कोरोना
यस हप्ता नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या प्रति दिन २० जनाको को हाराहारीमा रह्यो। आजसम्मको कुल संक्रमण सङख्या हेर्ने हो भने ७ लाख ८० हजार पुगेको छ र दैनिक सकृय संक्रमितको सङ्ख्याले ३५ हजार नाघेको छ।
यसै क्रममा प्रधानमन्त्री शेर बादुर देउवाले कोभिड महामारीको विषयमा जनतासामु संबोधन गरेका थिए।
“आज म सम्पूर्ण राजनितिक दलहरु, निजी क्षेत्र र गैर सरकारी संथानलाई पनि भिडभाड हुने कार्यक्रम नगर्न, वा स्वास्थ सुरक्षा सम्बन्धी सबै मापदण्डहरु पालना गरेर मात्र पेसा व्यवसाय तथा अन्य गतिविधिहरु सञ्चालन गर्न हार्दिक अनुरोध गर्दछु।”
यस हप्ता विदेश जान खोज्ने आन्दोलनरत श्रमिकलाई सरकारले खोपको क्यू. आर. कोड दिन बुधबारदेखि अनलाईन फारम भर्ने व्यवस्था गरिदिएको छ।
यस्तै कोरोना माहामारीको तेस्रो लहरको अनुमान भईरहेको बेला सरकारले खर्च जोगाउन गरिएको भन्दै नरदेवीको आयूर्वेदिक अस्पताल र क्षेत्रपाटी अस्पतालमा कोभिड-१९ का बिरामीहरुलाई दिईएको निःशुल्क उपचार सेवा बन्द गरेको छ।
यसै बेला देशका विभिन्न ठाउँहरुमा रहेका अस्पतालहरुलाई छुट्याईएका अक्सिजन सिलिन्डरहरु पनि आजसम्म हस्तान्तरण नभएको समाचार आईरहेका छन्। यसैबीचमा जापान सरकारले नेपाललाई सहयोग स्वरुप दिने भनेको एस्ट्रोजेनेका खोपको करिब आधा भाग, यानेकी ८ लाख डोज, काठमाडौं ल्याईएको छ।

मेलम्चीमा भिषण बाढि पहिरो
मेल्म्चीमा बाढीले १२ घर र एक पुल बगाएको छ। यसका साथै नजिकैको ग्याल्थुम बजारमा ४० घर पनि डुबानको जोखिममा छन्।
बाढीको कारण रेडियो मेलम्चीको भवन पनि ढलेको छ।
असार महिनाको सुरुवातदेखिनै बाढिको कारण मेलम्ची खानेपानी आयोजना तथा हेलम्बु गाउँपालिकाका ५ जनाले ज्यान गुमाईसकेका छन्। यसमा बेपत्ता हुनेमा २० जना रहेका छन्।
गत हप्ता मेलम्ची खानेपानी आयोजनाको करिब २० किलोमिटर उत्तरमा पर्ने हेलम्बू भ्रेमाथाङ स्थित हंङ मा भारि पहिरो गएको थियो।
यस पहिरोको कारण वर्षा मात्र नभई अन्य भौगोलिक बनावट र भु-गतिविधिहरु पनि रहेको भु-गर्भविदहरु बताउँछन्।
देशका प्रायजसो सम्पूर्ण ठाउँहरुमा यसपालिको वर्षाले पहिलेको वर्षहरुमाजस्तै धेरै धन र जनको क्षेती पुर्याएको छ। हरेक वर्ष हुने गरेको यस्तो बिपत्ले निम्त्याउने क्षतिको निवारणमा सरकारले कुनै उल्लेखनीय काम गरेको देखिँदैन।

