SKIP TO MAIN CONTENT

"दुर्व्यवहार गर्नेहरू चाहिँ आफ्नै पारिवारिक सदस्य, विशेष गरी वयस्क छोराछोरी हुने गर्दछन्"

Elderly couple
Elder abuse could be physical, emotional, sexual, or even, neglect. Source: Getty Images/Brand X Pictures

ज्येष्ठ अस्ट्रेलियाली माथि हुने दुर्व्यवहारका घटना कोभिड–१९ महामारी यता झनै बढेपछि यसको निराकरण खोजिरहेका संस्था एवम् व्यक्तिहरूले विभिन्न पहलहरू थालेका छन्।


Published

Updated

Source: SBS



Skip to podcast episode content

ज्येष्ठ अस्ट्रेलियाली माथि हुने दुर्व्यवहारका घटना कोभिड–१९ महामारी यता झनै बढेपछि यसको निराकरण खोजिरहेका संस्था एवम् व्यक्तिहरूले विभिन्न पहलहरू थालेका छन्।


विगत एक दशकदेखि केभिन हार्डी र एयान बि क्रफ्ट एक सङ्गीत सत्रका क्रममा सँगै बसेर करिब डेढ घण्टा आनन्द लिन्छन् र त्यसपछि मिठा मिठा कुराहरू गरेर समय बिताउँछन्।

आज भन्दा १० वर्ष अघि स्थानीय एक टेनिस क्लबमा भेट भएका उनीहरू सङ्गीत सुन्ने र सुनाउने कुरामा एउटै बिचार राखेर मित्रताको बन्धनमा बाँधिएका हुन्।

१० वर्ष अघि केभीनले इयानलाई भेट्दै गर्दा उनी ८० वर्षका थिए र उनलाई बाध्यबाजनमा त्यसमा पनि हार्मोनिका बजाउन रुचि थियो तर उनलाई कुनै पनि बाजा बजाउन चाहिँ आउँदैनथ्यो।

उतिबेला ६६ वर्ष पुगेका सङ्गीतकार समेत रहेका इयानका लागि भने त्यो स्थायी मित्रताको सुरुवात हुनेछ भनेर कल्पना पनि गरेका थिएनन्।

इयान ठट्यौली पारामा भन्छन् कि आफूले बजाउने बाजाकै बारेमा उनको पनि चासो भएको सुन्दा अचम्म लागेको थियो।

“हाम्रो पहिलो भेटमै उसले मैले बजाउने बाजा हार्मोनिकामा चासो रहेको कुरा गर्‍यो, म हाँसे अनि सोचे, यो मान्छेलाई म अर्को पटक भेट्नलाई गाह्रो मान्ने छैन,” इयानले भने।

यो १० वर्षको दौरान केभिन आफूले नितान्तै फरक सिपलाई सिक्न सकेकोमा आश्चर्य व्यक्त गर्छन्।

NACA Feature, coronavirus, elder abuse, elderly welfare,
Kevin Hardy plays the harmonica and Ian Beecroft accompanies him on the guitar in a photo taken as part of the Ageing My Way exhibition in Hobart. Source: (supplied) Peta Cook

उनीहरूको नियमित सङ्गीतसत्रका क्रममा खिचिएको एउटा तस्बिर “एजिङ्ग माई वे” नामक यात्रा सम्बन्धी प्रदर्शनीमा समेत राखिएको छ।

जहाँ तास्मेनियाली बृद्धबृद्धाले स्वतन्त्रतापूर्वक र राम्रोसँग जिउने बारेमा आफ्ना विचारहरू व्यक्त गरेका थिए।

यो टास्मेनिया बिश्वबिद्यालयकी समाज शास्त्री डाक्टर पेटा कुकको पहलमा सुरु भएको काम हो, जसले पाका उमेरका अस्ट्रेलियालीहरुको इच्छालाई ठुलो आवाज दिन र दुर्व्यवहार रोक्नका लागि आफ्नो अनुसन्धान केन्द्रित गरेको छ।

