिक बनायौँ, अनि गत वर्ष ए-रिजर्भमा खेल्यौँ, र यो वर्ष भने ए-ग्रेडमा,” उनले भने।

“हरेक वर्ष सानो, तर महत्त्वपूर्ण खुड्किला लिँदै छौँ।”
Launceston Nepali cricket Team
рдиреЗрдЯреНрд╕рдорд╛ рдЦреЗрд▓рдХреЛ рдЕрднреНрдпрд╛рд╕ рдЧрд░реНрджреИ рд▓рдиреНрдЪреЗрд╕рдЯрди рдиреЗрдкрд╛рд▓реА рдХреНрд░рд┐рдХреЗрдЯ рдЯреЛрд▓реАрдХрд╛ рдЦреЗрд▓рд╛рдбреАрд╣рд░реБ Source: Supplied
हाल जारी रहेको ए-ग्रेडको प्रतियोगितामा, यो क्लब कुल चौध क्लबहरूको बिचमा छैटौँ स्थानमा रहेको छ।

ए-ग्रेडभन्दा माथि रहेको, टास्मेनिया क्रिकेटको प्रिमियर लिगमा प्रवेश गर्ने यस क्लबको लक्ष्य रहेको छ।

 यसमा प्रवेश गर्नका लागि ए-ग्रेडको प्रतियोगितामा कम्तीमा पनि चौथो हुनुपर्छ।

अहिलेसम्मको प्रयास हेर्दा त्यो लक्ष्यमा पुगिन सक्ने विचार पराजुली राख्छन्। 

यस क्लबले पाएको मैदानको पनि कम महत्त्व छैन। 

न्युनह्ममा रहेको ब्रुक्स उच्च-विद्यालयको चौरलाई गृह मैदानको रूपमा यस समुदायले प्रयोग गरी रहेको छ। 

अस्ट्रेलियाका पूर्व क्रिकेट क्याप्टेन रिकी पोन्टिङ्ग हुर्केको क्षेत्र पनि यही नै हो, र उनले आफ्नो किशोरावस्थामा यस मैदानमा निकै खेलहरू खेलेका थिए।

“क्रिकेट खेलको महत्त्व र इतिहासमा रम्नेहरूको भाषामा यो चौरले विशेष महत्त्व राख्छ,” मास्केले भने। 

“पोन्टिङ्ग हुर्केकै क्षेत्रमा अहिले हामी क्रिकेट खेल्दै छौँ।” 

рд╣рд╛рдореНрд░реЛ рдХреБрд░рд╛рдХрд╛рдиреА рд╕реБрдиреНрдиреБрд╣реЛрд╕реН: nullрд╣рд╛рдореНрд░рд╛ рдердк рдЕрдбрд┐рдпреЛ рдкреНрд░рд╕реНрддреБрддрд┐рд╣рд░реВ рдкреЛрдбрдХрд╛рд╕реНрдЯрдХрд╛ рд░реВрдкрдорд╛ рдЙрдкрд▓рдмреНрдз рдЫрдиреНред рдпреЛ рдирд┐:рд╢реБрд▓реНрдХ рд╕реЗрд╡рд╛рдкреНрд░рдпреЛрдЧ рдЧрд░реНрди рддрдкрд╛рдИрдВрд▓реЗ рдЖрдлреНрдиреЛ рдирд╛рдо рджрд░реНрддрд╛ рдЧрд░реНрдиреБ рдкрд░реНрджреИрдиред рдкреЛрдбрдХрд╛рд╕реНрдЯрдорд╛ рд╕рд╛рдорд╛рдЧреНрд░реА рдЙрдкрд▓рдмреНрдз рд╣реБрдирд╛рд╕рд╛рде рд╕реБрдиреНрди рдпрд╣рд╛рдБ рдерд┐рдЪреНрдиреБрд╣реЛрд╕реНред
पोन्टिङ्गसँग जोडिएको नाताले गर्दा, आफ्नो क्लबको गृह मैदान झनै प्रिय रहेको उनले बताए।

