SKIP TO MAIN CONTENT

‘नेपालमा मात्र हुन्छ भन्या, यहाँ विदेशमा नि हुँदो रैछ!’

Participants at the ‘Kalash Yatra‘ at the Australian Nepali Multicultural Festival (ANMC) on Thursday, 18 December 2025.
Participants at the ‘Kalash Yatra‘ at the Australian Nepali Multicultural Festival (ANMC) on Thursday, 18 December 2025. Credit: Facebook/Australian Nepalese Multicultural Centre ANMC

अस्ट्रेलियाका विभिन्न शहरहरूमा नेपाली बहुसांस्कृतिक केन्द्रहरू बन्ने र बनाउने निर्माणार्थ चरणमा छन्। यही वर्षको अगस्ट महिनामा सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्रको निर्माणको उद्देश्यका साथ सिड्नी आध्यात्मिक महोत्सवको आयोजना भएको थियो। त्यस्तै कार्यक्रम हालै मेलबर्नमा पनि भएको छ। मेलबर्नस्थित अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (एएनएमसी)मा बिहीबार, डिसेम्बर १८ मा कलश यात्रा सहित शुक्रवार, डिसेम्बर १९ देखि मङ्गलवार, डिसेम्बर २३ सम्म मेलबर्न आध्यात्मिक उत्सव २०२५ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख उद्देश्य, एएनएमसीको विस्तारका साथसाथै भावि पुस्तामा सांस्कृतिक चेतना रहेको कार्यक्रमका संयोजक तथा एएनएमसीका उपाध्यक्ष केशव कँडेलले बताएका छन्। यसै सन्दर्भमा थप विवरण र केन्द्रका भावी योजनाका बारेमा संयोजक कँडेल लगायत उद्घाटन कार्यक्रममा आयोजित कलश यात्रामा सहभागी नेपाली समुदायका केही सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now