यसका अलावा उनीहरूको इच्छा अनुसारको कानुनी सहयोग पनि प्रदान पनि गरिने गरिएको छ।

डाक्टर पेटा कुकका भन्छिन् कि यो समस्यालाई समाधान गर्न बहुआयामीक दृष्टिकोणको आवश्यकता पर्दछ, जसमा सहयोगी सेवाहरूको व्यवस्थापन, राष्ट्रिय र राज्य केन्द्रित ज्येष्ठ नागरिक प्रतिको दुर्व्यवहार सम्बन्धी विशेष कानुन र यो कंलकलाई तोड्ने तरिकाको अबश्यकता छ।

पूरा रिपोर्ट यहाँ सुन्नुहोस्: "दुर्व्यवहार गर्नेहरू चाहिँ आफ्नै पारिवारिक सदस्य, विशेष गरी वयस्क छोराछोरी हुने गर्दछन्" हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

ज्येष्ठ अस्ट्रेलियाली प्रतिको नकारात्मक मनोवृत्तिलाई सम्बोधन गदै, उमेरवाद, उनीहरू प्रतिको दुर्व्यवहार रोक्नका लागि प्रमुख विषय भएको कुरा पहिचान गरिएको छ।

पेस गरिएका पछिल्ला विभिन्न रिर्पोटका साथमा सन् २०१७ को कानुन सुधार आयोगको वृद्ध दुर्व्यवहार सम्बन्धी रिर्पोटमा पनि यसलाई उल्लेख गरिएको छ।

"दुर्व्यवहार गर्नेहरू चाहिँ आफ्नै पारिवारिक सदस्य, विशेष गरी वयस्क छोराछोरी हुने गर्दछन्।"

गत वर्ष क्रिसमस अगाडी अस्ट्रेलियन इन्स्टिच्युट अफ फेमिलि स्टडीजद्धारा गरिएको एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा वृद्धहरूले भागेका दुर्व्यवहारका बारेमा खुलासा भएको थियो।

फेब्रुअरी र मे २०२० काबिच गरिएको सर्वेक्षणमा सहभागी प्रत्येक ६ जना मध्य एक वृद्धले आफूले दुर्व्यवहार भागेको गुनासो गरेको पाइएको थियो।

दुर्व्यवहारको सबैभन्दा सामान्यरुप मनोवैज्ञानिक दुर्व्यवहार रहेको पाइएको छ।

जुन सहभागी मध्ये ११.७ प्रतिशतले भागेको गुनासो गरेका छन्।

यसै गरी उपेक्षा सहेका बृद्धाहरुको सङ्ख्या पनि उल्लेख्य नै छ, २.९ प्रतिशतले आफूहरूलाई उपेक्षा गर्ने गरेको बताएका छन्।

यसैगरी आर्थिक दुर्व्यवहार २.१ प्रतिशत ज्येष्ठ नागरिकले भोगेका छन् भने शारीरिक दुर्व्यवहारको सिकार १.८ प्रतिशतले बनेका छन्।

यसैगरी यौन दुर्व्यवहार सहने वृद्धहरुको सङ्ख्या १ प्रतिशत रहेको अध्ययनले देखाएको छ।

Australian Federal budget 2022
Nursing home Source: Getty Images

दुर्व्यवहार अनुभव गर्ने दुई तिहाइ मानिसले यो रिर्पोट गर्ने आँट नै नगरेको पनि अध्ययनका क्रममा बताए।

अध्ययनका क्रममा यो पनि पाइएको छ कि दुर्व्यवहार गर्नेहरू चाहिँ आफ्नै पारिवारिक सदस्य, विशेष गरी वयस्क छोराछोरी हुने गर्दछन्।

