Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

भिक्टोरिया बजेट: नयाँ रेल लाइन र गाडीका भाउ बढ्ने

भिक्टोरियाका ट्रेजरर टिम पालसले आगामी आर्थिक वर्षको लागि ७० अर्ब डलर बराबरको बजेट घोषणा गरेका छन्।

Victorian Treasurer Tim Pallas speaks during the Victorian budget hand down at Parliament House in Melbourne, Monday, May 27, 2019. (AAP Image/Daniel Pockett) NO ARCHIVING

Treasurer Tim Pallas speaks during the Victorian budget hand down at Parliament House in Melbourne, Monday, May 27, 2019.) Source: (AAP Image/Daniel Pockett

सङ्घीय चुनावका कारण महिना दिन ढिलो गरी भएको भिक्टोरियन बजेट भाषण अनुसार सुन र ल्याण्ड क्रुजर जस्ता विलासि लगायत पेट्रोल र डीजेलमा चल्ने गाडीहरु महँगा हुनेछन्।

यसका साथै, विदेशी नागरिकहरूले घर-जग्गा किन्नुपर्दा अधिक कर बुझाउनु पर्नेछ।

हाल अन्तर्राष्ट्रिय बजारमा सस्तो ब्याजदर उपलब्ध रहेको भन्दै भिक्टोरियन सरकार आगामी चार वर्षमा थप ३२ अर्ब डलर ऋण लिँदै बाटा घाटा र रेल सञ्जाल विस्तार गर्ने योजना अघि सारेको छ।

विपक्षी लिबरल गठबन्धन प्रति कटाक्ष गर्दै आफ्नो बजेटको बचाउ गर्न पत्रकारहरू सामु उपस्थित ट्रेजरर पलासले भने, “केही डरछेरुवाहरू यति बिघ्न ऋण लिएर पूर्वाधार विकासमा खर्च गर्न नहुने भन्दै छन् तर सरकारले केही पनि नगरी हात बाँधेर बस्यो भने त्यसले बजारलाई कमजोर तुल्याउँछ।”

“हाम्रो बिचारमा अबको एक वर्ष भित्र बिस्तारै तर अवश्य पनि घर-जग्गाको पैसामा सुधार हुनेछ।”

उता, प्रतिपक्षी नेता माइकल ओब्र्यानले भने भिक्टोरियन सरकारद्वारा गरिएको लगभग एक अर्ब डलर बराबरको बजेट नाफाको घोषणा भिक्टोरियावासीको आँखामा छारो हाल्ने कुरो भएको बताएका छन्।

“ट्रान्सपोर्ट एक्सिडेन्ट कमिसनबाट ८९ करोड डलर झिकेर पनि कहीँ नाफा भएको भन्न मिल्छ त?, उनले पत्रकारहरूलाई प्रश्न तेर्साए।

Melbourne Airport Rail Link Sunshine Route
Sunshine Route of Melbourne Airport Rail Link (MARL) Source: Melbourne Airport Rail Link

विशेष गरी मेलबर्नमा निकै द्रुत गतिमा बढ्दै गएको जनसङ्ख्याको चापलाई ध्यानमा राखी राज्य सरकारले टुलामरिन अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने एयरपोर्ट रेललिङ्कलाई बजेटमा प्रमुख जोड दिइए पनि यसका लागि कुनै रकम राज्य सारकारले छुट्ट्याएको भने छैन।

करिब १३ अर्ब डलरसम्म लागत अनुमान गरिएको उक्त नयाँ रेल लाइनले नेपालीहरू बस्न रुचाउने मेलबर्नको पश्चिम क्षेत्रमा रहेको सनशाईनलाइ आफ्नो प्रमुख हब बनाउने छ।

सनशाईनमा बन्ने मेगा स्टेसनले जीलंग, वेरीबीदेखि उत्तरमा रिजनल सहर ब्यालाराट र बेन्डिगोसम्मलाई सेवा दिने सरकारले यसअघि नै बताइसकेको छ।

