Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाको शिक्षा क्षेत्रमा ठुलो असमानता रहेको अध्ययनको निष्कर्ष

Photo of recipients of the Indigenous Literacy Foundation's distribution of books.

भर्खरै गरिएको एक अध्ययनले अस्ट्रेलियाको शिक्षा क्षेत्रमा निकै ठुलो असमानता रहेको खुलासा गरेको छ । विशेष गरी सामाजिक वा आर्थिक अवस्था कमजोर भएकाहरू,आदिवासी समुदाय र ग्रामीण भूभागमा रहेकाहरू यस्ता असमानताको सिकार भएका छन् ।


Published

Updated

By Sarah Chlala, Danielle Robertson

Presented by SBS Nepali, Krishna Pokharel

Source: SBS




Share this with family and friends


भर्खरै गरिएको एक अध्ययनले अस्ट्रेलियाको शिक्षा क्षेत्रमा निकै ठुलो असमानता रहेको खुलासा गरेको छ । विशेष गरी सामाजिक वा आर्थिक अवस्था कमजोर भएकाहरू,आदिवासी समुदाय र ग्रामीण भूभागमा रहेकाहरू यस्ता असमानताको सिकार भएका छन् ।



समावेश विषय

  • प्रत्येक तिन मध्ये एक बिद्याथी असमानताको सिकार
  • सामाजिक आर्थिक रूपमा कमजोरहरू सबैभन्दा बढी असमानतामा
  • शिक्षामा समानताका लागि सरोकारवालाहरूको आग्रह

अध्ययनको उद्देश्य देशको वर्तमान राष्ट्रिय लक्ष्यहरूको प्रगतिको आङ्कलन गर्ने थियो तर यसले प्रत्येक ३ मध्ये एक व्यक्ति शिक्षाको क्षेत्रमा अवसरको कमीमा रहेको देखाएको छ ।

 

जुन बिद्यार्थीहरुलाई सबैभन्दा अधिक सहयोगको आवश्यकता छ, तिनीहरूकै हकमा अस्ट्रेलियाको शिक्षा क्षेत्र चुकी रहेको देखिन्छ ।

 

अध्ययनका अनुसार शैक्षिक क्षेत्रमा भएका असमानतालाई घट्नुको सट्टा यसको परिधि बढी  रहेको छ ।

Technical and Further Education system NSW Sydney Institute
Technical and Further Education system NSW Sydney Institute Source: AAP

यस अध्ययनले शैक्षिक क्षेत्रमा रहेका यस्ता थुप्रै असमानताहरूका बारेमा प्रकाश पारेको छ ।

 

विशेष गरी आदिवासी,सामाजिक वा कम आर्थिक पुष्ठभुमी भएका वा दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक विकासमा दुई गुणाको भिन्नता देखिने अध्ययनले देखाएको छ ।

 

अक्सर विद्यार्थीको उमेर बढ्दै जाँदा यी भन्नताहरु पनि बढ्दै जाने देखिन्छ ।

 

जो मानिसहरू सहयोगका अवसरबाट वञ्चित रहन्छ ,तिनीहरू आफ्ना सहपाठी सँगको स्तरलाई कायम गर्न जरुरी रहन्छ । र एउटा मानिस यस्ता भिन्नताहरूलाई कम गर्नका लागि प्रयास गरिरहेको छ ।

 

व्लेक क्यान्सडेल सेन्ट्रल कोष्ट स्थित डार्किन्जङमा हुर्किएका हुन् । र उनीहरू ट्रान्वी कलेजका मुख्य सञ्चालक अधिकृत हुन् । जसले आदिवासी अस्ट्रेलियालीहरूको शैक्षिक स्तर सुधारको लक्ष्य लिएको छ ।

 

क्यान्सडेलका परिवारले उनी हुर्कँदै गर्दा निकै सर्घष गर्नु परेको थियो र त्यही सर्घषको कथाले उनलाई शिक्षाको क्षेत्रमा आकर्षित  गर्‍यो ।

क्यान्सेलले चली रहेको चक्रलाई तोडेर आफू अगाडी बढ्न सक्षम भए पनि यस्ता प्रत्येक ३ मध्ये एक विद्यार्थीले यस्ता समस्याहरूको सामना गर्नु परिरहेको देखिएको छ ।

Early education
(AAP Image/Lukas Coch) NO ARCHIVING Source: AAP

मिसेल इन्स्टीच्यूटले गरेको अध्ययनले यो वास्तविकताको उजागर गरेको छ । मिचेल इन्स्टीच्यूटका शिक्षा नीति उपप्रमुख सर्जियो म्याकलिन भन्छन् अध्ययनले शिक्षा क्षेत्र प्रणाली असमानतामा झेलिएको देखिन्छ ।

 

अध्ययनले बालबालिका देखि वयस्क सम्मका ३ लाख बालबालिका लाई पछ्याएको छ । राष्ट्रिय स्तरमा हेर्ने हो भने २४ वर्ष उमेर समूहका १५ प्रतिशत विद्यार्थी कुनै पनि रोजगार ,शिक्षा वा प्रशिक्षणमा सहभागी छैनन् ।

 

यो सङ्ख्या सामाजिक आर्थिक हिसाबले पिछडिएका वर्गमा झनै बढी छ अर्थात् ३२ दशमलव ३ प्रतिशत वयस्कहरू काम  विहीन अवस्थामा छन् ।

 

यसै गरी आदिवासी समुदायमा  यो सङ्ख्या बढेर ४५ प्रतिशत सम्म पुगेको छ ।

What would be the education in Australia for the new decade?
What would be the education in Australia for the new decade? Source: Getty Images

कोभिड–१९ महामारी पछि यस्ता असमानताहरू अझै बढ्ने आङ्कलन गरिन्छ र यसको समाधान त्यति नजिक पनि छैन । स्मिथ फ्यामिलीकी एन्टोन लिसेन भन्छन् यो समानता हटाउन निकै धेरै काम गर्नु जरुरी छ ।

 

स्मिथ फ्यामिली र अन्य आदिवासी संस्थाहरूले यसमा ठोस सुधारको आवश्यकता रहेको औँल्याएका छन्  ।

 

ट्रान्वी कलेजले हालै आफ्नो पहिलो अनलाईन  कोर्स डिप्लोमा इन अप्लाईड एर्वोजिनल स्टडीजको सुरुवात गरेको छ । र अस्ट्रेलिया भरका आदिवासीहरूले यो कोर्समा सहभागी  हुन सक्छन् ।

 

क्यान्सडेल भन्छन्  कोभिड–१९ ले ठुलो चुनौती खडा गरेको छ तर जहाँ सम्म उनीहरू पुगेका छन्  त्यसलाई महत्त्वपूर्ण उपलब्धि मान्नुपर्दछ ।

क्यान्सडेल उत्त शैक्षिक कार्यक्रम मार्फत बिद्यार्थीहरुमा सकारात्मक परिवर्तन आउनेमा विश्वास गर्छन् । उनी भन्छन् “यसले बिद्यार्थीहरुलाई आत्मविश्वास र कुशलता दुवै प्रदान गर्नेछ”


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now