आधुनिक विज्ञानको सहायताले ८० वर्ष पहिचान विहीन बनेर “अज्ञात नाविक”को संज्ञा पाएको उक्त शव ब्रिसबेनमा जन्मिएका २१ बर्सिया थोमस वेल्सवी क्लार्कको रहेको पत्ता लागेको हो ।
आठ दशक सम्म रहस्यको गर्भमै रहेको एक पहिचान विहीन शवले अन्ततः आफ्नो हराएको नाम फिर्ता पाएको छ ।
दोस्रो विश्वयुद्धताकाको एक अस्ट्रेलियाली युद्ध पोत - एचएमएएस सिड्नीको अवशेषमा भेटिएको एक पुरुषको शवले आफ्नो पहिचान प्राप्त गरेको हो ।
आधुनिक विज्ञानको सहायताले ८० वर्ष पहिचान विहीन बनेर “अज्ञात नाविक”को संज्ञा पाएको उक्त शव ब्रिसबेनमा जन्मिएका २१ बर्सिया थोमस वेल्सवी क्लार्कको रहेको पत्ता लागेको हो ।
हर म्याजेस्टीज अस्ट्रेलियन सिप सिड्नी भनिने अस्ट्रेलियाली युद्ध पोत डुबेको ८० वर्ष पछि अवशेषहरूमा उक्त रहस्यमय शव भेटिएको थियो।
उनी दोस्रो विश्वयुद्धताका उक्त पानी जहाजमा सवार ६ सय ४५ पुरुषहरू मध्येका एक रहेको बताइएको छ ।
उनको पहिचान खुलेसँगै उनको सेवा र योगदानको सम्झनाका लागि एक विशेष कार्यक्रम गरी सम्मान प्रकट गरिएको छ, जसमा अस्ट्रेलियन नौसेनाका भाईस एडमिरल माइकल नूनन्को पनि उपस्थिति रहेको थियो ।
“आज हामी थोमस वेल्सवी क्लार्क प्रति सम्मान प्रकट गर्दछौ, उहाँको नाम स–सम्मान मर्यादा सहित फिर्ता गर्छौं, उनी र उनीसँगै रहेकाहरूले गरेको सेवाको सम्मान गछौ,” भाइस एडमिरलले भने ।
डाक्टर ली लहेन एक मात्र जीवित आफन्त हुन्, जसले थोमस वेल्सवी क्लर्कको अनुहार देखेकी छन् ।
उनी भन्छिन् कि क्लार्कको पहिचानको समाचार बाहिरिए पछि उनी निकै खुसी बनेकी छिन् ।
“म सानो बच्चा हुँदा उहाँले मलाई समाउनु भएको थियो, यसैले पनि मलाई आनन्ददायी लागेको छ, मलाई लाग्दैन अहिले कोही जीवित छ जसले टमलाई देखेर पहिचान गर्न सकोस्,” उनले भनिन् ।
रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

त्यसो भए के यो रहस्यको अन्त्य भएको हो त?
आज भन्दा ८० वर्ष अघि दोस्रो विश्वयुद्धका क्रममा एचएमएएस सिड्नी नामको जुन पानी जहाजमा थोमस सवार थिए, त्यसको टकराव एक छद्मभेषी जर्मन युद्ध पोतसँग भएको थियो ।
भाइस एडमेरल नुनन् भन्छन् कि उक्त दिन दुवै जहाजमा गम्भीर क्षति पुग्यो, र जहाजहरू पानीमा डुबे ।
पछि फेला परेका केही अवशेषहरूमा एक अज्ञात पुरुषको शव पनि भेटियो ।
भेटरन अफयर्स डिफेन्स पर्सनल मन्त्री एन्ड्रू जीई भन्छन् कि सो शव समुन्द्रमा केही अन्तराल पछि मात्र फेला परेको थियो।
“टमको मृत्यु दुखद रूपमा समुन्द्रमा भयो र लगभग तीन महिना पछि क्रिसमस टापुमा उनको शव फेला पर्यो,” उनले भने ।
“आधुनिक विज्ञान प्रविधिको प्रमाण यस्तो बनिदियो कि हामीले दशकौँ पछि पनि टमलाई पहिचान गर्न सक्यौं।”
द रोयल अस्ट्रेलियन न्याभीका अनुसन्धानकर्ता ग्रेग स्विनडेन भन्छन् कि डिएनएको माध्यमबाट यो सफलता हासिल भएको हो ।
अनुसन्धानकर्ताहरूका अनुसार थोमस विल्सवी क्लर्क ब्रिसबेनमा सन् १९२० मा जन्मिएका थिए ।
र उनले मृत्यु अगाडी एचएमएएस सिड्नीका लागि दुई महिना सेवा गरेका थिए ।
थोमसकी आफन्त डाक्टर लहेन भन्छिन् कि थोमसको मृत्युवरण जसरी भयो यसको याद मानसपटलमा सदाका लागि कोरिनेछ ।
थोमस विल्सवी क्लार्कको सम्मानका लागि अस्ट्रेलियन वार मेमारीयलमा एक स्थायी स्थान निर्माण गरिएको छ ।
८० वर्ष पछि पहिचान पाएका टम क्लार्क इतिहासको एक अभिन्न अङ्गका रूपमा बाचिरहनेछन् ।