लन्चेस्टनको मोब्रे अनि न्युनह्म क्षेत्र, अस्ट्रेलियाका पूर्व क्याप्टेन रिकी पोन्टिङ्गलाई आफ्नो सन्तानको रूपमा गर्व गर्छ।

पोन्टिङ्ग, क्रिकेट खेलकै इतिहासमा, एक प्रभावकारी ब्याट्सम्यानको रूपमा चिनिन्छन्।

“लन्चेस्टनलाई चिनाउने जिम्मेवारी अहिले हाम्रो काँधमा आएको छ," अलिकति ठट्यौली, अनि फेरि केही गम्भीरता रहेको स्वरमा उनले भने।

यस क्लबमा रहेका खेलाडीहरूले आफू बिच अन्तर-सम्बन्ध बनाउनु त स्वाभाविक नै हो। 

तर खेलाडीका परिवार-परिवारबिचको चिन-जान र सम्बन्धमा प्रगाढता ल्याउन पनि यस क्लबले मद्दत गरेको छ।
Launceston Nepali cricket Team
рдХреНрд░рд┐рдХреЗрдЯ рдЦреЗрд▓ рд╣реЗрд░реНрди рдЖрдПрдХрд╛ рдкрд░рд┐рд╡рд╛рд░рдЬрди рд░ рд╕рд╛рдереА-рднрд╛рдИрд╣рд░реБред Source: Supplied
ब्रुक्स मैदानमा हुने खेललाई हेर्न नछुटाएको बताउने ममता थापा पराजुलीले हरेक खेलमा खेलाडीहरूको मनोबल बढाउन र हौसला दिन पारिवारिक सदस्य र साथीभाइको उपस्थिति हुने बताउँछिन्।

“हामी यहाँ बस्ने मात्र हैन, नेपालबाट आउनु भएका बुबा-आमालाई पनि मैदानमा लैजाने गर्छौँ,” उनले भनिन्।

साथै बेला-बेलामा खेलको मौका पारेर - समुदायका मानिसहरूले बार्बीक्यु र पिकनिक पनि गर्ने गरेको पराजुली बताउँछिन्।
अहिले यस क्लबले क्रिकेट खेललाई नेपाली समुदायमा संस्थागत गर्न दोस्रो पिँढीलाई पनि तालिम दिने तयारी गर्दै छ।

स्कुले विद्यार्थीहरूलाई यस खेलमा सामेल गराउनका लागि चाहिने प्रशिक्षकको हाल खोजी भइरहेको छ।

क्लबलाई दीर्घ-कालिन रूपमा लैजान नव-युवा पुस्तामा पनि क्रिकेटको लगाव हुन आवश्यक रहेको छ।

मास्केको भनाइमा अहिले उनीहरूले प्रतिस्पर्धा गर्ने क्लबहरू लन्चेस्टनका निकै पुराना र प्रशस्त स्रोत-साधनहरू भएका क्लबहरू हुन्।
Launceston Nepali cricket Team
рдмрд╛рд▓ рдХреНрд░рд┐рдХреЗрдЯ-рдкреНрд░реЗрдореАрд╣рд░реБрд▓рд╛рдИ рддрд╛рд▓рд┐рдоред Source: Facebook page of LNCC
“लामो समयसम्म यस क्लबको ऊर्जा बचाई राख्न हामीले पछिको पिँढीलाई क्लबमा आबद्ध गर्न निकै जरुरी छ,” उनले भने।

पछिल्ला दिनहरूमा क्लबले पाएको सफलता अनि सञ्चार माध्यममा चर्चा हुन थाले पछि, समुदायभित्रका स्कुले विद्यार्थीहरूमा पनि यस खेलप्रति निकै इच्छा जागेको देखिन्छ।

Share

Latest podcast episodes

Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
рд░рд┐рдХреА рдкреЛрдиреНрдЯрд┐рдЩреНрдЧ рд░ рдЯрд╛рд╕реНрдореЗрдирд┐рдпрд╛рдХрд╛ рдиреЗрдкрд╛рд▓реАрдХреЛ рд╕рдореНрдмрдиреНрдз | SBS Nepali