विश्व स्तरका व्यवसाय र प्रतिभाहरूलाई आकर्षित गर्न अस्ट्रेलियाले सुरु गर्‍यो नयाँ कार्यक्रम

अस्ट्रेलियाले अन्य देशबाट विश्व स्तरका व्यवसाय तथा प्रतिभाहरूलाई आकर्षित गर्न आधा अर्ब डलरको योजना सार्वजनिक गरेको छ।

Treasurer Josh Frydenberg says there will be an assumption in this week's budget of borders opening next year.

Treasurer Josh Frydenberg Source: Ben Patrick / SBS News

देशमा कोभिड-१९ महामारी रोकथाम र नियन्त्रण गर्न सफल रहेको आफ्नो सरकारको उपलब्धिलाई आधार बनाउँदै संघ‍िय ट्रेजरर जस फ्राइडेनबर्गले ५५० करोड डलर बराबरको उक्त योजना मङ्गलवार बिहान सार्वजनिक गरेका हुन्।

आफ्नो अपेक्षा भन्दा अस्ट्रेलियाको अर्थतन्त्र द्रुत रूपमा सुधारोन्मुख भएता पनि, यसलाई सुरक्षित गर्न थप कदमहरू चाल्नै पर्ने उनको भनाई छ।

अस्ट्रेलियाको सीमा सन् २०२२ सम्म बन्द नै रहने घोषणा गरिएको केही दिन पछि नै ट्रेजरर फ्राइडेनबर्गको यस्तो भनाई आएको हो।

फ्राइडेनबर्गद्वारा घोषणा गरिएको उक्त कार्यक्रममा अनावश्यक प्रशासनिक काम हटाउने, कर सम्बन्धी नियमहरूमा परिमार्जन गर्ने र कर्मचारीहरूले उनीहरू काम गर्ने कम्पनीको केही शेयर पाउने योजना लगायतका सुविधाहरू समावेश गरिएका छन्।

उनी भन्छन् कि अस्ट्रेलियाले महामारी रोकथाम र नियन्त्रणमा पाएको सफलताबाट प्राप्त मौकालाई सदुपयोग गर्नै पर्छ।

"अरू देशलाई भाइरसलाई नियन्त्रण गर्नै अफ्ठेरो परिरहेको छ र उनीहरू कर बढाउन तिर लागेका छन्," जस फ्राइडेनबर्गले भने।

"हाम्रो ध्यान भने झन् बलियो अर्थतन्त्र चलाउनु र सबैभन्दा उत्तम एवम् प्रतिभावान् व्यक्तिहरूलाई आकर्षित गरेर अस्ट्रेलियाको भविष्य सुनिश्चित गर्नमा छ।"

भविष्यमा पाइने कामका लागि के-कस्ता दक्षताहरू चाहिएला त?

अक्सफोर्ड इकोनोमिक्स तथा स्न्यापच्याट सञ्चालन गर्ने स्न्याप इन्कद्वारा संयुक्त रूपमा तयार पारिएको एक रिपोर्ट अनुसार उन्नत डिजिटल दक्षता भएका युवा कामदारहरूको आय सन् २०३० सम्ममा झन्डै ५०० प्रतिशतसम्मले वृद्धि हुनेछ।

स्न्याप इन्क अस्ट्रेलियाकी महाप्रबन्धक क्याथरिन कार्टर भन्छिन् कि सन् २०३० सम्ममा उपलब्ध हुने प्रत्येक पाँच मध्ये तीन अस्ट्रेलियाली रोजगारी सुरक्षित गर्न मानिसहरूसँग राम्रो डिजिटल सिप हुनै पर्नेछ।

उनका अनुसार अगुमेन्टेड तथा भर्चुअल रियालिटी, रोबोटिक्स, एनिमेसन डिजाइन र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता प्रविधिमा राम्रो पकड भएका व्यक्तिहरूले उच्च आर्जन गर्नेछन्।

Young woman uses visual tablet at night
A report predicts that three in five jobs will require advanced digital skills by 2030. Source: Getty Images

