Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

मानवअधिकारका क्षेत्रमा सरकारी उदासीनताको आलोचना

With the US set to increase its refugee intake, Australia could face pressure to do the same.

With the US set to increase its refugee intake, Australia could face pressure to do the same. Source: AAP

मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ह्युमन राइट्स वाचले अस्ट्रेलियाले कोभिड–१९ महामारीका दौरान आदिवासीको अधिकार,अभिव्यक्ति स्वतन्त्रता लगायतका क्षेत्रमा सरकारले निभाएको भूमिकाको आलोचना गरेको छ ।


Published

Updated

By Sarah Chlala

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ह्युमन राइट्स वाचले अस्ट्रेलियाले कोभिड–१९ महामारीका दौरान आदिवासीको अधिकार,अभिव्यक्ति स्वतन्त्रता लगायतका क्षेत्रमा सरकारले निभाएको भूमिकाको आलोचना गरेको छ ।


मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्था ह्युमन राइट्स वाचले २०२१ मा विश्वमा भएका मानवअधिकार उल्लङ्घन सम्बन्धी रिपोट सार्वजनिक गरेको छ ।

मानवअधिकारको क्षेत्रमा संस्थाले गरेका खोजी पछि थुप्रै चेतावनी पनि जारी गरेको छ ।

ह्युमन राइट्स वाचका अस्ट्रेलियाली निर्देशक इलेन पियर्सन सार्वजनिक रिर्पोटले शरणार्थी, आदिवासीको अधिकार, बालबालिकाको अधिकार,अभिव्यक्ति स्वतन्त्रता,अशक्त एवम् बृद्धा व्यक्तिहरूको अधिकार, विदेश नीति र आतङ्कवादको क्षेत्रमा अस्ट्रेलियाले चालेका कदमहरूको विश्लेषण गरेको बताउँछन् ।

उनी भन्छिन् “मलाई लाग्छ यो रिर्पोटले मानवअधिकारको क्षेत्रमा अस्ट्रेलियाको छविमा नोक्सान पुग्न सक्छ, लगातार चलिरहेका मानवअधिकार सम्बन्धी मुद्दा, विशेष गरी आफ्ना प्रथम नागरिक प्रतिको सरकारी रवैया, शरण खोज्नेहरूका लागि भएको दुर्व्यवहारले छवि बिगारेको छ । ”

Elaine Pearson of Human Rights Watch.
Elaine Pearson of Human Rights Watch. Source: Supplied

महामारीका बेला अस्ट्रेलियाले देखाएको प्रतिक्रिया सम्बन्धी दुरुपयोग पनि रिर्पोटको चासोका रूपमा पहिचान गरिएको छ ।

रिर्पोटले भिक्टोरियाले गत वर्ष लकडाउनका दौरान सार्वजनिक आवास क्षेत्रका मानिसहरूलाई बन्दी बनाएको विषयमा पनि आलोचना गरेको छ ।

यस बाहेक अस्ट्रेलियामा हिरासतमा हुने मृत्युको सङ्ख्या र यहाँका जेलहरूमा अत्यधिक मात्रामा आदिवासी र टोरेस आईल्याडरहरु रहेको विषयमा पनि चासो व्यक्त गरिएको छ ।

पियरसन भन्छिन् यी विषय र मुद्धाहरुको उचित सम्बोधन भएको छैन ।

आज भन्दा ३० वर्ष अघि नै शाही आयोगले हिरासतमा भएका आदीबासिहरुको मृत्यु सम्बन्धी रिपोट सार्वजनिक गरेको भए पनि त्यस पश्चात् ४ सय ४० आदिवासीको हिरासतमा मृत्यु भइसकेको छ ।

न्यु साउथ वेल्स राज्यको संसदीय छानबिन समितिले हिरासतमा भएका मृत्यु र आदिवासीहरू अस्ट्रेलियाली जेलहरूमा रहेको विषयलाई छानबिन गरेकोमा यसको अन्तिम रिपोट मार्च सम्म आउने आशा गरिएको छ ।

ह्युमन राइट्स वाचले साना अपराधका घटनामा जेलमा राख्नुको साटो अन्य विकल्पहरूका बारेमा सोच्न पनि आग्रह गरेको छ ।

संस्थाको अध्ययनले डोनाल्ड ट्रम्पले गत वर्ष ब्ल्याक लाइफ म्यार्टस र प्रवासीहरू प्रति देखाएको डरको पनि आलोचना गरेको छ ।

Kenneth Roth, Executive Director at Human Rights Watch, speaks to the media in January.
Kenneth Roth, Executive Director at Human Rights Watch, speaks to the media on January 25. Source: AAP

ह्युमन राइट्स वाचका कार्यकारी निर्देशक केनेथ रोथ भन्छन् “ नयाँ राष्ट्रपति जो बाईडनले अमेरिकामा बिश्वसनियतालाई पुन:स्थापित गर्नु पर्दछ ।”

चीनको वुहानमा देखिएको कोरोनाका बारेमा ढिला गरी जानकारी गराएकामा चीन प्रति पनि रिर्पोटले आक्रोश पोखेको छ ।

यस बाहेक १० लाख भन्दा बढी विर्गास मुसलमान र हङकङको स्वतन्त्रताको प्रदर्शन रोक्न लाई खेलेको भूमिकाको पनि आलोचना भएको छ ।

हुमन राईट्स वाच चीनकी प्रमुख माया वाङ भन्छिन् “तपाई देख्न सक्नुहुन्छ कसरी चिनिया दल स्वतन्त्र गतिविधिमा असहिषुण बनिरहेको छ चाहे त्यो शिक्षामा,प्रेसमा ,इन्टरनेटमा होस ।”

सार्वजनिक भएको यो रिर्पोटले धेरै जसो मानिसको ध्यान कोरोना भाइरसमा केन्द्रित रहँदा मानवअधिकार उल्लङ्घनका घटनालाई सबैको ध्यान केन्द्रित गराएको छ ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now