मुख्य विषय
- अस्ट्रेलियन जैविक सुरक्षा विश्वकै उत्कृष्ट
- मासिनमा हुने तिन चौथाइ रोग जनावर सँग सम्बन्धित
- जैविक सुरक्षा सम्बन्धी नवीनतम प्रविधि निर्माणमा लाग्न विश्वको ध्यानाकर्षण
अस्ट्रेलिया उच्च गुणस्तरको नियाकर्ताको रूपमा विश्वव्यापी रूपमा प्रतिष्ठित छ । यसो भएता पनि बढ्दो जैविक सुरक्षा खतरालाई सम्बोधन गर्न अझै राम्रो समन्वयको आबश्यता रहेको भर्खरै भएको अध्ययनले औँल्याएको छ ।
राष्ट्रिय विज्ञान अनुसन्धान केन्द्रले अस्ट्रेलियाको जैविक सुरक्षा विधि विश्वका उत्कृष्ट प्रणाली मध्येको एक भएको भन्दै प्रशंसा गदै आएको छ यद्यपि उसलाई यो पनि डर छ कि कतै अरबौँ डलरका उद्योगहरू खतरामा त पर्ने होइनन् ?

जैविक सुरक्षाको भविष्यको बारेमा गरिएको अध्ययनले २०१७ सम्मको ५ वर्षको अवधिमा जैविक निर्यातमा अस्ट्रेलियाले दुई गुणाले रोक लगाएको देखाएको छ ।
प्लान्ट हेल्थ अस्ट्रेलियाकी प्रमुख सारा कोरकोरन जैविक सुरक्षा भनेको हाम्रो वातावरण,बगैचाहरु ,हामीले खाने खाना वा त्यसबाट उत्पन्न हुने फाइबर लगायत सबैलाइै समेट्ने विषय भएको बताउँछिन् ।
कोरकोरन उपभोक्ता एवम् व्यापार साझेदारहरू उनीहरूले खपत गरिरहेका उत्पादनका बारेमा बढी जान्न चाहने पनि उनी बताउँछिन् ।
कोरोना भाइरस जस्ता महामारीले जुनोटिक रोगको विश्वव्यापी खतरालाई औँल्याएको छ ।
मानिसमा देखिएका वा उदाउँदा तिन चौथाइ रोगहरू जनावर सँग सम्बन्धित रहन्छन् ।
सी एस आई आर ओ का स्वास्थ्य एवम् जैविक सुरक्षा निर्देशक डा रब ग्रेनफिल भन्छन् मानव स्वास्थ्य जनावर सँग जोडिएको हुन्छ र सानो कमजोरी पनि ठुलो जोखिमको रूपमा पैदा हुन सक्छ ।

डाक्टर ग्रेनफिल यस विषयमा कार्य योजना बनाउनु जरुरी रहेको बताउँछन् किनकि योजना बनेर लागु हुन समेत केही समय लाग्ने गर्दछ ।
रोगको वैज्ञानिक मोडलिङ र भविष्यवाणीले पनि जैविक सुरक्षाको क्षेत्रमा सन् २०२५ सम्म लगानीलाई तिन गुणा वृद्धि गरे पनि चुनौती अझै बाकि रहन सक्ने देखाउँछ ।
अध्ययनले अन्तर्राष्ट्रिय जगतले जैविक सुरक्षाका नवीनतम प्रविधिको विकासलाई प्राथमिकतामा राख्नु पर्ने सुझाव दिएको छ ।
जीव विज्ञानको क्षेत्रमा काम गर्ने सेन्टर फर इन्भेसिभ स्पेसिस सोलुसनका एन्ड्रीयास ग्लान्जनिक कोरोना भाइरस विरुद्धको खोप निमार्ण हुनुको चुनौतीलाई “नवीनतम दौड“ को संज्ञा दिन्छन् ।
संस्थाको प्रतिवेदनले आदिवासी समुदाय सँग समन्वयमा पनि जोड दिएको छ ।
एनिमल हेल्थ अस्ट्रेलियाका क्याथलिन प्लोम्यान आदिवासी समुदाय भूमिका रोकथाम केन्द्रित प्रणालीमा हुनु पर्नेमा जोड दिएकी छन् ।

उनी भन्छिन् साझा जिम्मेवारीले अस्ट्रेलियाको जैविक सुरक्षालाई थप जोखिम हुन बाट जोगाउनेछ ।
प्रतिवेदनले आपूर्ति व्यवस्थामा सूचनाको सहज पहुँच र व्यवसायका नयाँ अवसर सिर्जनाको पनि जोड दिनुपर्ने सुझाव दिएको छ ।





