मुसलमान समुदायको पवित्र महिनालाई समापन गर्दै गर्दा अस्ट्रेलियाको नेपाली समुदायले पनि रमदानको कार्यक्रम आयोजना गरेको छ। भिन्न धार्मिक पृष्ठभूमिका नेपालीहरूको सहभागितामा एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले पहिलो पटक मुसलमान समुदायलाई सम्मिलित गर्ने इफ्तार कार्यक्रम गत एप्रिल ५ मा आयोजना गरेको हो। एन्टाका अध्यक्ष रन्जित साहले आफूहरूले आयोजना गर्ने हरेक कार्यक्रममा मुसलमान समुदायबाट निरन्तर सहयोग मिलेको भन्दै पहिलो पटक इफ्तार कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्, वा आफ्नो मोबाइलमा नि:शुल्क एसबीएस अडियो एप डाउनलोड गर्नुहोस्।
Share





