अस्ट्रेलियाको पाँच डलरको नयाँ नोटले अस्ट्रेलियाली आदीवासीहरुको संस्कृतिलाई झल्काउने

पाँच डलरको गुलाबी नोटमा कुनै अस्ट्रेलियाली स्थानीय व्यक्तित्वको अनुहार देख्न पाइयोस् भन्ने धेरैको इच्छा छ, तर कुन चर्चित आदिवासी व्यक्तिलाई रोज्ने भन्ने कुरा अहिले प्रश्नमै सीमित रहेको छ।

A five dollar note with the black and white faces of cathy freeman, David Gulpilil and Pearl Gibbs where Queen Elizabeth would normally be

There are any number of options for a Blak hero to replace the image of the late monarch.

रिजर्भ बैङ्कले पाँच डलरको नोटका बारेमा गरेको पछिल्लो अपडेट यहाँ प्रस्तुत गरिएको छ।

रिजर्भ बैङ्कले महारानी एलिजाबेथको तस्बिर अकिंत पाँच डलरको नोटको आवरणमा परिवर्तन गर्ने निर्णय गरेको छ।

नयाँ नोटमा महारानी एलिजाबेथको सट्टामा अस्ट्रेलियाका आदिवासी समुदायको संस्कृति र इतिहास झल्काउने गरी तस्बिर राखिने रिजर्भ बैङ्कले जानकारी दिएको छ।

नोटको पछिल्लो भागमा रहेको अस्ट्रेलियाली संसद् भवनको तस्बिरलाई भने यथावतै राखिने बैङ्कले जनाएको छ।

बैङ्कका अनुसार सरकारसँगको छलफल र समर्थन पछि उक्त परिवर्तन गर्न लागिएको हो।

तर कस्तो तस्बिर राख्ने भन्ने कुरा चाहिँ आदिवासी समुदायसँगको छलफल पछि मात्र निर्णय गरिने छ।

तर यो सब प्रक्रिया पुरा भएर नोट बजारमा आई पुग्न बर्षौ लाग्ने बताइन्छ।

नयाँ नोटको बारेमा टुङ्गो नलागेसम्म हालको नोट प्रयोग र छपाइलाई भने यथावतै राखिने रिजर्भ बैङ्कको भनाई छ।

नयाँ नोट बजारमा आइसकेपछि पनि पुरानो नोटको कारोबार भने रोकिने छैन।

अस्ट्रेलियाली नोटमा राष्ट्रपति योगदान दिएका मानिसहरूको तस्बिर अकिंत हुने रिजर्भ बैङ्कको वेबसाइटमा उल्लेख छ।

“बैङ्क नोटमा तस्बिर भएकाहरूले अस्ट्रेलियाली समाजमा व्याख्या गर्न सकिने खालको योगदान दिएका छन्, हाम्रो राष्ट्रिय कथामा उनीहरूको योगदानलाई नोटमा तस्बिर राखेर कदर गरिन्छ।” वेबसाइटमा भनिएको छ।

फर्केर हेर्दा

एबोरजिनल एवम् टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूलाई इतिहास सम्बन्धी तलको लेखाइमा मृत्यु भइसकेका आदिवासी समुदायका मानिसहरूको नाम प्रयोग गरिएको सम्मानपूर्वक जानकारी गराइन्छ।

सन् १९६६ मा जारी भएको १ डलरको नोटमा डेभिड मलाङ्गी डेमेरिङ्गुको तैयार पारेका ढुङ्गामा कुँदिएका तस्बिर र डिजाइनको तस्बिर अङ्कित गरिएको थियो।

सन् १९८८ मा १० डलरको अस्ट्रेलियाको पहिलो पोलिमर नोटमा तत्कालीन र इतिहासमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा चर्चा कमाएका आदिवासी तस्बिरहरूको प्रयोग भएको थियो।

हालको ५० डलरको नोटमा साउथ अस्ट्रेलियाका नाग्रीनजेरीका डेभिड युनियापोनको तस्बिर प्रयोग गरिएको छ।

उनी लेखक, समाजसेवा, सङ्गीतकर्मी र प्रचारक पनि हुन्।

पाँच डलरको नोटमा भने माइकल नेल्सन जगामाराले तयार पारेको पोसम एन्ड वालाबी ड्रिमिङ्ग नामको तस्बिर राखिएको छ।

अस्ट्रेलियाको पाँच डलरको नोटमा दशकौँदेखि महारानी एलिजाबेथको चित्र देख्दै आइएको छ।