जयसिंह प्रकरणमाथी ओलीको टिप्पणी
तत्काल काङ्ग्रेस सरकारलाई राष्ट्रिय सभा सदस्य कोमल ओलीले आलोचना गरेकि छिन्। उनले बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको प्रकरणलाई टिप्पणी गर्दै यसो भनेकी हुन्।
भारत सरकारसँग यस विषयमा नेपालको अहिलेको सरकारले केहि पनि भन्न नसकेकोमा काङ्ग्रेस नेता बि.पी. कोईरालाकै बेईज्जती भएको भन्दै उनले आफ्नो प्रतिक्रिया दिएकी छिन।
शुक्रबार आयोजना गरिएको राष्ट्रिय सभा बैठकमा ओलीले यस्तो भनिन्, " नेपाली जनताको अपमान हुँदा, तुईन काटेर एउटा युवालाई, मारिँदा एक शब्द नबोल्ने? समिति बनाएर टार्ने? यहि हो बी.पी. का अनुयायीहरुको चरित्र? यो त उनको अपमान हो। उनले बनाएको पार्टीको अपमान हो!”
दार्चुलाको मालघाटमा तुईन तर्ने हुँदा भारतिय सुरक्षा बल आएर तार काटेर धामी खोलामा खसेर बेपत्ता भएको प्रतक्षदर्शीहरुको भनाई छ।
भारतीय सुरक्षा बलले भने आफूहरुको यसमा केहि संलग्नता नरहेको र धामी यात्रुलाई तुईनबाट तारिसकेर नेपालतर्फ तार फालिरहेको बेला त्यसैमा अल्झिएर खोलामा खसेको भनेर वक्तव्य दिएको छ।
यस ठाउँमा पटक-पटक सरकारले पुल बनाउने आश देखाए पनि आजसम्म कुनै प्रकारको निर्माण कार्य हुन नसकेको स्थानीयहरुको गुनासो रहेको छ।

भूमी समस्या समाधान आयोग खारेज
सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन गरिएको भूमिसम्बन्धी सम्सया समाधान आयोगलाई खारेज गरेको छ।
यस आयोगले भुमीहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई ७ सय ४३ स्थानीय तहमार्फत पहिचान गरी सहयोग गरिरहेको थियो।
तथ्याङ्क अनुसार आयोगद्वारा १ लाख ५४ हजार ७ सय ५७ जनालाई जग्गा बितरण गरिसकेको छ र सरकारको २१ करोडभन्दा बढि खर्च भईसकेको देखिन्छ।
पालिकाहरुको १ अर्बभन्दा बढि खर्च भईसकेको र यी निकायमार्फत असारसम्म ११ लाख ८० हजार ७ सय ६१ जना विपन्न परिवारको निवेदन आयोजनाको अन्तरगत दर्ता भईसकेको थियो।
यसैगरि सरकारको यस निर्णयको विरुद् सर्वोच्च अदालतमा अधिवक्ता प्रवेश के.सी. ले रिट दायर गरेका छन्। सरकारले बिपन्न वर्गको विरुद्ध यस्तो निर्णय गरिराख्दा धनुषामा प्रहरी हिरासतभित्र रहेका एक दलितको यस हप्ता मृत्यू भएको छ।
पारस खड्काले लिए सन्यास
नेपाली क्रिकेटका हस्तीका रुपमा चिनिने पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। उनले मंलगबार आफ्नो सामाजिक सञ्जालबाट यस निर्णयलाई सार्वजनिक गरेका थिए।
नेपाली टोलीबाट १० वटा अन्तराष्ट्रिय एक दिवसीय खेल खेलेका पारसले कुल ३१५ रन बनाउन सफल भएका थिए।
उनी अन्तराष्ट्रिय ट्वान्टी-२० खेलहरुमा नेपालको तर्फबाट सतक बनाउने पहिलो व्यक्ति पनि हुन्। आफ्नो कप्तानीमा उनले विश्वकप र ट्वान्टि-२० को अन्तराष्ट्रिय कपको छनोटमा नेपालको क्रिकेट टोलीलाई नेतृत्व गरेका थिए।

एमसीसीको सम्झौता स्थगित
सरकारले अमेरिकी अनुदान सम्झौता अन्तरगत रहेको मिलेनियक कोर्पोरेसन सँगको सहकार्यको सम्झौताको विषयलाई केहि समयसम्म छलफल नगर्ने निर्णय गरेको छ।
यो निर्णय ‘न्युनतम साझा कार्यक्रम’ मा गरिएको थियो, जुन कांङ्ग्रेस माहामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बनेको हो।
यस कार्यदलले सहमति र अन्तराष्ट्रिय नितीमा जोड दिएको छ र सांसदमाझ एमसीसीको मदभेदलाई साम्य पार्न यसो गरिएको देखिन्छ। यसमा काङ्ग्रेस आफै यस सम्झौतालाई अगाडी बढाउनुपर्छ भन्ने पक्षमा रहेको, तर दलका सदस्यहरुले अमेरिकी नितीप्रति आपत्ती जनाएपछि यसको निर्णयमा ढिलाई हुने देखिएको छ।

READ MORE

जनगणना २०२१: भाग नलिए जरिमानाको खतरा





