अध्ययन भन्छ “जैविक सुरक्षामा अस्ट्रेलियाले धेरै सुधार गर्नु जरुरी छ”

Australians heading overseas for holidays can expect unprecedented airport scrutiny on their way back into Australia

Source: Australian Biosecurity

मानिसमा देखिने तिन चौथाइ रोगहरू जनावर सँग सम्बन्धित रहने बताइँदा, भविष्यमा हुने रोगको जोखिमलाई कम गर्न अस्ट्रेलियाले आफ्नो जैविक सुरक्षा प्रणालीमा व्यापक सुधार गर्नु पर्ने आवश्यकता रहेको राष्ट्रिय विज्ञान अनुसन्धान केन्द्रले गरेको पछिल्लो अध्ययन प्रतिवेदनले देखाएको छ ।


 

मुख्य विषय
  • अस्ट्रेलियन जैविक सुरक्षा विश्वकै उत्कृष्ट
  • मासिनमा हुने तिन चौथाइ रोग जनावर सँग सम्बन्धित
  • जैविक सुरक्षा सम्बन्धी नवीनतम प्रविधि निर्माणमा लाग्न विश्वको ध्यानाकर्षण


अस्ट्रेलिया उच्च गुणस्तरको नियाकर्ताको रूपमा विश्वव्यापी रूपमा प्रतिष्ठित छ  । यसो भएता पनि बढ्दो जैविक सुरक्षा खतरालाई सम्बोधन गर्न अझै राम्रो समन्वयको आबश्यता रहेको भर्खरै भएको अध्ययनले औँल्याएको छ ।
 
राष्ट्रिय विज्ञान अनुसन्धान केन्द्रले अस्ट्रेलियाको जैविक सुरक्षा विधि विश्वका उत्कृष्ट प्रणाली मध्येको एक भएको भन्दै प्रशंसा गदै आएको छ यद्यपि उसलाई  यो पनि डर छ कि कतै अरबौँ डलरका उद्योगहरू खतरामा त पर्ने होइनन् ?
Melbourne airport biosecurity compliance
Melbourne airport biosecurity compliance Source: Department of Agriculture and Water Resources
जैविक सुरक्षाको भविष्यको बारेमा गरिएको  अध्ययनले २०१७ सम्मको ५ वर्षको अवधिमा जैविक निर्यातमा अस्ट्रेलियाले दुई गुणाले रोक लगाएको देखाएको छ ।  

प्लान्ट हेल्थ अस्ट्रेलियाकी प्रमुख सारा कोरकोरन जैविक सुरक्षा भनेको हाम्रो वातावरण,बगैचाहरु ,हामीले खाने खाना वा त्यसबाट उत्पन्न हुने फाइबर लगायत सबैलाइै समेट्ने  विषय भएको बताउँछिन् ।
 
कोरकोरन उपभोक्ता एवम् व्यापार साझेदारहरू उनीहरूले खपत गरिरहेका उत्पादनका बारेमा बढी जान्न चाहने पनि उनी बताउँछिन् ।
 
कोरोना भाइरस जस्ता महामारीले जुनोटिक रोगको विश्वव्यापी खतरालाई औँल्याएको छ ।
 
मानिसमा देखिएका वा उदाउँदा  तिन चौथाइ रोगहरू जनावर सँग सम्बन्धित रहन्छन् ।
 
सी एस आई आर ओ का स्वास्थ्य एवम् जैविक सुरक्षा निर्देशक डा रब ग्रेनफिल भन्छन् मानव स्वास्थ्य जनावर सँग जोडिएको हुन्छ र सानो कमजोरी पनि ठुलो जोखिमको रूपमा पैदा हुन सक्छ ।
Scientists starting to test vaccines for COVID-19 at CSIRO's Australian Animal Health Laboratory.
Source: CSIRO
डाक्टर ग्रेनफिल यस विषयमा कार्य योजना बनाउनु जरुरी रहेको बताउँछन्  किनकि योजना बनेर लागु हुन समेत केही समय लाग्ने गर्दछ ।
 
रोगको वैज्ञानिक मोडलिङ र भविष्यवाणीले पनि जैविक सुरक्षाको क्षेत्रमा सन् २०२५ सम्म लगानीलाई तिन गुणा वृद्धि गरे पनि चुनौती अझै बाकि रहन सक्ने देखाउँछ ।
 
अध्ययनले अन्तर्राष्ट्रिय जगतले जैविक सुरक्षाका नवीनतम प्रविधिको विकासलाई प्राथमिकतामा राख्नु पर्ने सुझाव दिएको छ ।
 
जीव विज्ञानको क्षेत्रमा काम गर्ने सेन्टर फर इन्भेसिभ स्पेसिस सोलुसनका एन्ड्रीयास ग्लान्जनिक कोरोना भाइरस विरुद्धको खोप निमार्ण हुनुको चुनौतीलाई “नवीनतम दौड“ को संज्ञा दिन्छन् । 
 
संस्थाको प्रतिवेदनले आदिवासी समुदाय सँग समन्वयमा पनि जोड दिएको छ ।
 
एनिमल हेल्थ अस्ट्रेलियाका क्याथलिन प्लोम्यान आदिवासी समुदाय भूमिका रोकथाम केन्द्रित प्रणालीमा हुनु पर्नेमा जोड दिएकी छन् ।
Scientist at work during a tour of the CSIRO's high-containment facility in Geelong
Scientist at work at CSIRO's high-containment facility in Geelong Source: AAP/David Crosling
उनी भन्छिन् साझा जिम्मेवारीले अस्ट्रेलियाको जैविक सुरक्षालाई थप जोखिम हुन बाट जोगाउनेछ ।
 
प्रतिवेदनले आपूर्ति व्यवस्थामा सूचनाको सहज पहुँच र व्यवसायका नयाँ अवसर सिर्जनाको पनि  जोड दिनुपर्ने सुझाव दिएको छ ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
अध्ययन भन्छ “जैविक सुरक्षामा अस्ट्रेलियाले धेरै सुधार गर्नु जरुरी छ” | SBS Nepali