अङ्कल डिक्सनका अनुसार सिड्नीमा आयोजित कुनै पनि नेपाली सामुदायिक कार्यक्रममा 'स्मोक सेरेमनी' गरिएको यो पहिलो अवसर थियो। नोभेम्बर २०२२ मा बरवुड पार्कमा आयोजित 'नेपाल फेस्टिभल'मा उनले युकेलिप्टस्का पातहरू पोलेर धुवाँ बनाउँदै मानिसहरूलाई परम्परागत रूपमा स्वागत गर्ने आदिवासी चलनलाई नेपालीहरूलाई अनुभव गराएका हुन्। उक्त धूम्र समारोह, त्यसको महत्त्व र नेपालीहरूले अस्ट्रेलियाका आदिवासीहरू बारे के-के जान्न आवश्यक छ त भनेर हामीले अङ्कल जोन डिक्सनसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




