सन् १९४७ भारतीय क्रिकेटरहरूले टेस्ट सिरिजका दौरान अस्ट्रेलियाको भ्रमण गरेपछि, अस्ट्रेलिया र भारतबिचमा आधिकारिक क्रिकेट सम्बन्ध स्थापना भएको मानिन्छ।
तर त्यसको ठिक ५० वर्ष अघि एक भारतीय ब्याट्सम्यानले टेस्ट क्रिकेटमा शतक पार गरिसकेका थिए।
कुमार रणजितसिंहजीले सन् १९९७/९८ मा सिड्नीमा खेलिएको टेस्ट सिरिजको पहिलो खेलमा १७५ रन बनाउन सफल भएका थिए।
उक्त समयमा इङ्लिस ब्याट्सम्यानले बनाएको यो नै सर्वाधिक रन थियो।
राजकीय शान र व्याटिङ्गमा समेत अब्बल राजकुमारले अस्ट्रेलियासँगको क्रिकेट इतिहास कोर्न महत्त्वपूर्ण भूमिका निभाएकाे बताइन्छ।
भारतको नवनगरका राजकुमार रणजी त्यति बेलाका सबैभन्दा शानदार ब्याट्सम्यानका रूपमा चिनिने गर्दथे।
उनलाई अस्ट्रेलियाली मिडियाले सेलीब्रिटीका रूपमा स्थान दिएका थिए, उनी सम्बन्धी रिपोर्ट, अन्तर्वार्ता, गीत र कथाहरूले यहाँका मिडियामा राम्रो स्थान पाएकाे थियाे।
यी भारतीयसँग बाजको जस्तो आँखा छ, स्टिलको जस्तो नाडी छ, बललाई नियन्त्रणमा राख्ने कलाले उनलाई उत्कृष्ट ब्याट्सम्यान बनाएको छद आर्मिडेल एक्सप्रेस, १८९७

अर्को एक सन्ध्याकालीन अखबारले 'सबैतिर रणजी रणजी' लेखेर समाचार छापेको थियो।
यद्यपि १९ औ शताब्दीको अन्त्य र २० औ शताब्दीको प्रारम्भमा उपमहाद्धिपबाट क्रिकेट प्रतिनिधित्व गर्ने रणजीले मात्र एक भने थिएनन्।
सन् १९४७ अघि थुप्रै क्रिकेट टुर र म्याचहरूमा भारतीय खेलाडीहरूको उपस्थिति भएको थियो। थुप्रै सुपरस्टारहरू यहाँ आएका थिए।
तर यसका बारेमा कमै मात्र क्रिकेट प्रशंसकहरूलाई ज्ञान छ।

के तपाईँलाई थाहा छ कि सन् १८७७ अस्ट्रेलियाका तर्फबाट पहिलो अन्तर्राष्ट्रिय टेस्ट म्याच खेल्ने टोलीमा भारतमा जन्मिएका खेलाडी पनि थिए?
के तपाईँलाई इङ्लिस टोलीमा अर्का एक भारतीय राजकुमार पनि थिए भन्ने थाहा छ, जसलाई 'बडीलाईन ट्याक्टीस' बारेमा चुनौती दिएकोमा हटाइयो?
कलर्स अफ क्रिकेट पोड्कास्ट शृङ्खलाको तेस्रो भागमा अस्ट्रेलिया र भारतीय उपमहाद्धिपबीचको खेलका अज्ञात कथाहरूको बारे कुरा गर्नेछौ।
कलर्स अफ क्रिकेटको तेस्रो एपिसोड सुन्नुहोस्।
यदि तपाईँले पहिलो भाग सुन्न छुटाउनु भएको छ भने, अस्ट्रेलियाली राष्ट्रिय क्रिकेटमा दक्षिण एसियाली खेलाडीहरूको कम प्रतिनिधित्व भएका विषयमा चर्चा गरिएको छ, पहिलो र दाेस्राे एपिसोड सुन्न शृङ्खलाको सुरुमा जानुहोस्।
Colours of Cricket एसबीएस रेडियो एप वा तपाईँको रोजाइको पोडस्ट एपलाई फलो गरेर सुन्न सक्नु हुनेछ।
Colours of Cricket एसबीएस रेडियोको दक्षिण एसियाली भाषा कार्यक्रमहरू संयुक्त परियोजना हो र यसका आठ भाग प्रत्येक हप्ता सुन्न सकिनेछ।
ती भाषा कार्यक्रमहरूमा रहेका छन्: एसबीएस बाङ्गला, एसबीएस गुजराती, एसबीएस हिन्दी, एसबीएस मलयालम, एसबीएस नेपाली, एसबीएस पन्जाबी, एसबीएस सिन्हाला, एसबीएस तामिल र एसबीएस उर्दु।



