के जबसीकर भुक्तानी योजनाले सोचे जस्तै राहत दिएको त?

Jobseekers

Source: AAP

सरकारले कोभिड-१९ का कारण बेरोजगारभत्तालाई बढाएर हप्ताको ५ सय ५० निर्धारण गरे पनि अबको केही समयमै यसलाई पहिलाकै अनुपातमा पुर्‍याउने सम्भावना छ।


सङ्घीय सरकारले कोभिड-१९ का कारण बेरोजगारभत्तालाई बढाएर हप्ताको ५ सय ५० निर्धारण गरे पनि अबको केही समयमै यसलाई पहिलाकै अनुपातमा पुर्‍याउने सम्भावना छ।

आगामी हप्ता सरकारले बजेटका विषयमा छलफलमा यसबारे नयाँ निर्णय गर्ने सम्भावना रहेको छ।

यद्यपि सरकारले कोरोना महामारी पछि बढाएर दिँदै आएको भत्तामा कमी गरेमा हजारौँ सङ्ख्यामा रहेको बेरोजगारहरूलाई जीवन निर्वाह गर्न मुस्किल पर्ने भन्दै विभिन्न संस्थाहरूले अहिले दिँदै आएको भत्तालाई नै निरन्तरता दिनु पर्नेमा जोड दिएका छन् ।

जागिरको राम्रो प्रबन्ध नहुँदा बस्ने वासस्थान समेत अभाव खेपिरहेकी एस्ली स्टेभेनसन् विगत ७ वर्ष देखि गरिबीको कठिन जीवन बाचिरहेकी छन्।

उनी भन्छिन्, "गरिब भएर बच्नु वास्तवै निकै नै कठिन र कुरूप लाग्छ।"

जीवन बस चल्नु सास फेर्नु वा मुटुको धड्कन चल्नु मात्र जीवन हो जस्तो लाग्दैन उनलाई।

homeless
Source: Getty Images/Paul Bradbury

कोभिड पछाडि सरकारले बेरोजगारहरूलाई दिँदै आएको भत्तामा उल्लेख्य वृद्धि गरेपछि उनको र उनी जस्तै थुप्रैको जीवन केही सहज भएको छ।

दैनिक जीवनयापनका लागि चाहिने सामाग्रीको खरिद लगायत आफ्ना नितान्त आवश्यक चीजहरूको व्यवस्थापन गर्न पनि सहज भएको छ।

तर सरकारले अहिले दिँदै आएको रकममा कमी गरेर पहिलेकै बराबर दिन सुरु गरेमा उनले दैनिक जम्मा ४० डलरले जीवनयापन गर्नु पर्ने हुन्छ र यो परिवेशबाट उनी मात्रै होइन, उनी जस्ता हजारौँले यो परिस्थतीको सामना गर्नु पर्नेछ।

Le paiement Jobseeker va augmenter
Le paiement Jobseeker va augmenter Source: AAP

एन्जलिकेयरकी केसी च्याम्बरर्स भन्छिन् कि कोरोनाभाइरसको सङ्क्रमण सुरु हुनु भन्दा पहिला देखि बेरोजगार भत्ताबाट जीवनयापन गर्नु पर्ने प्रत्येक २ मध्ये एक व्यक्तिलाई सरकारले दिएको रकमबाट सामान्य घर खर्च चलाउन पनि धौ-धौ पर्ने स्थिति थियो।

"सामान्य औषधि र ग्रोसरी सामान किन्न पनि कसै न कसैको सहयोग चाहिन्थ्यो।"

करिब १६ लाख मानिसहरू सरकारले दिएको बेरोजगार भत्तामा बाच्नुपर्ने भएकाले अबको सरकारी निर्णयको सबैले प्रतीक्षा गरिरहेको उनले बताइन्।

उनी भन्छिन्, "यतिखेर सरकारी अनुदानमा बाचेका अधिकास मानिसहरू यतिखेर अबको सरकारी निर्णय कस्तो हुने हो भन्ने तनावमा समय कटाइरहेका छौ।"

聯邦財長弗登堡(Josh Frydenberg)表示,如果澳洲經濟要保持復甦的步伐,則必須阻止新冠疫情在維州擴散。
Source: AAP

आगामी हप्ता सरकारले मिनी बजेट बैठक सञ्चालन गदै छ यसैमा अहिलेको बेरोजगार भत्तालाई नियमित गर्ने वा यसलाई कटौती गर्ने भन्ने बारेमा निर्णय हुनेछ।

अस्ट्रेलियन काउन्सिल अफ सोसल सर्भिसकी प्रमुख कसन्ड्रा गोल्डीले अहिले सरकारले दिँदै आएको रकमलाई स्थायित्व दिनका लागि राष्ट्रिय आह्वान गरेका छन्।

उनी सरकारले मानिसहरूलाई सामान्य घर खर्चका लागि चाहिने रकम दिनुपर्नेमा जोड दिन्छन्।

र यतिखेर एस्ली स्टेभेनसेन र उनी जस्तै हजारौँ मानिसहरू सरकारले आफ्नो दुख बुझेर निर्णय गर्ने कुरामा ढुक्क छिन्।

यद्यपि यसो नभएमा आफू र आफू जस्तै हजारौँ मानिस पहिलेकै जीवन जीवनका लागि तैयार रहेको उनले बताइन्। 

यदि तपाईँलाई आर्थिक समस्या परेको छ भने www.moneysmart.gov.au वा नेशनल डेट हेल्पलाईको नम्बर १८०० ००७ ००७ मा सम्पर्क गर्न सक्नुहुनेछ।

Jobseeker Jobkeeper Jobmaker Nepali Infographics
Source: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।

रुघा खोकी वा चिसो लागेको लक्षण देखा परे तपाईंले घरमा नै बसेर आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गरी परीक्षणका लागि समय मिलाउनुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो भने वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा भने ००० (ट्रिपल जिरो)मा फोन गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now