SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा प्रयोगका लागि स्वीकृत नभएका र्‍यापिड एन्टिजेन परीक्षणहरू बारे चेतावनी जारी

अस्ट्रेलियाको चिकित्सा सामाग्री नियामक संस्थाले केही खुद्रा पसल वा अनलाइन स्टोरहरूले घरमा प्रयोगको लागि अनुपयुक्त किटहरू बेच्ने प्रयास गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।

Rapid Antigen Test Kit Distribution centre in Melbourne, Thursday, January 20, 2022. (AAP Image/James Ross)
Rapid Antigen Test Kit Distribution centre in Melbourne, Thursday, January 20, 2022. Source: AAP

2 min read

Published

Updated



Skip to article content

अनुमति प्राप्त नभएका र्‍यापिड एन्टिजेन परीक्षण  (र्‍याट टेस्ट) किटहरू नकिन्न अस्ट्रेलियामा मानिसहरूलाई एक नयाँ चेतावनी जारी गरिएको छ।

केही ब्रान्ड तथा किसिमका र्‍याट टेस्ट किटहरू बिक्रीको लागि पुनः प्याकेज वा रिलेबेल गरिँदै छ भन्ने चिन्ताहरूका माझ थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसनले उक्त चेतावनी दिएको हो।

प्रशासनले पहिले नै अस्ट्रेलियामा प्रयोगको लागि ३२ विभिन्न प्रकारका र्‍याट टेस्टहरू स्वीकृत गरिसकेको छ।

"(अस्वीकृत र्‍यापिड एन्टिजेन टेस्ट किटहरू) टीजीएद्वारा मूल्याङ्कन गरिएको छैन।"

"यसै कारण ती किटहरू सुरक्षा, प्रभावकारिता र गुणस्तरका प्रत्याभूतिका साथ आउँदैनन् जुन स्वीकृत गरिएका उत्पादनहरूका सन्दर्भमा लागू हुन्छन्" एक विज्ञप्ति मार्फत टीजीएले भनेको छ।

“अनुमति प्राप्त नगरेका उत्पादहरूले अपेक्षित रूपमा काम नगर्न, वा ती पूर्ण रूपमा बेकार हुन सक्छन्।"

ओमिक्रन लहर उत्कर्षमा पुगेका बेला र्‍याट किटहरूको आपूर्तिमा समस्याहरू देखिएता पनि हाल यो निकै हदसम्म समाधान भइसकेको छ।

तर पनि प्रशासनले मानिसहरूलाई यस्ता किटहरू प्रयोग गर्नु अघि ती अस्ट्रेलियामा स्वीकृत छन् कि छैनन् भनेर हेर्न  महत्त्वपूर्ण हुने बताएको छ।

Victorian health workers distribute rapid antigen tests to residents.
Victorian health workers distribute rapid antigen tests to residents. Source: AAP

टीजीएका एक प्रवक्ताले भने कि मानिसहरूले सम्भव भएमा अस्ट्रेलियाली खुद्रा विक्रेताहरूबाट परीक्षणहरू किन्नुपर्दछ।

साथै उनले मानिसहरूलाई ती परीक्षण किटहरू अस्ट्रेलियाली चिकित्सकीय सामानहरूको दर्तामा समावेश भए नभएको हेर्न पनि सल्लाह दिएका छन्।

"विदेशी वेबसाइटहरूबाट यस्ता टेस्ट किटहरू खरिद नगर्नुहोस्, यदि तपाईंले व्यक्तिगत प्रयोगको लागि उचित हुने भन्दा बढी मात्रा आयात गर्नुभयो भने तपाईँको अर्डर अस्ट्रेलियाको सीमामा रोक्न सकिन्छ," प्रवक्ताले भने।

प्रशासनले अनुमोदित नभएका परीक्षण किटहरू आयात गर्ने व्यक्ति ठुलो जरिवानाको भागिदार हुनुपर्ने समेत चेतावनी दिएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now