केही छुट पाउने आशामा 'लोयल्टी पोइन्ट' जम्मा गर्दा स्टोरहरूले ट्रयाक गरिरहेका हुन सक्छन्

'बार्गेनिङ'को मौका छोड्दै नछोड्नेहरूलाई लोयल्टी पोइन्टको आशा देखाएर ठुला स्टोरहरूले नाम, मोबाइल र इमेल ठेगानाहरू सहित व्यक्तिगत जानकारीमा पहुँच पाउने जोखिम बारे विज्ञहरूले चेतावनी दिएका छन्।

A composite image showing a hand using a mobile phone to pay at an ATM machine

Businesses are exchanging consumer data between each other. Source: SBS, Getty

स्टोरहरूमा ‘साइन अप’ गरेर रिवार्ड पोइन्ट वा १० डलर छुट पाइन्छ भन्ने सुन्दा त राम्रो सम्झौता हो जस्तो लाग्छ तर सँगै आफ्ना व्यक्तिगत सूचना दिँदा हुनसक्ने नोक्सानको बारेमा पनि सचेत गराइएको छ।

कन्ज्युमर पोलिसी रिसर्च सेन्टर (सीपीआरसी) भनिने उपभोक्ता नीति अनुसन्धान केन्द्रको एक रिपोर्टका अनुसार अन्य कुन कुन कम्पनीहरूसँग ग्राहकहरूले सामान खरिद गर्ने गरेका छन् भन्ने जानकारी लिनको लागि व्यवसायीहरूले यस्ताे गर्ने गरेका छन्।

सीपीआरसीकी डिजिटल नीति निर्देशक चाँदनी गुप्ता बताउँछिन्, "उनीहरूले तपाईँको प्रोफाइल बनाउन सक्छन्, जसले गर्दा तपाईँले अनलाइनमा के हेर्नुहुन्छ, तपाईँले के अफर खोजिरहनुभएको छ, यति सम्म कि तपाईँ त्यो सामानको कति पैसामा किन्न खोज्दै हुनुहुन्छ भनेर जानकारी प्राप्त गर्छन्।"

कम्पनीहरूले व्यक्तिगत सूचना सोध्छन् भने उपभोक्ताको ठेगाना र इन्टरनेटमा के हेरिरहेका छन् भनेर अरू कम्पनीहरूसँगको 'डेटा स्वाप' गर्न सक्ने गुप्ता बताउँछिन्।

हरेक चोटि जब तपाईँले रिवार्ड पोइन्टको लागि साइन अप वा वेबसाइटमा रजिस्टर गर्नुहुन्छ, तपाईँको एउटा प्रोफाइल बन्छ, जुन इन्टरनेटमा हुने गतिविधि ट्रयाक गर्न प्रयोग गरिन्छ।

त्यसपछि उक्त एप डिलिट गरे पनि तपाईँले अरू एपहरूमा गर्ने गतिविधि भने ट्रयाक भइरहेको हुने गुप्ता बताउँछिन्।

व्यवसायहरूले ग्राहकको डेटा कसरी प्रयोग गर्छन्

अस्ट्रेलियाका ठुला खुद्रा व्यवसायहरू जस्तै कि कोल्सले 'फ्लाइबाइज' र वुलवर्थ्सले 'एभ्रीडे रिवार्ड्स' बाट डेटा सङ्कलन गरिरहेका हुन्।

सीपीआरसी र युनिभर्सिटी अफ एनएसडब्लुले वुलवर्थ्सको डेटा विश्लेषण गर्ने व्यवसाय क्वान्टियम बारे अनुसन्धान गरेका छन्।

क्वान्टियमले ब्रोकरको रूपमा काम गरिरहेको हुन सक्ने र मानिसहरूको व्यक्तिगत जानकारी निरीक्षण गरिरहेको हुन सक्ने उक्त अनुसन्धानको रिपोर्ट 'सिङ्गल्ड आउट'ले बताएको छ, जुन कुरा क्वान्टियमले अस्वीकार गर्दछ।

वुलवर्थ्सले आफ्नो एभ्रीडे रिवार्ड्स कार्यक्रमको डेटा क्वान्टियमलाई प्रदान गर्दछ, जसमा मानिसहरूले के किनिरहेका छन् भन्ने जानकारी हुन सक्छ।

तर क्वान्टियमले भने वुलवर्थ्सले प्रत्येक व्यक्तिको नाम प्रयोग गर्नुको सट्टा युनिक कोड बनाउने भएको हुनाले व्यक्तिगत जानकारीसँग सम्झौता नगर्ने बताएको छ।

सीपीआरसीको रिपोर्टले क्वान्टियमले व्यक्तिहरूको लागि कोडकै प्रयोग गरे पनि उनीहरूको पहिचान यसबाट सुरक्षित हुने कुरामा भने विश्वास गरेको छैन।

क्वान्टियमकै प्राइभेसी पोलिसीलाई उदृत गर्दै रिपोर्टले पहिचान लुकाइएका कोडबाट व्यक्तिहरूसँग जोड्ने डेटा क्वान्टियमलाई उपलब्ध गराइएको हुन सक्ने उल्लेख गरेको छ।

एसबीएस न्युजले वुलवर्थ्स ग्रुपलाई यसबारे सोध्दा सीपीआरसीको जानकारी झुटो भएको क्वान्टियमका प्रवक्ता मार्फत बताएको छ।

वुलवर्थ्सले क्वान्टियमलाई युनिक कोड उपलब्ध गराउने र यसलाई क्वान्टियमले डेटाको संरचना दिने भनाइ राखिएको छ।

जसलाई वुलवर्थ्सका सप्लायर्सलाई उनीहरूको उत्पादनलाई स्टोरमा कत्तिको रुचाइदै छ भन्ने जानकारी गराउन प्रयोग गरिने क्वान्टियमले बताएको छ।

एभ्रीडे रिवार्ड्सका प्रवक्ताले पनि क्वान्टियमलाई आफूहरूले व्यक्तिगत जानकारी दिने नगरेको बताएका छन्।

A Woolworths employee puts price tags on shelves
Woolworths provides data from its Everyday Rewards loyalty program to its data analytics business Quantium.

अस्ट्रेलियामा गोपनीयता सुरक्षा

सीपीआरसीले गोपनीयता ऐन १९८८ ले उपभोक्ताहरूको व्यक्तिगत जानकारीलाई पर्याप्त रूपमा सुरक्षा गरिरहेको छ भन्ने विश्वास गरेको छैन।

गुप्ता भन्छिन् कि व्यक्तिगत जानकारी को परिभाषा पनि अस्ट्रेलियामा इन्टरनेट हुनु भन्दा पहिलाको नै रहेको छ।

केही व्यक्तिगत जानकारीहरू हटाइँदैमा व्यक्तिलाई पहिचान गर्न सकिँदैन भन्ने दाबीमाथि सीपीआरसीले प्रश्न उठाएको छ।

विशेष गरी अन्यत्र रहेको जानकारीहरूसँग जोडेर हेर्दा एक व्यक्तिको पहिचान खुल्न सक्छ।

गुप्ता भन्छिन्, " यदि एक व्यक्तिलाई भीडबाट अलग गर्न सकिने प्रकारको जानकारी छ भने त्यो व्यक्तिगत जानकारी हो भनेर सरकारले भन्नु पर्छ।"


Share

3 min read

Published

By Charis Chang

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now