Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

“आजको दिनमा संसारभरका क्रिकेट ‘लिग’हरूमा नेपाली खेलाडीहरूका लागि अवसरहरू छन्”: पारस खड्का

Paras Khadka has retired from all forms of international cricket

नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काले गत हप्ता नेपाली क्रिकेटबाट अवकाश लिँदै अबदेखि कुनै पनि अन्तर्राष्ट्रिय खेलमा भाग नलिने निर्णय गरेका छन्। Source: Facebook/Paras Khadka

नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काले नेपाली क्रिकेटबाट अवकाश लिएपछि काठमान्डूबाट संवाददाता गिरिश सुवेदी उनीसँग केही समय अघि गरेको कुराकानी।


Published

Updated

By गिरिश सुवेदी

Source: SBS




Share this with family and friends


नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काले नेपाली क्रिकेटबाट अवकाश लिएपछि काठमान्डूबाट संवाददाता गिरिश सुवेदी उनीसँग केही समय अघि गरेको कुराकानी।


आफ्नो अनुभव, सफलताको स्मरण तथा राष्ट्रिय टिमले गरेको प्रगतिको बारेमा पारस भन्छन्, “मैल आफ्नो करिअरको सुरुवात देखिनै आफूलाई एक राम्रो खेलाडीको रूपमा स्थापित गर्न खोजेको थिएँ।”

“त्यस अनुसार मेरो अहिले वरीयता राम्रो नै छ जस्तो लाग्छ। नेपाली क्रिकेटको अहिलेको जुन अवस्था छ, त्यो मेरोलागि सफलताको सबैभन्दा ठुलो सूचक हो।”

क्रिकेटप्रति नेपालमा सबैको मोह बढ्नु नै आफ्नो सफलता भन्ने पारसले आफ्नो करिअरमा नेपालको प्रतिनिधि गर्दै १० वटा अन्तर्राष्ट्रिय एक दिवसीय खेलहरूमा कुल ३१५ रन बनाएका थिए।

Nepali Cricket Player Paras Khadka
Source: Instagram/Paras Khadka

“यसको अहिले एकदम राम्रो परिवेश रहेको छ र यसमा प्रशिक्षक र खेलाडीको वर्षौँदेखिको मेहनत परेको छ। डिभिजन-५ बाट यहाँको स्तरमा आउनको लागि हामी सबैले निकै चुनौतीहरूको सामना गर्नुपर्‍यो,” उनले भने।

“मैले यस क्षेत्र छोड्नुपरे पनि आफूले सुरुवातका दिनहरूमा खेलेको भन्दा यसमा धेरै नै सुधार आएको देख्दा खुसी नै छु। क्रिकेटप्रति सबै जनाले देखाउनुभएको समर्थनले सायद यस्तो भएको छ।”

“नेपाली क्रिकेटमा मेरो १७-१८ वर्षको लगाव आफ्नो देशलाई प्रतिनिधि गर्ने एस सुनौलो मौका थियो। यस समयबिच धेरै उतार-चढाव पनि भए, जसमा धेरै हार र जीतहरू भएका थिए।”

खड्काका भनाईहरू समेतको रिपोर्ट सुन्नुहोस्: “आजको दिनमा संसारभरका क्रिकेट ‘लिग’हरूमा नेपाली खेलाडीहरूका लागि अवसरहरू छन्”: पारस खड्का हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यस्तै उनी अन्तर्राष्ट्रिय ट्वेन्टी-२० खेलहरूमा शतक रन बनाउने पहिलो नेपाली खेलाडी हुन्।

Nepali Cricket Player Paras Khadka
Source: Bishal Pokhrel via Instagram/Paras Khadka

नेपाली क्रिकेट खेलाडीहरूलाई विश्वकपको छनोट र ट्वेन्टी-२० को अन्तर्राष्ट्रिय कपमा पनि मार्गदर्शन गरेका खड्का अगाडी भन्छन्, “मैले अन्डर -१९, अन्डर -१७ र अन्डर -१५ जस्ता खेलहरूमा धेरै सफलता र केही विफलताका पनि क्षणहरूको अनुभव गरेँ। यसबिच नेपाली क्रिकेटको लोकप्रियता पनि निकै बढेको छ, र मेरो लागि मुख्य उपलब्धि भने कै यही नै हो।”

नेपाली क्रिकेटको विकाश र निकट भविष्यको बारेमा भने पारस खड्काको यस्तो भनाई छ:

“राष्ट्रिय टिमलाई अझ बढी अवसर दिनुपर्ने जरुरी छ, जसको कारण आगामी दिनहरूमा यस क्षेत्रको राम्रो विकास हुनेछ। आजको दिनमा संसारभरिको ‘लिग’ खेलहरूमा नेपाली खेलाडीहरूलाई अवसरहरू छन्। नेपालमा पनि विभिन्न यस्ता लिगहरू सुरु भएका छन्, जसमा आधिकारिक सम्झौता पत्रको आधारमा कामहरू अगाडी बढेका छन्। हाल म क्रिकेटको एउटा प्रशिक्षण केन्द्र खोल्ने सोचमा छु। यससँगै नेपाली क्रिकेट क्षेत्रको निम्ति म हरेक तरिकाले योगदान दिन तत्पर छु।”


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now