सोमबार, ११ डिसेम्बरका दिन 'इन्टरनेसनल माउन्टेन डे'को अवसर पारेर, सगरमाथाको शिखर चुम्न सफल व्यक्तिहरूलाई सम्मानको कार्यक्रम आयोजना गरिएको छ। अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहकार्यमा नेपाली दूतावास क्यानबराले गरेको उक्त कार्यक्रममा सगरमाथा चढेका ३७ जना अस्ट्रेलियन आरोहीलाई सम्मान गरिएको हो। दूतावासका उपप्रमुख कुलबहादुर मगरले यस्ता कार्यक्रमले नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन निकै मद्दत गर्ने एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





