Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

क्रिकेटको शक्ति सन्तुलनलाई भारतीय उपमहाद्धिपले कसरी परिवर्तन गर्दैछ

Sri Lankan Captain Arjuna Ranatunga in heated discussion with umpires Ross Emerson and Anthony McQuillan

Sri Lankan Captain Arjuna Ranatunga in heated discussion with umpires after bowler Muttiah Muralitharan was called for chucking in a one-day match against England at Adelaide Oval. Ranatunga was given a six-month suspended sentence by the ICC over the incident. Credit: PA Images via Getty Images

भारतीय क्रिकेटलाई मान्यता दिन अस्ट्रेलियाको आधिकारिक निकायलाई धेरै वर्ष लाग्यो, पछिल्ला केही वर्षमा पैसाले क्रिकेट मैदान भित्र र बाहिरको शक्ति सन्तुलनलाई परिवर्तन गरेको छ। कलर्स अफ क्रिकेटको चौथो एपिसोडमा उपमहाद्धिपीय टोली र प्रशंसकहरूको बढ्दो प्रभावले अस्ट्रेलियन क्रिकेटमा ल्याएको परिवर्तनका बारेमा चर्चा गरिएको छ।


Published

Updated

By Deeju Sivadas, Vatsal Patel, Sahil Makkar, Abhas Parajuli

Presented by Kulasegaram Sanchayan, Preeti Jabbal

Source: SBS



Share this with family and friends


भारतीय क्रिकेटलाई मान्यता दिन अस्ट्रेलियाको आधिकारिक निकायलाई धेरै वर्ष लाग्यो, पछिल्ला केही वर्षमा पैसाले क्रिकेट मैदान भित्र र बाहिरको शक्ति सन्तुलनलाई परिवर्तन गरेको छ। कलर्स अफ क्रिकेटको चौथो एपिसोडमा उपमहाद्धिपीय टोली र प्रशंसकहरूको बढ्दो प्रभावले अस्ट्रेलियन क्रिकेटमा ल्याएको परिवर्तनका बारेमा चर्चा गरिएको छ।


सन् १९२८ मा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) स्थापना भयो, त्यस लगत्तै उनीहरूले अस्ट्रेलियाको राष्ट्रिय टोलीलाई भ्रमणका लागि अनुरोध गरे।

तर अस्ट्रेलियाली क्रिकेट अधिकारीहरू उपमहाद्धिपका समकक्षीहरूको भ्रमण अनुरोध प्रति उदासीन बने र भ्रमण सफल बनेन।

तर सन् १९४७ मा भारतको स्वतन्त्रता पछि पहिलो पटक उनीहरूकाबिच औपचारिक भिडन्त भयो, जहाँ डन ब्राडम्यानले पहीलोपटक कुनै दक्षिण एसियाली मुलुकसँग खेलेका थिए।

त्यसपछिका दुई दशकसम्म भारतीय क्रिकेट टोलीलाई निम्ता नै दिइएन।

क्रिकेटका इतिहासकार एवम् लेखक प्याट्रिक स्केन यसका लागि वित्तीय कारण दोषी रहेको बताउँछन्।

भारतको आर्थिक मजबुति राम्रो थिएन, त्यो श्रृखंलामा उनीहरू पराजित बने, उनीहरूको ब्याटीङ्ग पनि बलियो थिएन, उनीहरूलाई त्यहाँ फर्केर आउन अर्को २० वर्ष लाग्यो
प्याट्रीक स्किन

सन् २०२२ मा आइपुग्दा क्रिकेट अस्ट्रेलियाले आफ्नो कोषलाई मजबुत बनाइराख्न भारत र अन्य दक्षिण एसियाली राष्ट्रहरूको भ्रमणमा निर्भर गरेको छ।

केही विज्ञहरूले भारतीय टोलीको भ्रमण अहिले अस्ट्रेलियाका लागि सबैभन्दा महत्त्वपूर्ण रहेको बताउँछन्।

अस्ट्रेलियामा क्रिकेट सम्बन्धी सम्मानित लेखक गिडोन हेग “याे एशेज भन्दा पनि धेरै मूल्यवान्” रहेको बताउँछन्।

अस्ट्रेलियन क्रिकेट बोर्ड र इन्टरनेशनल क्रिकेट काउन्सिलका पूर्व प्रमुख माल्कम ग्रे उपमहाद्धिपबाट विशेष गरी भारतको शक्ति इंग्ल्यान्ड र अस्ट्रेलियाको बराबरीमा पुगेको बताउँछन्।

तर यात्रा त्यति सहज भने थिएन, कलर्स अफ क्रिकेटको यो एपिसोडमा क्रिकेटका हस्तिहरू सुनिल गावास्कर, कपिल देव, लियाज अहमद, लिजा स्थेलकर र अन्य क्रिकेटरहरूले यस समीकरणको सम्झना गरेका छन्।

१९८१ र १९९९ मा भारत र श्रीलंकन टोलीले अस्ट्रेलियामा गरेको 'वाक अफ', र सन् १९९२ मा पाकिस्तानले आइसिसी विश्वकप ट्रफी उचाल्दाका गौरवमय क्षणका बारेमा सुन्नुहोस्।

यदि तपाईँले यस अघिका भागहरु सुन्न छुटाउनु भएको छ भने शृङ्खलाको सुरुमा जानुहोस्।

Colours of Cricket एसबीएस रेडियो एप वा तपाईँको रोजाइको पोडस्ट एपलाई फलो गरेर सुन्न सक्नु हुनेछ।

Colours of Cricket एसबीएस रेडियोको दक्षिण एसियाली भाषा कार्यक्रमहरू संयुक्त परियोजना हो र यसका आठ भाग प्रत्येक हप्ता सुन्न सकिनेछ।

ती भाषा कार्यक्रमहरूमा रहेका छन्: एसबीएस बाङ्गला, एसबीएस गुजराती, एसबीएस हिन्दी, एसबीएस मलयालम, एसबीएस नेपाली, एसबीएस पन्जाबी, एसबीएस सिन्हाला, एसबीएस तामिल र एसबीएस उर्दु।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now