"यी प्रविधिहरू कार्यस्थलमा व्याप्त बन्दै जाँदा धेरै रोजगारदाताहरूले यस्ता काम गर्न सक्षम मानिसहरूलाई थप तलब सुविधा दिएर राख्नेछन्," कार्टरले भनिन्।

उता, फ्लिनडर्स विश्वविद्यालयमा इनोभेसन विषयकी प्राज्ञ रहेकी जिसेल रामप्रसाद पनि क्याथरिन कार्टरको भनाइ प्रति सहमति जनाउँछिन्।

उनी भन्छिन् कि इन्डस्ट्री फो पोइन्ट ओ भनिने प्राविधिक दक्षताहरूको भविष्यमा उच्च माग हुनेछ।

रामप्रसादका अनुसार थ्री डी प्रिन्टिङ, अटोमेसन लगायत कार्टरलले उल्लेख गरेका प्रविधिहरू इन्डस्ट्री फो पोइन्ट ओ अन्तर्गत पर्छन्।

Prof.Toby Walsh with a Pepper robot
Pepper Interactive Robot Source: TU Berlin/ Christian Kielmann

तर उनी अस्ट्रेलियाली शिक्षा प्रणाली र भविष्यमा आवश्यक पर्ने जनशक्ति तयार हुनेमा विश्वस्त रहेकी छैनन्।

अस्ट्रेलियालाई भविष्यमा चाहिने दक्ष जनशक्ति उत्पादन गर्न - हाल प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरूलाई उनीहरू माध्यमिक तह पुग्दासम्म - स्टेम भनिने विज्ञान, प्रविधि, अङ्ग्रेजी र गणितको क्षेत्रमा जान अभिप्रेरित गरिनुपर्ने जिसेल रामप्रसादको धारणा छ।

उनी भन्छिन् कि यसबाट मिल्ने फाइदा भनेको ती विद्यार्थीहरू दक्ष कामदारहरू कम रहेका इन्जिनियरिङ, साइबर सेक्युरिटी र कम्प्युटिङ जस्ता विषयहरूमा पारङ्गत हुँदै जानुका साथै रोजगारीका निम्ति तयार पनि हुनेछन्।

यसै गरी संसार बिस्तारै स्वचालित प्रविधिमा निर्भर हुँदै जाँदा आवश्यक पर्ने विचार विमर्शात्मक स्फूर्त सोचाई, जिज्ञासा र सृजनात्मकता जस्ता कग्निटिभ स्किल्स वा संज्ञानात्मक दक्षता पनि भविष्यमा निकै आवश्यक पर्नेछन्।

तर रोयल मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी युनिभर्सिटी (आरएमआइटी विश्वविद्यालय) को एक अर्को रिपोर्टले भने महामारीका बेला आफ्नो काम गर्न चार मध्ये एक अस्ट्रेलियाली कामदारले आफूसँग पर्याप्त सीप वा दक्षता नभएको उल्लेख गरेको बताएको छ।

प्रोफेसर रामप्रसाद यस्ता कामदारहरूलाई आफ्नो दक्षता बढाउने पहिलो कदमका रूपमा विश्वविद्यालय वा टेफहरूद्वारा सञ्चालन गरिएका सानोतिनो कोर्स गर्न सुझाउँछिन्।

Man taking online courses, e-learning concept
Man taking online courses, e-learning concept Source: iStockphoto

उनको अनुभवमा उच्च शिक्षा आर्जन नगरेका तर व्यावसायिक सिप भएका सिकर्मी, प्लम्बर जस्ता मानिसहरूले पनि यस्तो कोर्सबाट नयाँ दक्षता केही महिना भित्रै हासिल गर्न सक्छन्।

"हामीले रोजगारीबाट विमुख हुन लागेका ५१ जना जहाज निर्माणकर्तालाई नयाँ सीप दियौँ। डिप्लोमा सकेपछि उनीहरू सबैले आफ्नो रोजगारी सुरक्षित पारे," उनले भनिन्।


3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now