कोरोना सङ्कट: तास्मानियामा पहिलो मृत्यु सहित अस्ट्रेलियामा ४,००० बढी सङ्क्रमित

सोमवार बिहानसम्म अस्ट्रेलियामा कुल ४,१६३ जना कोभिड-१९ बाट सङ्क्रमित भएको पुष्टि हुँदै गर्दा प्रमुख दुई राज्यहरूले थप कडा नियमहरू लागू हुने बताएका छन् भने टापु राज्य तास्मानियामा कोभिड-१९ सङ्क्रमणबाट पहिलो मृत्यु दर्ता गरिएको छ।

Recently arrived overseas travellers get off their bus and wait to check in at the Crown Promenade Hotel in Melbourne, Sunday, 29 March, 2020.

Recently arrived overseas travellers get off their bus and wait to check in at the Crown Promenade Hotel in Melbourne, Sunday, 29 March, 2020. Source: AAP

तास्मानियाका प्रिमियर पिटर गट्विनले उनको राज्यमा एक ८० वर्षीया वृद्धाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको भर्खरै बताएका छन्।

“म उनको आफन्तजन प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्न चाहान्छु,” उनले होबार्टमा पत्रकारहरूलाई भने।

घरबाट ननिक्लिन आग्रह

20200328001460541812-original.jpg

कोरोनाभाइरसबाट आइतबार यता मात्र थप १२७ जना सङ्क्रमित पुष्टि भएको न्यु साउथ वेल्स राज्यले एकै घरका बाहेक अरू मानिसहरू बढीमा दुईजना भन्दा बढी भेला हुन नपाउने नियम सोमवार मध्यरातदेखि लागू हुने बताएको छ।

सोमवार बिहान सिड्नीमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले विशेष परिस्थितिमा बाहेक मानिसहरूलाई घरबाट ननिक्लिन आग्रह गरिन्।

उनले राज्य प्रहरीद्वारा मानिसहरूले कोरोनाभाइरस सम्बन्धी सामाजिक नियमहरूको पालना गरे नगरेको बारे व्यापक रूपमा अनुगमन गर्ने तयारी गरिरहेको पनि बताइन्।

“७० वर्ष भन्दा माथिको हुनुहुन्छ भने त घरबाट निस्कँदै, ननिस्किनुहोस्,” बेरिजिक्लियनले अत्यावश्यक काम, खाद्य सामाग्री जोहो र व्यायाम गर्न बाहेक मानिसहरूलाई घरबाट निस्कन कुनै कारण नरहेको बताउँदै भनिन्।

यसै क्रममा न्यु साउथ प्रहरीका महानिरीक्षक माइकल फुलरले सोमवार मध्यरातदेखि लागू हुने नियम उलङ्घन गरे तत्काल १,००० डलरको “अन दि स्पट फाइन” हुने बताए।

एकै छाना मुनि बस्ने मानिसहरू बाहेक अन्य मानिसहरूको हकमा दुईजना भन्दा बढी मानिसहरू भेला भएर लगातार नियम उल्लङ्घन गरेको पाइएमा, त्यस्ता व्यक्तिहरू विरुद्ध प्रहरीले मुद्दा दायर गर्न सक्ने पनि फुलरले बताए।

कोरोनाभाइरसबारे नियमहरू पालना नगरे न्यु साउथ वेल्समा ६ महिनासम्मको जेल सजाय अदालतले दिन सक्नेछ।

अघिल्लो हप्ता प्रत्येक दिन लगभग २०० भन्दा बढी कोरोनाभाइरस सङ्क्रमणका मामिलाहरू पुष्टि भएको न्यु साउथ वेल्स केही दिन यता सो सङ्ख्यामा कमी आएको देखिएको छ।

तर स्वास्थ्य अधिकारीहरू भने कम मानिसहरूमा परीक्षण हुँदा सङ्क्रमित हुनेको सङ्ख्यामा पनि कमी देखिएको तथ्य औँल्याउँछन्।

“सङ्क्रमणका मामिलाहरू घट्दै जानु खुसीको कुरा भएता पनि यी दिन दिनै तल माथि हुन्छन् भनेर बुझ्नु पर्छ। लामो समयमा यो क्रम कस्तो हुन्छ भन्ने कुरा हाम्रो लागि महत्त्वपूर्ण हुन्छ,” राज्यकी प्रमुख चिकित्सकीय अधिकृत केरी च्यान्टले पत्रकारहरूलाई भनिन्।

न्यु साउथ वेल्स राज्यभर हाल कोरोनाभाइरसका २६ जना बिरामीहरू सघन उपचार कक्ष (आइसियु) मा भर्ती छन् भने ती मध्ये १३ जनालाई भेन्टिलेटरमा राखिएको बताइएको छ।

Victorian Premier Daniels addresses the media in Melbourne, Monday, March 30, 2020.
Victorian Premier Daniels addresses the media in Melbourne, Monday, March 30, 2020. Source: AAP

उता, भिक्टोरियामा भने सामाजिक दुरी सम्बन्धी नियमहरूको पालना नगरे स्थानीय प्रहरीले तत्काल १,६०० डलर जरिवाना गर्ने गरी तेस्रो दर्जाको कोरोनाभाइरस प्रतिबन्ध सोमवार मध्यरातदेखि लागू हुनेछ।

“नियमहरूको पालना नगरे भिक्टोरिया प्रहरी तपाईँ विरुद्ध कारबाही गर्न हिचकिचाउने छैन,” मेलबर्नमा सोमवार बिहान प्रिमियर ड्यानियल एण्ड्रुजले भने।

आइतबार कुल ५६ नयाँ मामिलाहरू थपिएको भिक्टोरियामा हालसम्म ८२१ जना कोभिड-१९ बाट सङ्क्रमित पुष्टि भैसकेका छन्।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।

कोरोनाभाइरस सम्बन्धी पछिल्ला उपडेट, समाचार र  अन्य जानकारी यहाँ उपलब्ध छन्:  https://www.sbs.com.au/language/nepali/coronavirus-updates

 

 


Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now