एप्रिल महिना सुरु हुँदै गर्दा न्यु साउथ वेल्समा लगभग एक हप्तामा छ जना नेपाली समुदायका सदस्यको मृत्यु भएको गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाले जनाएको छ। मृत्युका कारणहरू भिन्न रहे पनि अधिकांश मृतक अस्ट्रेलियाको अस्थायी भिसामा रहेका कारण उनीहरूको शव नेपालमा रहेका परिवारसम्म पुर्याउन हम्मे हम्मे परेको संस्थाको भनाइ छ। यस्ता घटनामा क्यान्बरा स्थित नेपाली दूतावासको भूमिका के हुन्छ र एनआरएनए अस्ट्रेलियालाई मृतकका परिवारसँगको समन्वयमा कस्तो समस्या परेको छ भन्ने बारे राजदूतावासबाट नियोग उप प्रमुख कुलबहादुर मगर र एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share



