Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सिनेटद्वारा आप्रवासन सङ्ख्या निर्धारण सम्बन्धी जनमत सङ्ग्रहको माग खारेज

वन नेशन नेत्री पलिन ह्यान्सनद्वारा अघि सारिएको आप्रवासन सङ्ख्या निर्धारण सम्बन्धी जनमत सङ्ग्रहको माग सिनेटले खारेज गरिदिएको छ।

One Nation Senator Pauline Hanson called for 'anti-white racism' examples on Twitter.
One Nation Senator Pauline Hanson called for 'anti-white racism' examples on Twitter. Source: AAP

अस्ट्रेलियामा आप्रवासीको सङ्ख्या किटान हुनुपर्ने बारे जनसाधारणको बिचार बुझ्न एक जनमत सङ्ग्रह आयोजना हुनुपर्ने माग उपल्लो संसद्ले खारेज गरिदिएको छ।

वन नेशनकी विवादास्पद नेत्री पलिन ह्यान्सनद्वारा संसद्मा दर्ता गरिएको उक्त विधेयक भारी मतान्तरले हारेको छ।

उक्त विधेयकको पक्षमा जम्मा दुई भोट परेको थियो भने त्यसको विपक्षमा ५४ जना सिनेट सदस्यहरूले मतदान गरेका थिए।

ह्यान्सन तथा उनका पार्टीबाट सिनेटमा प्रतिनिधित्व गर्ने अर्का सिनेटर म्याल्कम रबर्टस् बाहेक अन्य सबै सिनेटरहरुले उक्त विधेयकको विरुद्धमा आफ्नो मत जाहेर गरेका छन्।

Senator Malcolm Roberts and Senator Pauline Hanson during proceedings to mark the start of the 46th Parliament at Parliament House in Canberra, Tuesday, 2 July 2019. (AAP Image/Sam Mooy) NO ARCHIVING
One Nation senators Malcolm Roberts and Pauline Hanson were the only two to vote in favour of the plebiscite. Source: AAP

आफ्नो उक्त विधेयक जातीय भेदभावको भावनाले अभिप्रेरित नभएको जनाउँदै ह्यान्सनले अस्ट्रेलियाको उपल्लो संसद्लाई भनिन्, “यो विधेयक मानिसहरू कहाँबाट र किन हाम्रो महान् देशमा बसाई सर्न आउँछन् भन्ने बारे होइन।”

“यो केवल सङ्ख्या र त्यसले पुर्‍याउने असर बारे हो।”

उनको अनुसार भिडभाड पूर्ण बाटोहरू र आकासिएको घर भाउबाट पीडित मानिसहरूले आप्रवास सङ्ख्या बारे आफ्नो अभिमत जाहेर गर्न पाउनुपर्छ।

“धेरै मानिसहरूको अर्थ सुविधाहरू माथि अधिक चाप हो भनेर बुझ्न गाह्रो छैन। जनसङ्ख्या वृद्धिसँगै सुविधाहरू नबढ्ने हो भने जीवनशैली खस्कन थाल्दछ।”

तर, लिबरल पार्टीकी एक सिनेटर अमाण्डा स्टोकरका अनुसार वन नेशनको प्रस्ताव मान्दा अस्ट्रेलियाको अर्थतन्त्र माथि गम्भीर एवं नकारात्मक प्रभाव पर्नेछ।

“यदि हामीले अहिलेकै आप्रवासन दरलाई कायम नगर्ने हो भने अस्ट्रेलियाको आर्थिक वृद्धि एकदमै घटेर अस्ट्रेलियनहरूको जीवन स्तरमा भारी गिरावट हुने पक्का छ।”

जनसङ्ख्याका अध्यनकर्ताहरु र योजनाकारहरूका अनुसार भने आप्रवासीहरूको बढ्दो सङ्ख्या भन्दा सरकारद्वारा भौतिक पूर्वाधारमा कम लगानी गरेका कारण सहरहरूमा भिडभाड बढी देखिएको हो।

ह्यान्सनद्वारा दर्ता गरिएको उक्त विधेयकमा खास केही नभएको बताउँदै स्तोकरले अगाडी भनिन्, “यसले खाली खतरा छ है भनी मानिसहरूलाई डराउन खोजे जस्तो छ, पटक्कै यथार्थवादी छैन।

त्यसै गरी लेबर पार्टीका एक जना सिनेटर राफ चिकोनेका अनुसार आप्रवासीहरूले अस्ट्रेलियाको अर्थतन्त्रलाई टेवा पुर्याईरहेका छन् र आप्रवासीहरूको योगदान बिना अस्ट्रेलिया अहिले जहाँ छ, त्यहाँ पुग्न सक्दैन थियो।

“यस्तो महँगो जनमत सर्वेक्षणका लागि हाम्रो जस्तो गौरान्वित विविधता भएको राष्ट्रमा कुनै स्थान छैन,” उनले भने।

पालिन ह्यान्सनले आफ्नो प्रस्ताव अस्वीकृत भएकोमा दु:ख जनाएकी छिन।

“यो मेरो निम्ति थिएन, यो अस्ट्रेलियन जनताका लागि थियो। उनीहरूले कति सङ्ख्यामा आप्रवासीहरूलाई यहाँ आउन दिनुपर्छ भन्ने बारे आफ्नो भनाई कहिल्यै राख्न पाएका छैनन् तर उनीहरूले यसको परिणामहरू भोगिरहनु परेको छ,” उनले भनिन्।


2 min read

Published

Updated

By SBS Nepali, Rosemary Bolger

Source: AAP, SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now