तर, सङ्घीय सरकारले भने यो आयोजनाका निम्ति आगामी आर्थिक वर्षमा खर्च गर्ने भनेर पाँच करोड डलर कबुल गरेको छ।

यसका साथै, मेलबर्नको उत्तर पश्चिम दौडिने सनबरी लाइनको पनि स्तरोन्नति हुने घोषणा गरिएको छ भने नेपाली विधार्थीहरु बस्ने फूट्सक्रेमा एक नयाँ सुविधा सम्पन्न हस्पिटल सन् २०२५ सम्ममा पूर्ण रूपमा खुल्नेछ।

करिब डेढ अर्ब डलरको लागतमा बन्ने ५०४ बेडको उक्त अस्पताल हाल भिक्टोरिया विश्वविद्यालयको फूट्सक्रे पार्क क्याम्पस अगाडिको कार पार्क रहेको स्थानमा उक्त विश्वविद्यालय र स्थानीय काउन्सिलसँगको सहकार्यमा निर्माण हुनेछ।

यसै गरी, मेलबर्नको भित्री सबर्बहरुमा बसोबास गर्ने नेपालीहरूले आफ्ना नानीहरूका उपचारका लागि प्रयोग गर्ने गरेको रोयल चिल्ड्रेन हस्पिटलको पनि बढोत्तरी हुनेछ। सन् २०२२ सम्ममा पुरा हुने उक्त अस्पतालको नयाँ भागलाई सरकारले ३ करोड डलर भन्दा अधिक रकम विनियोजन गरेको छ।

भिक्टोरियन सरकारले सरकारी स्कुलमा पढ्ने सम्पूर्ण विधार्थीहरुका लागि नि:शुल्क दन्त्य सुरक्षा सेवा पनि सुरु गर्नेछ। आगामी जुलाई १ तारिख देखि सुरु हुने “ स्माइल स्क्वाड” नाम दिइएको उक्त कार्यक्रम अन्तर्गत परिवारहरूले वार्षिक रूपमा करिब ४०० डलरसम्म बचत गर्न सक्नेछन्।

Hazeldene's Chicken
Staff at Bendigo chicken producer Hazeldene's. Source: SBS News

रिजनल भिक्टोरियामा कारोबार गर्नेहरूले आफ्ना कामदारहरूलाई तलब दिँदा तिर्नुपर्ने करमा छुट पाउने पनि उक्त बजेट घोषणाका क्रममा बताइएको छ। आगामी आर्थिक वर्षमा ६७५,००० सम्मको तलब दिँदा अब कुनै कर सरकारलाई बुझाउनु पर्नेछैन भने आव २०/२१ मा त्यो थ्रेसहोल्ड सात लाख डलरसम्म लागू हुनेछ।

स्टेट रेभिन्यु अफिस भिक्टोरियाका अनुसार हाल वार्षिक रूपमा ६५०,००० सम्म तलब दिने कारोबारीहरूले रिजन भिक्टोरियामा २.४२५ प्रतिशत कर बुझाउनु पर्छ भने रिजन बाहेकका स्थानमा यो कर दर ४.८५ प्रतिशत रहेको छ।

साथै, रिजन भिक्टोरियामा व्यापारिक र औद्योगिक प्रायोजनका लागि घर-जग्गा किनबेच गर्दा आव २३/२४ सम्ममा क्रमिक रूपले कर छुट ५० प्रतिशतसम्म पुग्नेछ।

रिजनल भिक्टोरियाकै कुरा गर्दा सरकारले करिब १३६ करोड डलर खर्च गरेर त्यहाँ बस्ने भिक्टोरियनहरुलाइ आवश्यक पर्ने करिब पाँच लाख विशेषज्ञहरूको सेवा लिन मिल्ने चाँजो पाँजो गरेको छ।

 


3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now