गत सन् २०२० सालमा अस्ट्रेलियाले आफ्नो चौँथो सबै भन्दा गर्मी वर्ष देखेको मौसम विज्ञान ब्यूरोले बताएको छ। र पछिल्ला केहि हप्तामा ला निनाका कारण मौसम चिसो भए तापनि गर्मीको विषयमा भने यस्तो तथ्याङ्क रहेको छ।
सन् २०२० मा अस्ट्रेलियालीहरूले निकै नै चरम मौसम अवस्थाहरूको सामना गर्नु परेको थियो।
खडेरी र उच्चतापमानका कारण वर्षको पहिलोदिन देखिनै देशका विभिन्नभागमा डढेलो लागेका थिए।
गतवर्ष निकैनै असामान्य तरिकामा गर्मी भएको मौसमविज्ञान ब्यूरोका मौसमसञ्चालन प्रमुख डाक्टर एन्ड्रु वाट्किन्स बताउँछन्।
गत वर्षको सुरुवाती चौथोदिन नै सबैभन्दा उच्च तापक्रम रेकर्ड भएको थियो।

उक्तदिनमा पश्चिमी सिड्नीस्थित पेनरिथलेक्समा अधिकतम तापक्रम ४८.९ डिग्री सेल्सियस पुगेको ब्यूरोका वरिष्ठ मौसमविद् डाक्टर ब्लेर ट्रेविनले बताए।
त्यसै महिना अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा (एसीटी) निकै नै भारी असिना पानी परेका थिए - जसमा असिनाका डल्लाहरू ६ सेन्टिमिटर डायमिटर सम्म ठुला थिए।
त्यस्तै, सबैभन्दा चिसो तापक्रम भने अगस्ट महिनाको सुरुवातमा तास्मेनियामा देखिएको थियो।
वार्षिक वर्षाको मात्राऔसत भन्दा ४ प्रतिशत बढी रह्यो, तर हरेक क्षेत्र अनुसार फरक-फरक थियो।
ट्रपिकल साइक्लोनको मौसम भने सामान्य भन्दा कम सक्रिय देखियो।
पहिले औसतमा ११ वटा साइक्लोनहरू हुने गर्दथे भने गत वर्ष यो सङ्ख्या झरेर आठमा पुगेको थियो।

सेप्टेम्बर महिनाको अन्त्यमा आएको ला निनाले मौसम चिसो बनाएको र यसको कारण सन् २०२१ को मौषम सामान्यभन्दा बढी ओसिलो हुने पूर्वानुमान गरिएको छ।
मा डढेलो लाग्ने जोखिमलाई कम गर्ने डाक्टर वाट्किन्सले बताएका छन्।
आगो लागिको समयका लागि तयार हुन मानिसहरू लाई उचित योजना तयार राख्न आग्रह गरिएको छ।





