Explainer

कोभिड-१९ का अन्य खोपभन्दा नोभाभ्याक्स कसरी फरक छ?

नोभाभ्याक्स कोभिड–१९ विरुद्धको चौथो खोपका रूपमा अस्ट्रेलिया भित्रिएको छ।

Novavax illustration

Novavax illustration Source: SBS News

थेराप्युटिक गुड्स एडमिनीस्ट्रेसन(टिजिए)ले प्रारम्भिक चरणको अनुमति दिएसँगै नोभाभ्याक्स अस्ट्रेलियामा प्रयोग हुन थालेको हो।

अस्ट्रेलियामा हाल बसोबास गरिरहेजा नब्बे प्रतिशत मानिसहरूले खोपको पूर्ण मात्रा लगाई सकेका छन्।

नोभाभ्याक्सले अनुमति पाएपछि एस्ट्राजेनेजा, फाइजर वा मोर्डना खोप लगाउन असमर्थ वा नमानिरहेका केही अस्ट्रेलियालीहरुले यसलाई प्रयोग गर्ने आशा सङ्घीय सरकारको छ।

नोभाक्याक्सले कसरी काम गर्छ?

अस्ट्रेलियामा हाल उपलब्ध रहेका ती खोपहरूको विकासमा प्रयोग भएको प्रविधि भन्दा नोभाभ्याक्स फरक छ।

नोभाभ्याक्स एक प्रोटिनमा आधारित खोप हो।

यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बढाउनका लागि, कोरोनाभाइरसका निष्क्रिय अवस्थामा रहेका, प्रोटिनयुक्त टुक्राहरू प्रयोग गर्दछ।

सङ्क्रामक रोग विशेषज्ञ पल ग्रिफिन भन्छन् कि फाइजर र मोर्डना एमआरएनए प्रविधिका खोपहरू हुन् भने एस्ट्राजेनेका एक एक भाइरस भेक्टर खोप हो।

“तिनीहरूको काम अनिवार्य रूपमा स्पाइक प्रोटिन बनाउनका लागि निर्देशनहरू पुर्‍याउने हो; जसबाट भाइरसका विरुद्ध हामीले चाहेको प्रतिक्रिया उत्पन्न हुन्छ भने नोभाभ्याक्स खोपमा चाहिँ केही परम्परागत तरिकाहरू प्रयोग हुन्छ," उनले भने।

"नोभाभ्याक्सको हकमा भने हामी स्पाइक प्रोटिनहरू प्रयोगशालामा बनाउँछौ अनि मानिसहरूलाई खोप दिइन्छ।"

के खोपको परीक्षण अस्ट्रेलियामा पनि भएको छ?

डाक्टर ग्रिफिन अस्ट्रेलियामा गरिएको नोभाभ्याक्स खोपको क्लिनिकल परीक्षणका एक सहभागी पनि हुन्।

उनी भन्छन् कि नोभाभ्याक्सले विकास र स्वीकृत प्रक्रियामा केही अवरोधहरू भोगेको भए पनि यी कुनै पनि कारणहरू सुरक्षासँग सम्बन्धित थिएनन्।

“नोभाभ्याक्समा देखिएका केही कठिनाइहरू सुरक्षा वा प्रभावकारिताको चिन्ताको वरिपरि छैनन्,” उनले भने।
“यो धेरै हदसम्म क्लिनिकल परीक्षणको आचरणहरूसँग सम्बन्धित थियो, पर्याप्त मानिसहरू माथि परीक्षण गराएर हामीलाई विश्वस्त हुनु आवश्यक थियो।”

नोभाक्याक्स खोप कतिको सुरक्षित र प्रभावकारी छ?

