अस्ट्रेलियामा ८० प्रतिशतले कोभिड-१९ खोप लगाइसक्दा पनि सबै राज्यका सिमा किन खुलेको छैन?

An advertisement promoting COVID-19 vaccinations (file image)

Source: AAP

१६ वर्ष माथिका ८० प्रतिशत जनसङ्ख्याले खोपको दुवै मात्रा लगाए पछि अस्ट्रेलियाले कोभिड-१९ को खोप वितरणमा एक महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ।


अस्ट्रेलियाको खोप योजनाले धेरै किसिमको उतारचढाव र आलोचनाको सामना गर्नु परेको थियो।  अनिवार्य खोप लगाउनु पर्ने नियमको विरोधमा मेलबर्नका सडकहरूमा भएका प्रदर्शनमा हजारौँले सहभागिता जनाए।

तर त्यति उतार चढावका बिच पनि देशले अन्ततः कोभिड-१९ खोप कार्यक्रममा एक महत्त्वपूर्ण सफलता हासिल गरेको छ।

प्रधानमन्त्री स्कट मोरिसनले यसमा ज्येष्ठ नागरिकहरू अग्र स्थानमा रहेको बताएका छन्।

उता केही राज्यहरूमा  भने विशेष गरेर कम उमेरका जनसङ्ख्यामा खोप लगाउनेहरूको सङ्ख्या चिन्ताजनक रूपमा नै कम रहेको छ र यस माथि पनि वेस्टर्न अस्ट्रेलियाले आफ्नो सीमा राज्यले ९० प्रतिशतको लक्ष्य पुरा नगरेसम्म नखोल्ने निर्णय गरेपछि झन् चिन्ता थपिएको छ।

नयाँ तथ्याङ्कहरूले अरू उमेर समूहका हकमा भने खोप लगाउनेहरूको अवस्था बुझ्न खासै सजिलो नरहेको देखाएको छ।

भिक्टोरिया र न्यु साउथ वेल्स जस्ता राज्यहरूमा कम उमेरका राज्यवासीहरूले ठुलो सङ्ख्यामा खोप लगाइरहेको देखिएको छ।

क्वीन्सल्याण्डमा १६ देखि २९ वर्ष समूहका ५० प्रतिशतले पूर्ण खोप लगाएका छन्।

A general view outside a vaccination clinic at the Logan Entertainment center, south of Brisbane, Tuesday, November 2, 2021. (AAP Image/Jono Searle) NO ARCHIVING
Source: AAP

क्वीन्सल्याण्डकी स्वास्थ्य मन्त्री युभेट डि'आथले राज्यको सीमा खोल्न राज्यवासीले खोप लगाउनमा जोड दिनु पर्ने बताएकी छन्।

त्यस्तै वेस्टर्न अस्ट्रेलियामा पनि कम उमेर समूहका व्यक्तिहरूले खोप लगाउन दर न्यून रहेको छ।

वेस्टर्न अस्ट्रेलियाले ९० प्रतिशत राज्यवासीले खोपको पूर्ण मात्रा लगाए पछि मात्र आफ्नो सीमा खोल्ने घोषणा गरेको छ।

रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

वेस्टर्न अस्ट्रेलियाको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रमुख व्यवस्थापक क्रिस रडवेलले खोप नलगाउनेहरूले राज्यका व्यवसायहरूलाई घाटा पुर्‍याइरहेको बताएका छन्।

आगामी फेब्रुअरी सम्ममा राज्यले ९० प्रतिशतको लक्ष पुरा गर्ने आशा गरिएकोमा ट्राभल सम्बन्धी उद्योगसँग सम्बन्धित व्यक्तिहरू यस व्यवस्थालाई लिएर कानुनी सहायता लिने सम्मको सोच बनाइरहेका फ्लाइट सेन्टरका प्रमुख व्यवस्थापक ग्राहम टर्नरको भनाइ रहेको छ।

बुस्टर खोप कार्यक्रम

नर्दर्न टेरिटरीमा नोभेम्बर ८ तारिख, सोमवारदेखि बुस्टर डोज उपलब्ध हुने भएको छ।

हाल बुस्टर मात्रा खोप लगाउन कसैका लागि पनि अनिवार्य छैन।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now