तर गत सेप्टेम्बरमा उनको मृत्यु भए पछि, नोटमा उनको स्थान कुनै स्थानीय अस्ट्रेलियाली महत्त्वपूर्ण व्यक्तित्वले लिनु पर्ने अवधारणाहरू अघि आएका छन्।

चर्चित हस्तीहरूको सूची लामो छ, र संसदमा औपचारिक रूपमा प्रस्तावहरू पनि पुगिसकेका छन्।

कसको चित्र अङ्कित गर्ने भन्ने अन्तिम निर्णय भने रिजर्भ बैङ्कको हुन्छ, जसले यही हप्ता सङ्घीय सरकारसँग छलफल सुरु गरेको बताएको छ।

समुदायको राजतन्त्रवादी पक्षले राजा चार्ल्स तीनको तस्बिर छापिनु पर्ने विचार राख्दै गर्दा, कतिको लागि भने यो आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर व्यक्तित्वहरूलाई चिनाउने मौका बन्न पुगेको छ।

स्थानीय अस्ट्रेलियालीहरूको सूचीमा चर्चित क्वीयर हस्ती मानिने ज्येष्ठ सदस्य, अभिनेता तथा कार्यकर्ता ज्याक चार्ल्सको नाम एक हो। महारानी एलिजाबेथको मृत्युको केही दिन पछि उनले ज्यान गुमाएका थिए।

त्यस्तै, कतिपयले सांस्कृतिक सम्पदासँग जोडिने डेभिड गल्पिलिको नाम लिएका छन्, जसले विश्वव्यापी रङ्गमञ्च र पर्दामा अमूल्य योगदान पुराएका छन्।

जीवनका सबै क्षत्रहरूमा योगदान पुराएका फर्स्ट नेसन्स व्यक्तित्वहरू अनगिन्ती भएका हुनाले, गुलाबी नोटमा चित्र अङ्कित हुने सम्मान कसको नाममा पर्ला भन्ने प्रश्नका धेरै विकल्पहरू छन्।

क्याथी फ्रीम्यान, आन्टी पर्ल गिब्स, अङ्कल रोच, सर डग निकोल्स र एडी माबो - सबै यस उपलब्धिको लागि मानिसहरूले चुनेका लोकप्रिय नामहरू हुन्।

त्यस सूचीमा जुन अस्कर, रुबी हन्टर, चार्ल्स पर्किन्स, मम् शर्ल, मार्सिया ल्याङ्गटन र फेथ ब्यान्डलर पनि छन्।

"परिपक्व हुने समय"

सिड्नी मर्निङ्ग हेराल्डले गरेको एक सर्वेक्षण अनुसार धेरैजसो मानिसहरूले पाँच डलरको नोटमा नयाँ राजाको भन्दा स्थानीय व्यक्तित्वलाई हेर्न चाहेका छन्।

अब बेलायत केन्द्रित दृष्टिकोणलाई पछि छोड्ने समय भएको सिनेटर लिडिया थोर्पले एक ट्विटर पोस्टमा व्यक्त गरेकी छिन्।

"हामीसँग यो देशमा फरक तरिकाले काम गर्ने अवसर छ," उनले पोस्टमा लेखेकी थिइन्।

"पाँच डलरको नोटमा यही देशको [अस्ट्रेलिया] व्यक्तित्वलाई अङ्कित गरेर, हामी पछाडिको साटो अगाडी बढ्न सक्छौँ।

"देशको रूपमा परिपक्व हुने समय भएको छ।"

स्थानीय हस्तीका लागि बाटो खोल्दै सहायक ट्रेजरी मन्त्री एन्ड्रु लीले बताए कि उक्त गुलाबी नोटमा कसको चित्र छाप्ने भन्ने कुरालाई कुनै परम्पराको रूपमा लिइँदैन।

"पाँच डलरको नोटमा रातीको अनुहार उनी राजपरिवारबाट भएको हुनाले छापिएको होइन, त्यो व्यक्तिगत रूपमा छापिएको हो।"

अस्ट्रेलियाभर पाँच डलरका २० करोड वटाभन्दा बढी नोटहरू चलिरहेको समयमा, रानी एलिजाबेथको अनुहारलाई अझै केही समयसम्म देखिने छ।

यद्यपि ढिलो चाँडो, उक्त गुलाबी नोटमा कुनै स्थानीय अस्ट्रेलियाली आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर व्यक्तित्वको चित्र अङ्कित भएको देख्न सकिने छ।


Share

4 min read

Published

Updated

By Dan Butler

Presented by Dinita Rishal

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now