नोभाभ्याक्सलाई पहिलो पटक इन्डोनेसियाले गएको डिसेम्बरमा अनुमोदन गरेको थियो भने युरोपेली औषधि एजेन्सीद्वारा पनि यसलाई अनुमोदन गरिएको छ।

विश्वस्वास्थ्य सङ्गठनले समेत आपतकालिन प्रयोगका लागि यसको प्रयोगमा स्विकृति दिएको छ।

मर्डोक युनिभर्सिटीका संक्रमणरोग विशेषज्ञ प्राध्यापक कासान्ड्रा बेरीले हालसम्म नोभाभ्याक्स बारे आशाजनक लक्षणहरू देखाएको बताएकी छन्।

“नोभाभ्याक्सका उत्पादकहरूले विश्वमा धेरै क्लिनिकल परीक्षण गरेका छन् र यो तथ्याङ्कमा आधारित हुँदै उत्पादनमा सुरू गर्नु महत्त्वपूर्ण कदम थियो,” उनले भनिन्।

“लक्षणसहितको कोभिड–१९ विरुद्ध यो ९०.४ प्रतिशतले प्रभावकारी छ, जुन वास्तवमै उच्च हो।”

कसले नोभाभ्यासको 'प्रतीक्षा' गरिरहेको छ?

अस्ट्रेलियामा १६ वर्ष माथिका करिब ९२.८ प्रतिशत मानिसले कम्तीमा पनि खोपका दुई डोज लगाइसकेका छन्।

यसै गरी १६ वर्ष माथिका ९५ प्रतिशतले एउटा खोपको मात्रा लगाएका छन्।
A vial of the Phase 3 Novavax vaccine is seen ready for use in a trial at St. George's University hospital in London October 7, 2020.
Novavax was first approved by Indonesia in early December. It has since been approved by the European Medicines Agency. Source: AP
स्वास्थ्य मन्त्री ग्रेग हन्ट भन्छन् कि कोही मानिसहरू यस खोपका लागि पर्खिरहेका छन्।

“हामी सबैलाई खोप लगाउन प्रोत्साहन गर्छौं तर केहीलाई खोप लगाउन अफ्ठेरो लागेको कुरा पनि हामीले नबुझेको हैन,” उनले भने।
“आशा छ, नोभाभ्याक्सले खोप लगाउन बाँकि मध्येका ५ प्रतिशत जतिलाई अगाडी आउन हौसला दिनेछ।”
स्थापित उत्पादन प्रक्रियाबाट खोप निर्माण भएको हुँदा मानिसहरूले सहज महसुस गर्ने विश्वास डा ग्रिफिनको छ।

“यो फरक किसिमको खोप हो जसलाई (जसलाई हालसम्म खोप नलगाएका) केही व्यक्तिहरूले मन पराउँछन्," उनले भने।
"ती मानिसहरूले खोप उपलब्ध हुनासाथ लगाए राम्रो हुनेछ।”

अनि अरू खोप नि?

पल ग्रिफिन विद्यमान खोपहरू पनि सुरक्षित र प्रभावकारी रहेकोमा जोड दिन्छन्।

उनी भन्छन् कि खोपहरु सुरक्षित र उच्च प्रभावकारी नभए, अस्ट्रेलियामा प्रयोगका लागि स्विकृति प्राप्त हुँदैन।

गत हप्ता मात्र स्वास्थ्य मन्त्री ग्रेग हन्टले योग्य जनसङ्ख्याको ५२ दशमलव ६ प्रतिशतलाई समेट्दै, देशले ४८ लाख ६० हजार बुस्टर डोजहरूको लक्ष्य पार गरेको बताएका छन्।

नोभाभ्याक्स कहिलेबाट उपलब्ध हुन्छ?

अस्ट्रेलियाली सल्लाहकार समिति अटागीले १८ वर्ष माथिका वयस्कहरूका लागि खोप २१ फेब्रुअरीबाट लगाउन सुरु गरिने बताएको छ।

अटागीले १८ वर्ष माथिका मानिसहरूलाई कम्तीमा तिन हप्ताको फरकमा दुई मात्रा दिनु पर्ने बताएको छ।

Share

Published

Updated

Presented by SBS Nepali
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand