SKIP TO MAIN CONTENT

नेपालमा हास्य कलाकार र एक सुरक्षा गार्डको पक्राउ अभिव्यक्ति स्वतन्त्रता माथिको आक्रमण ?

Criminal handcuffed to bars in jail
Representative image Source: AAP

हालसालै नेपालमा भएका केही घटनाले नेपालमा शक्तिको दुरुपयोग गर्ने समस्या बढेको हो कि भन्ने भान दिएका छन्। यसै सन्दर्भमा राजनीतिक विश्लेषक तथा लेखक सिके लालले शक्तिको दुरुपयोगले शक्तिको केन्द्रिकरण र तानासाही प्रवृत्ति बढाउने र नेपालमा यसको पर्याप्त प्रतिरोध नभइरहेको बताएका छन्।

Published

Updated

By Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

हालसालै नेपालमा भएका केही घटनाले नेपालमा शक्तिको दुरुपयोग गर्ने समस्या बढेको हो कि भन्ने भान दिएका छन्। यसै सन्दर्भमा राजनीतिक विश्लेषक तथा लेखक सिके लालले शक्तिको दुरुपयोगले शक्तिको केन्द्रिकरण र तानासाही प्रवृत्ति बढाउने र नेपालमा यसको पर्याप्त प्रतिरोध नभइरहेको बताएका छन्।

नेवा समुदायको अपमान गरेको भन्दै गत हप्ता हास्यव्यङ्ग्यकार अपूर्व क्षितिज सिंहलाई गिरफ्तार गरिएको थियो र उनले माफी मागिसकेपछि पनि उनलाई अझै छोडिएको छैन।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठलाई लाइनमा बस्न अनुरोध गरेकोमा काठमान्डुको ठमेलस्थित छाया सेन्टरबाट एक जना सेक्युरिटी गार्डलाई यस हप्ता गिरफ्तार गरिएको छ।

गार्ड शेर जङ्ग गुरुङलाई भने रिहा गरिएको छ।

यसै सन्दर्भमा राजनीतिक विश्लेषक तथा लेखक सिके लालले शक्तिको दुरुपयोगले शक्तिको केन्द्रिकरण र तानासाही प्रवृत्ति बढाउने र नेपालमा यसको पर्याप्त प्रतिरोध नभइरहेको बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now