सङ्घीय स्वास्थ्य मन्त्री मार्क बट्लरले सोमबार ११ जुलाई देखि समुदायका सबैभन्दा उच्च जोखिममा रहेकाहरू एन्टी भाइरल औषधि प्राप्त गर्न योग्य हुने बताएका छन्।
अहिलेसम्म एन्टी भाइरल औषधिहरू वृद्ध अस्ट्रेलियालीहरू जो सङ्क्रमणको उच्च जोखिममा रहेका छन् उनीहरूको लागि मात्र उपलब्ध गरिएको थियो।
तर अब भने ७० वर्ष र सो भन्दा माथिका मानिस, ५० र सो भन्दा बढी उमेरका दुई वा सो भन्दा बढी स्वास्थ्य जोखिम रहेका वा पहिले नै कुनै स्वास्थ्य जटिलता भएकाहरूलाई पनि सो औषधि प्रदान गरिने भएको छ।
सोही नियम आदिवासी अस्ट्रेलियालीहरू जो ३० वर्ष भन्दा माथिका रहेका छन् उनीहरूको हकमा पनि लागु हुनेछ।
रिपोर्ट सुन्नुहोस्। कोभिड-१९: सरकारले एन्टीभाइरल उपचार विधिको दायरालाई बढायो हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
मानिसहरू यदि यसमा सहभागी हुन चाहन्छन् भने आफ्नो चिकित्सकसँग सल्लाह गर्न भनिएको छ।
औषधिको नि:शुल्क नभएता पनि औषधि सम्बन्धी लाभ योजना फर्मास्युटिकल बेनिफिट स्किम अन्तर्गत छुट प्राप्त गर्न भने सकिनेछ।
अहिले अस्ट्रेलियाका अस्पतालहरूमा ४,००० कोभिड-१९ का बिरामीहरू रहेका छन्।

निकै तीव्र गतिमा फैलने यो सब भेरीएन्टका साथै यो समयमा सामान्य तया इन्फ्लुएन्जा पनि फैलिने चुनौती थपिएको छ।
अस्ट्रेलियन मेडिकल एसोसिएसनका क्रिस मोय अवस्था चिन्ताजनक रहेको बताउँछन्।
"यो नयाँ लहर आउँदै गर्दा जत्तिको चिन्तित मैले राज्यका स्वास्थ्य अधिकारीहरू पहिले भएको सुनेको थिइन। चिन्ताको स्तर निकै बढेको छ।"
सप्ताह अन्त्यको समयमा अत्यधिक माग भए पछि भिक्टोरियाको एम्बुलेन्स सेवाले कोड रेड जारी गर्नु परेको थियो।
यसले गर्दा छुट्टीमा रहेका कर्मचारीहरूलाई फर्काउनु परेको थियो भने एम्बुलेन्स सेवामा बिरामीहरूको चाप कम गर्न गम्भीर बिरामीहरूका लागि मात्र प्रयोग गरिएको थियो।
लिन्डसी मकाय एम्बुलेन्स भिक्टोरियाकी अपरेसन र कम्युनिकेसन कार्यकारी निर्देशक हुन्। उनी भन्छिन् कि आउँदो केही समयसम्म पनि अवस्था गाह्रै रहनेछ।
"यो समयमा म के भन्छु भने पक्कै पनि यो चुनौतीपूर्ण वातावरण जारी छ, र यो क्रमले निरन्तरता पाउने छ। तर हामीले व्यवस्थापन गरिरहेका छौँ, अरूले जस्तै, आफूले सक्ने जति," मकायले भनिन्।
स्वास्थ्य अधिकारीहरूले मानिसहरूलाई आफ्नो योग्यता अनुसारका खोपहरू लिन र मास्क लगाउन सुझाई रहेका छन्।
सोमबार ११ जुलाई देखि ३० वर्ष र सो भन्दा माथिका जो कोहीले कोरोनाभाइरस विरुद्धको चौथो खोप लिन सक्नेछन्।
देशमा अहिले देखिएको लहर र यस अघिको कोभिड-१९ लहरमा एउटा मात्र भिन्नता छ- अहिले आपतकालिन बिरामी बिदाको भुक्तानी सङ्घीय सरकारबाट प्राप्त गर्न सकिँदैन।
मन्त्री बट्लरले उक्त भुक्तानी बन्द गर्ने निर्णयको बचाउ गरेका छन्।
"र विडम्बना, हामी आपतकालिन भुक्तानी सधैँ दिई राख्न सक्दैनौँ।"
सङ्घीय विपक्षी दलले पनि सरकारको धारणालाई समर्थन गरेको छ।
तर रोजगारदाता र कामदारहरूका समूह दुवैले भने फरक धारण राखेका छन्।
खुद्रा व्यवसायीहरूको संस्थाका पल जारा भन्छन् यसले मानिसहरूलाई सुरक्षा बिना जोखिममा छोडेको छ।
"र, पक्कै पनि खुद्रा र हस्पिटालिटी उद्योगमा धेरै क्याजुयल कामदारहरू छन्। र यो महामारी बिदा हटाउने निर्णय सबैभन्दा खराब समयमा आएको छ।"
युनियनहरूको उच्च निकाय एसीटीयुका लिएम ओ'ब्राएन भन्छन् क्याजुयल कामदारलाई मात्र त्यो भुक्तानी चाहिएको होइन।
उपयुक्त आर्थिक सहायताको कमीका साथ अस्ट्रेलियालीहरू आइसोलेसनमा बस्न बाध्य हुने भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।
कोरोनाभाइरस सम्बन्धी सरकारी जानकारी
स्वास्थ्य विभाग- कोरोनाभाइरस जानकारी नेपाली भाषामा
गृह मामला विभाग -कोरोनाभाइरस जानकारी नेपाली भाषामा
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले घरमा नै बसेर परिक्षणका लागि पहल गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्। तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरिटरी, एसीटी, टास्मेनिया।






