SKIP TO MAIN CONTENT

सिड्नीको सामुद्रिक तटमा डुबेर दुई नेपालीको मृत्यु

क्रोनलाको उत्तरमा रहेको कर्नेलको केप सोल्यान्डर ड्राइभ नजिकैका चट्टानबाट समुद्रमा खसेपछि दुई पुरुषको डुबेर मृत्यु भएको छ।

A representative image of a surf rescue boat used by lifeguards.
A representative image of a surf rescue boat used by lifeguards. Source: Getty / Universal Images Gro/Loop Images/Martin Berry

2 min read

Published

Updated

Source: SBS



Skip to article content

हिजो सोमवार, २७ मेको दिउँसो ती दुई नेपाली युवकहरू घटनाको समयमा 'रक फिशिङ' अर्थात् चट्टानमा बसेर समुद्रमा माछा मारिरहेको र उनीहरू लाइफ ज्याकेट बिना रहेको बताइएको छ।

उनीहरूको उमेर २५ र २२ वर्ष रहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ।

करिब २:४५ बजे सर्फ लाइफ सेभिङ न्यु साउथ वेल्सको स्टेट अपरेसन सेन्टरले माछा मारिरहेका दुई जना व्यक्तिहरू चट्टानबाट पानीमा खसेको खबर पाएको र घटनास्थलमा लाइफसेभर रेस्क्यु हेलिकप्टर पुग्दा एक जना व्यक्ति पानीमा डुबेको अवस्थामा भेटिएको बताइएको छ।

Cape Solander
An image of Cape Solander, Sydney. Source: Moment RF / Peter Pesta Photography/Getty Images

त्यसको लगत्तै सदरल्यान्ड शायरका लाइफगार्डहरू पनि पानीमा उद्धारका लागि उत्रिए पछि दुईजनालाई निकालेर सीपीआर दिइएको प्रहरीको भनाई छ।

र, केही समयपछि दुवैजनालाई घटनास्थलमा मृत घोषित गरिएको बताइएको छ।

सर्फ लाइफ सेभिङ न्यु साउथ वेल्सका अधिकारीहरू, न्यु साउथ वेल्स एम्बुलेन्सका प्यारामेडिकहरू र मरिन रेस्क्यु पनि घटनास्थल पुगेका थिए।

परिवारलाई आवश्यकता अनुसार मद्दत गरिने वाचा

घटनाको बारेमा कुरा गर्दै गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया (एनआरएन)का अध्यक्ष अनिल पोख्रेलले एसबीएस नेपालीलाई मृतकका परिवारलाई आवश्यकता अनुसार मद्दत गर्ने बताएका छन्।

"भोलिको दिनमा शव नेपाल पुर्‍याउने विषयका प्रशासकीय कुराहरू के कसरी अगाडी बढ्ने भन्ने सवालमा परिवारको आवश्यकतालाई मध्यनजर गर्दै मद्दत गर्ने छौँ," उनले बताए।

"हामी नेपालबाट आएका मानिसहरू समुद्रसँग त्यति अभ्यस्त पनि छैनौँ, हामी अझ बढी सावधान हुन जरुरी छ।"


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now