SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा भुटानी राष्ट्रिय दिवस: 'जन्मभूमि र राष्ट्र प्रेम सत्ता भन्दा माथि हुन्छ'

Bhutanese Flag Hoisting FED SQ MELB 2019_Bhutan's natioanal day_nepali speaking community_ Bhutanese
Source: facebook/ Parsuram Sharma Luital

भुटानको ११२ औँ राष्ट्रिय दिवसको अवसर पारेर १७ डिसेम्बर को दिन मेलबर्नमा आयोजित समारोह आफ्नो जन्म भूमि, देश र माटो प्रतिको माया झल्काउनको लागी गरिएको आयोजक टोलीको भनाइ रहेको छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

भुटानको ११२ औँ राष्ट्रिय दिवसको अवसर पारेर १७ डिसेम्बर को दिन मेलबर्नमा आयोजित समारोह आफ्नो जन्म भूमि, देश र माटो प्रतिको माया झल्काउनको लागी गरिएको आयोजक टोलीको भनाइ रहेको छ।


भुटानबाट तितो अनुभव सँगाल्दै देश छोडेर अस्ट्रेलियासम्म आइपुग्दा सोही राष्ट्रको राष्ट्रिय दिवस मनाउन आवश्यक नरहेको समुदाय भित्रकै एक पक्षको भनाइहरू आउँदा आयोजकले भने यसलाई राजनीतिक र अन्य विषय भन्दा फरक ढङ्गले हेरिनु पर्नेमा जोड दिएका छन्।

भुटानी सङ्घ अस्ट्रेलियाद्वारा आयोजित उक्त समारोहका सबन्धमा उक्त संस्थाका संस्थापक अध्यक्ष परशुराम शर्मा लुइँटेलले एसबीएस नेपालीलाई उक्त कार्यक्रम माटो प्रतिको माया प्रस्ट्याउन आयोजना गरिएको बताएका छन्।

Bhutanese Flag Hoisting FED SQ MELB 2019
भुटानको ११२ औँ राष्ट्रिय दिवसमा नेपाली भाषीको नेतृत्वमा आयोजित झण्डोत्तलन समारोहमा परशुराम शर्मा लुइँटेल Source: आभास पराजुली/एसबीएस

उनले राष्ट्रिय दिवस मनाउने भनेको साचिक्कै भुटानसँग सम्बन्ध स्थापित गर्न चाहनेहरूका लागी मात्र भएको बताएका छन्।

"यो देश र माटो र जन्मेको ठाउँलाई कुनै पनि सत्तासँग जोड्न मिल्दैन, धर्म, मानव अधिकार जे जस्तो कुरा ल्याए पनि राष्ट्रिय दिवस अन्य सबै कुरा भन्दा माथि रहेको छ।"

तर यसो भनिरहँदा राष्ट्रिय दिवस मनाउन नचाहने समुदाय भित्रकै एक पक्षको बिचारलाई पनि उनले वैचारिक भिन्नताको रूपमा सम्मान गर्ने बताएका छन्।

लुइँटेलले आफ्नो तितो विगतको अनुभव बोकेका कतिपयले राष्ट्रिय दिवस मनाउँदिन भन्न पाइने र आफ्नो फरक मत राख्न पाउनु अस्ट्रेलियाको संस्कृतिकै एक पाटो भएको पनि बताएका छन्। 

तर कतिपयले आफ्नो तितो अनुभवलाई राष्ट्रियता सँग जोडेर नहेर्ने भन्दै परशुराम लुइँटेल भन्छन् धेरै पिडा बोकेर नेपालका शरणार्थी शिविरहरूमा बसेका भुटानीहरूले समेत यो राष्ट्रिय दिवस धूमधामका साथ मनाउँछन्।

Bhutanese Flag Hoisting FED SQ MELB 2019
कार्यक्रम अवलोकनार्थ आएका शरणार्थी पृष्ठभूमिका नेपाली भाषी भुटानीहरु Source: आभास पराजुली/एसबीएस

"राष्ट्रिय दिवस मनाउँदा कसैको भावनालाई ठेस पुर्‍याउने होइन, मान्छेको आफ्नो आफ्नो दृष्टिकोण हुन्छ तर के चाहिँ हो भने राष्ट्रिय दिवस जस्तो कुरा मनाउँदा देशलाई मात्र सम्झिन्छ त्यो दिन आफू जन्मेको ठाउँ आफूले पहिचान पाको ठाउँ, जहाँ गए पनि हाम्रो पहिचान भुटानी बाट हट्ने छैन।"

विदेशी जुन सुकै भूमिमा रहे पनि भावी पुस्तालाई आफ्नो पृष्ठभूमि भुटान र सो देशको संस्कृति र परम्पराबारे जानकारी दिन पनि यस्ता समारोहहरूले सहयोगी भूमिका खेल्ने उनको भनाइ रहेको छ।

Bhutanese Flag Hoisting FED SQ MELB 2019
झण्डोत्तलन समारोहमा उपस्थित भुटानी सहभागीहरू Source: आभास पराजुली/एसबीएस

भुटानको राष्ट्रिय दिवसका अवसरमा डिसेम्बर १७ का दिन मेलबर्नको मुटुमा रहेको फेडेरेशन स्क्वाएरमा नेपाली भाषीको नेतृत्वमा  झण्डोत्तलन समारोह सम्पन्न भएको छ।

त्यस्तै भोलिपल्ट बुधवार मेलबर्नमा नै आयोजित एक विशेष अस्ट्रेलियाली नागरिकता वितरण समारोहमा भुटानी एवं क्यारेन (बर्मेली) शरणार्थी तथा नेपाली गरी ४० जनाले अस्ट्रेलियाको नागरिकता प्राप्त गरेका छन्।

साथै धेरै भुटानी पृष्ठभूमिका नेपाली भाषी अस्ट्रेलियालीहरूले एक पटक भए पनि भुटान जाने इच्छा राख्ने भन्दै उनले त्यसका लागी भुटान सरकारसँग कूटनीतिक पहल गर्नेमा सो समुदायका सबैले समर्थन गरेको पनि बताउँछन्।

Bhutanese Flag Hoisting FED SQ MELB 2019_nepali speaking community_bhutan's national day_ Bhutanese
Source: facebook/ Parsuram Sharma Luital

भुटान सरकारले त्यसको लागी के प्रबन्ध गर्न सक्छ भन्ने विषय एक तर्फ भए पनि उनका लागी भुटान देश र त्यहाँका मानिसहरू सँग जोडिन र आफू पनि भुटानको हिस्सा भएकोमा गर्व गर्ने कुरा प्रस्ट्याउन यस्ता कार्यक्रमहरू सहयोगी हुनेछन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now