Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

पूर्व गोर्खा सैनिकले सम्झिए महारानीको सेवामा बिताएका दिनहरू

Dev Gurung photo .jpg

पूर्व गोर्खा सैनिक देब बहादुर गुरुङले बकिङ्गम राजदरबार र विन्जर महलमा सुरक्षा गार्डको भूमिका निर्वाह गरेको र महारानीलाई नजिकबाट देख्दाको क्षणलाई स्मरण गरेका छन्।


Published

Updated

By Sunita Pokharel

Source: SBS



Share this with family and friends


पूर्व गोर्खा सैनिक देब बहादुर गुरुङले बकिङ्गम राजदरबार र विन्जर महलमा सुरक्षा गार्डको भूमिका निर्वाह गरेको र महारानीलाई नजिकबाट देख्दाको क्षणलाई स्मरण गरेका छन्।


५५ वर्षीय देब बहादुर गुरुङले महारानी एलिजाबेथ द्वितीयाको सेवामा बेलायत र अस्ट्रेलियामा बिताएका दिनहरूको सम्झना गरेका छन्।

"जब मैले ब्रिटिस आर्मीमा सेवा गरेँ, म प्रत्यक्ष रूपमा बेलायती राजसंस्था अन्तर्गत, महारानी अन्तर्गत थिएँ।"

उनी भन्छन् महारानीको निधनको खबरमा अन्य धेरैलाई जस्तै आफूलाई पनि दुख लागेको छ।

"अरू (मानिसहरू)लाई जस्तै मलाई पनि हामीले महारानीलाई गुमाएको खबरले झट्का दिएको छ। तर म अहिले यति नै भन्छु कि 'तपाइको आत्माले शान्ति पाओस्'।"

सन् १९९६ तिर सेक्सन कमान्डरका रूपमा गोर्खा सैनिकका रूपमा सेवारत रहँदा गुरुङले महारानीलाई नजिकबाट देख्ने र भेट्ने अवसर पाएका थिए।

चर्च क्रुक्हेममा रहेको छैटौँ गोर्खा राइफलको बेसमा महारानी आउँदा उनको स्वागतमा मोटरसाइकल एस्कर्टिङ गरेको उनलाई सम्झना आउने बताउँछन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

"मोटरसाइकलको हाम्रो टिम थियो चार जनाको, त्यसमा चाहिँ म पनि थिएँ। र हामीले उहाँ (महारानी)लाई गार्ड अफ अनर दिँदै स्वागत गरेको हो, मलाई याद छ। मलाई लाग्छ त्यो पहिलो र अन्तिम पटक नै होला उहाँलाई व्यक्तिगत रूपमा नजिकबाट भेटेको।"

साथै उनले बकिङ्गम राजदरबार र विन्जर महलमा गार्डको रूपमा काम गर्दाखेरिको अनुभव सुनाएका छन्।

"त्यतिखेर गार्ड ड्युटी गरेको हो। राजदरबारमा हामीले सुरक्षा प्रदान गर्नु पर्ने भएको कारणले चाहिँ उहाँहरू बाहिर भित्र गर्नु हुन्थ्यो।"

दरबार बाहिरको गतिविधिहरू नियाल्ने भूमिकामा रहेका गुरुङलाई सर्वसाधारणमा राजपरिवार प्रति निकै सम्मान रहेको पाएका थिए।

आफू सधैँ महारानीसँग जोडिएको महसुस गर्ने गरेको गुरुङले एसबीएस नेपालीलाई बताए।

Deb Gurung in his service days..jpg
Source: Supplied / Deb Bahadur Gurung

"म युकेबाट अस्ट्रेलियाको रक्षा बलसँग जोडिए, र त्यति बेला पनि म राष्ट्र प्रमुख, महारानी कै अन्तर्गत थिएँ।"

झन्डै २० वर्षको ब्रिटिस सेनासँगको आबद्धता र त्यस लगत्तै अस्ट्रेलिया रक्षा बलमा नियुक्ति लिएर एक दशक भन्दा केही बढी काम गरेका गुरुङले दुबैमा महारानी अन्तर्गत नै रहेकाले उनीबाट छुट्टिएको महसुस नगरेको भनाइ राखे।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now