'ह्याप्पिनेस रिपोर्ट'मा अस्ट्रेलियनहरू १०औँ स्थानमा, दुई वर्षमा नेपालको स्तर भने खस्कियो

People walking across crosswalk in city downtown top view

Australia is the 10th happiest country in the world, according to a new report. Credit: vm/Getty Images

अस्ट्रेलियनहरू किवी, अमेरिकी र बेलायतीहरू भन्दा बढी खुसी भए पनि एक नयाँ रिपोर्टले यहाँ फरक उमेर समूहमा खुसीको स्तर फरक रहने "चिन्ताजनक ट्रेन्ड" पनि देखाएको छ। सो रिपोर्टमा नेपालीहरूको खुसिको स्तर भने पछिल्लो दुई वर्षमा घटेको पाइन्छ।


एक नयाँ रिपोर्टका अनुसार अस्ट्रेलिया सबैभन्दा खुसी देशहरू मध्ये १०औँ स्थानमा परेको छ, तर हामी कति खुसी छौँ भन्ने कुरामा भने पुस्तागत विभाजन छ।

संयुक्त राष्ट्रद्वारा प्रायोजित वर्ल्ड ह्याप्पिनेस रिपोर्टमा सम्मिलित १४३ देश र क्षेत्रहरूको सूचीमा नर्डिक देशहरू शीर्ष स्थानमा परेका छन्, जहाँ फिनल्याण्डले पहिलो स्थानको बाजी मारेको छ।

त्यसै गरी, अस्ट्रेलिया १० औँ स्थानमा छ भने अमेरिका (२३औँ), बेलायत (२०औँ) र न्यु जिल्यान्ड (११औँ) स्थानमा रहेको छ।

उमेर अनुसार खुसीमा देखिएको असमानताका बारेमा कुरा गर्नु पर्दा ६० वर्ष र सोभन्दा माथिका अस्ट्रेलियनहरू ९औँ स्थानमा छन् भने युवा (३० वर्ष र मुनिका) अस्ट्रेलियनहरू १९औँ स्थानमा आएका छन्।

अर्को तर्फ, नेपालको तथ्याङ्क हेर्ने हो भने, वृद्ध (६० वर्ष र माथिका) नेपालीहरू ७६ औँ स्थानमा छन् भने युवा (३० वर्ष र मुनिका) नेपाली ९२औँ स्थानमा छन् ।

Nepali children using digital tablet near Annapurna Range
Nepal holds the 93rd position among the 143 countries listed in the World Happiness Report. Credit: hadynyah/Getty Images

दुई वर्ष अगाडी सन् २०२२ को रिपोर्टमा नेपाल ८४औँ स्थानमा थियो भने यस वर्ष नेपाल ९३औँ स्थानमा आइपुगेको छ।

तर ह्याप्पिनेस रिपोर्टमा युवा र वृद्ध बिचमा बढ्दो स्थानको अन्तर अस्ट्रेलिया र नेपाल तिर मात्र सीमित थिएन।

रिपोर्टले विश्वका ठुला राष्ट्रहरूमध्ये कुनै पनि शीर्ष १० मा सूचीकृत नभएको देखाएको छ।

केवल अस्ट्रेलिया र छैटौँ स्थानमा रहेको नेदरल्याण्ड्सको जनसङ्ख्या १.५ करोड भन्दा बढी छ।

शीर्ष २० मा पनि, केवल अमेरिका र १५औँ स्थानमा रहेको क्यानडाको जनसङ्ख्या ३ करोड भन्दा बढी छ।

बुधवार प्रकाशित उक्त रिपोर्टले विश्वभरका समान उमेर समूहबिचको खुसीको पनि तुलना गरेको थियो ।

अनुसन्धानकर्ताहरूका अनुसार, युरोप बाहेक सबै क्षेत्रमा खुसीको असमानता बढेको छ, जसलाई उनीहरूले एक "चिन्ताजनक प्रवृत्ति" भनेर वर्णन गरेका छन्।

"अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्यु जील्याण्डमा हेर्ने हो भने सबै उमेर समूहहरूमा खुसी घटेको छ, तर विशेष गरी युवाहरूबिच यो अझै ठुलो समस्या बनेको छ। यति ठुलो कि युवाहरू अहिले सन् २०२१-२०२३ मा सबैभन्दा कम खुसी हुने उमेर समूहमा परेका छन्," रिपोर्टले जनाएको छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now