Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाको आउँदो सङ्घीय निर्वाचनमा विदेशी प्रभाव पार्न खोजिएको दाबीको खुलासा

Kiongozi wa Upinzani Anthony Albanese (kushoto) amsikiza Waziri Mkuu Scott Morrison bungeni

Kiongozi wa Upinzani Anthony Albanese (kushoto) amsikiza Waziri Mkuu Scott Morrison bungeni. Source: AAP

आउँदै गरेको सङ्घीय निर्वाचनमा चीन सरकारले लेबर उम्मेदवारहरूलाई आर्थिक सहयोग गर्ने योजना बारे अस्ट्रेलियाको गुप्तचर संस्था एजीओले पत्ता लगाएको खुलासा भएको हो। यसले निर्वाचनलाई प्रभाव नपारेको एजीओले बताएको छ।


Published

Updated

By Anna Henderson

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


आउँदै गरेको सङ्घीय निर्वाचनमा चीन सरकारले लेबर उम्मेदवारहरूलाई आर्थिक सहयोग गर्ने योजना बारे अस्ट्रेलियाको गुप्तचर संस्था एजीओले पत्ता लगाएको खुलासा भएको हो। यसले निर्वाचनलाई प्रभाव नपारेको एजीओले बताएको छ।


लेबर नेता येन्थनी अल्बनिजीले अस्ट्रेलियन सेक्युरिटी इन्टेलिजेन्स अर्गनाइजेशन, एजीओका प्रमुख माइक बर्गसले आफूलाई कोही उम्मेदवारलाई असर नपरेकोमा आश्वस्त पारेको बताएका छन्।

राजनीतिक विज्ञापनहरूले चुनावी रणनीति सार्वजनिक गर्दै गर्दा, यसले मूर्त रूप लिन थालेको देखिएको छ।

लिबरल पार्टीको चुनावी विज्ञापनमा विपक्षी नेता एन्थनी अल्बनिजीको विश्वसनीयता माथि प्रश्न उठाइएको छ भने, अल्बनिजी आफ्नो बचाउमा उत्रिएका छन्।

अल्बनिजीको भनाइ सहितको रिपोर्ट यहाँ सुन्नुहोस्: अस्ट्रेलियाको आउँदो सङ्घीय निर्वाचनमा विदेशी प्रभाव पार्न खोजिएको दाबीको खुलासा हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

त्यस्तै, बिहीबार रक्षा मन्त्री पिटर डटनले संसद समक्ष सुरक्षा सम्बन्धी आफ्नो चिन्तालाई अगाडी सारेका थिए।

यसै हप्ता एजीओका प्रमुख  माइक बर्गसले एक षड्यन्त्रको खुलासा गरेका थिए। उनले एक विदेशी राष्ट्रले अस्ट्रेलियाका निर्वाचन उम्मेदवारहरूलाई रकम दिन खोजेको बताएका थिए।

नाइन पत्रिकामा गुप्तचर अधिकारीको भनाइलाई उद्धृत गर्दै सो विदेशी राष्ट्र चीन भएको बताइएको छ।

Defence Minister Peter Dutton speaks during Question Time at Parliament House in Canberra.
Defence Minister Peter Dutton speaks during Question Time at Parliament House in Canberra. Source: AAP

उक्त प्रयास सङ्घीय निर्वाचन नजिकिँदै गर्दा न्यु साउथ वेल्स लक्षित रहेको बताइयो। यस विषयमा विपक्षी नेता एन्थनी अल्बनिजीले कुनै समस्या नरहेको बताए। 

एजीओका प्रमुखले उक्त षड्यन्त्र असफल भएको पुष्टि गरेका छन्, तर त्यस पश्चात् पनि रक्षा मन्त्री पिटर डटनले लेबरको सहकार्यलाई लिएर प्रश्न उठाउन छाडेका छैनन् । 

यस विषयमा प्रधान मन्त्री बाट भने कुनै टिप्पणी आएको छैन।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now