न्यु साउथ वेल्सका एजिङ्ग एन्ड डिसेबिलिटी कमिस्नर रोर्बट फिजगेरल्ड भन्छन् की यो तथ्यका कारण यो निकै डरलाग्दो विषय बनेको छ र अस्ट्रेलियालीहरुको मनोवृत्ति सहित रोकथाममा ध्यान पुर्‍याउनु आवश्यक छ।

उनी न्यु साउथ वेल्सको वृद्ध दुर्व्यवहार सम्बन्धी हटलाइनमा आएका गुनासाहरू हेर्ने गर्छन्।

प्रत्येक राज्यमा गुनासा गर्नका लागि आ-आफ्नै हटलाइनहरू छन् र यो राष्ट्रिय हटलाइनसँग जोडिएको छ।

उनका अनुसार लकडाउन पछि यस्ता गुनासाहरू निकै बढेका छन्।

सन् २०२० को जुनसम्म यस्ता १,७७७ केसहरू दर्ता भएका छन्।

यस बाहेक पनि आशक्त वयस्कहरू माथि भएका थप ५२५ उजुरी त छँदै छन्।

कमिस्नर फिजगेरल्ड यस वर्षको मध्यमा दुर्व्यवहारका उजुरीहरू पुन: बढ्न सक्ने बताउँछन्।

स्वास्थ्य सामाजिक वैज्ञानिक माला कपुर शंकरदास एसिया प्रशान्त क्षेत्र त्यसमा पनि भारत र अस्ट्रेलियालाई हेरेर विगत दुई दशकदेखि वृद्ध दुर्व्यवहारको अनुसन्धान गरिरहेकी छन्।

उनी भन्छिन् कि वृद्ध दुर्व्यवहारको प्रभावकारी नीति प्रक्रियाका लागि कानुनी, स्वास्थ्य, सामाजिक, आर्थिक र मानवअधिकारका आयामहरूबाट बिचार गर्नु जरुरी छ।

डाक्टर शंकरदासले महामारीको दुई वर्षपछि भएको वृद्ध दुर्व्यवहार सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलनलाई होर्वटमा भेला भएका सयौँ प्रतिनिधीहरुलाई सम्बोधन गरेकी छन्।

Carers Support
Elderly care in nursing home - doctor with patient. Source: Getty Images

१४ र १५ फेब्रुअरीमा भएको उक्त सम्मेलनमा "एजिङ्ग माई वे" फोटो प्रदर्शनी पनि गरिएको थियो।

उक्त प्रर्दशनीमा केभिनलाई हार्मोनिकासंग र इयान भने गितारसंग तस्बिरमा देखिएका छन्।

अत्यन्तै सक्रिय जीवन बाचे पछि पछिल्ला दिन इयान र केभिन शारीरिक र बौद्धिक रूपमा पनि सक्रिय जीवन बाचिरहेका छन्।

एक पर्यावरणविद् नाविक र स्थानीय उत्साही युवा र एक जिम्मेवार इलेक्ट्रिसियनका रूपमा केभिनले ३५ वर्ष काम गरे।

उनले टास्मेनियाको हाइड्रो इलेक्ट्रिक पावर स्टेसनको रेखदेख र व्यवस्थापन गर्दथे।

इयानले भने विज्ञान, इतिहास र सङ्गीतको शिक्षक हुनु अघि केही समय सेनामा समेत बिताए।

वृद्ध अस्ट्रेलियालीहरुको योगदानलाई सम्मान गर्ने कुरामा उनीहरू युवा हुँदा कहिल्यै पछि हटेनन् र सधैँ आत्मसाथ गरे।

अहिलेका युवापुस्ताले पनि ज्येष्ठ नागरिकप्रति सम्मान गर्नुपर्दछ भन्ने कुरामा उनीहरू जोड दिन्छन्।

यदि कसैले दुर्व्यवहारको अनुभव गरे, देखे वा शङ्का लागेमा गोप्य रूपमा १८०० ३५३ ३७५ नेशनल एल्डर हेल्पमा सम्पर्क गर्न सक्दछन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now