ब्याजदर १० वर्ष यता कै उच्च, प्रमुख बैङ्कहरूले पनि क्रिसमस अघि व्याज बढाउने

Australia's 'big four' banks ANZ, Westpac, the Commonwealth Bank (CBA) and the National Australia Bank (NAB) have all passed on the RBA's interest rate hike in full.

금리 인하에는 더디고 인상에는 발 빠른 은행들 Source: AAP / AAP / Joel

रिजर्भ बैङ्कले ब्याजदर बढाएसँगै अस्ट्रेलियाका चार ठुला बैङ्कले क्रिसमस अघि नै ब्याजदर समायोजन गर्ने बताएका छन्।


मुख्य बुँदा
  • रिर्जव बैङ्कको घोषणासँगै नगद दर सन् २०१२ पछि कै उच्च।
  • ब्याजदर वृद्धिका कारण अस्ट्रेलियाली परिवारलाई नराम्रो परिणाम दिने ट्रेजरर जिम चामर्सको भनाई।
  • रिजर्भ बैङ्कले यस पटक ०.२५ अङ्कले ब्याजदर बढाएर ३.१ प्रतिशत पुर्‍यायाे।

लगातार आठौँ महिनाको निर्णय पछि ब्याजदर गत १० वर्ष यताकै उच्च बन्न पुगेको छ।

केन्द्रीय बैङ्कको निर्णयलाई पछ्याउँदै देशका चार ठुला बैङ्कले पनि आफ्नो ब्याजदरमा समायोजन गर्ने निर्णय गरेका छन्।

कमनवेल्थ, न्याब, एएनजेड र वेस्ट प्याक बैङ्कले नयाँ ब्याजदर समायोजन गरी क्रिसमस अघि नै आफ्ना ग्राहकहरू समक्ष पठाउने निर्णय गरेका छन्।

यद्यपि वेस्ट प्याक र कमनवेल्थ बैङ्कले भने बचत खातामा समेत ब्याजदर बढाउने घोषणा गरेका छन्।

मोर्गेज कतिले बढ्छ त?

यस अघि सन् २०१३ अप्रिल यता क्यासरेट ३ प्रतिशत भन्दा माथि पुगेको थिएन।

उच्च मुद्रास्फीति र जीवनयापनको बढ्दो लगातका कारण मारमा परेका अस्ट्रेलियाका बासिन्दा, ब्याजदर बढ्दा समस्यामा पर्ने भएका छन्।

क्यान्सस्टार नामक आर्थिक वेबसाइटका अनुसार ०.२५ प्रतिशत ब्याजदर बढ्नु भनेको ३० वर्षका लागि पाँच लाख डलर ऋण लिएका मानिसले महिनाको ७९ डलरको अतिरिक्त भार बोक्नु हो।

यसै गरी १०,००००० डलर ऋण भएकाहरूले अतिरिक्त १६० डलर तिर्नु पर्ने हुन्छ।

अर्को वेबसाइट रेटसिटीका अनुसार ७५०,००० ऋण लिएका मानिसहरू माथि गत मे महिना यता १,२५१ डलरको भार परिसकेको छ।

रिर्जब बैङ्कका गभर्नर फिलिप लोले विज्ञप्ति मार्फत अस्ट्रेलियाको मुद्रास्फीति अक्टोबर महिनामा निकै उच्च अर्थात् ६.९% रहेको बताएका छन्।

“विश्वमा देखिएका आर्थिक समस्या साथै, घरेलु मागले पनि यसमा भूमिका खेलिरहेको छ, मुद्रास्फीतिलाई तल झार्न माग र आपूर्तिको समन्वय मिलाउनु जरुरी छ,” उनले भने।

दुई ठुला बैङ्क एएनजेड र वेस्टपैकले भने आगामी मे महिनासम्म नगद दर ३.८५% पुग्ने आङ्कलन गरेका छन्।

यता क्यान्सटारको विश्लेषणमा पनि मे २०२२ देखि २०२३ को मे महिनासम्म ५००,००० डलर ऋण लिएकाहरूको मोर्गेज कम्तीमा पनि १,१३३ डलरले बढ्ने अनुमान गरेको छ।

मौद्रिक नीतिमा सुस्तता देखिदा व्याजदरबृद्धीको असर देखिन अझै केही समय लाग्ने गभर्नर फिलिप लोले स्वीकार गरेका छन्।

Housing
Housing Source: AAP

ब्याजदर अझै बढ्न सक्छ?

गभर्नर लोले आगामी महिनाहरूमा पनि ब्याजदर बढ्न सक्ने सङ्केत गरेका छन्।

उनले निर्णय भई नसकेको भए पनि ब्याजदर बढ्ने अवस्था भने रहेको बताए।

डिसेम्बर महिनामा मुद्रास्फीति ८ प्रतिशतसम्म पुग्ने र आगामी वर्षबाट भने बिस्तारै कम हुँदै जाने रिजर्भ बैङ्कको अनुमान छ।

२ देखि ३ प्रतिशतमा मुद्रास्फीति कायम राख्ने लक्ष्य रिजर्भ बैकले लिएको छ।

बोर्ड बैठक जनवरी महिनामा नबस्ने भएकाले फेब्रुअरीमा पुनः ब्याजदर बढ्न सक्ने अर्थविद्हरूको अनुमान छ।

अस्ट्रेलियाको अर्थतन्त्र बलियो तरिकाले अघि बढी रहेको भए पनि विश्व अर्थतन्त्रमा देखिएको सुस्तताले आर्थिक बृद्धीलाई असर हुने गभर्नर लोको भनाई छ।

RBA
Credit: RBA

'ब्याजदर वृद्धिको कठोर नतिजा'

ट्रेजरर जिम चार्मसले ब्याजदर वृद्धिको असर अस्ट्रेलियाली परिवारहरूमा देखिसकेको भए पनि, यसको कठोर र भारी नतिजा भने देखिन अझै बाँकि रहेको बताएका छन्।

सिड्नीमा पत्रकारहरूसँग कुरा गदै, ट्रेजरर चार्मसले “बैङ्कको विज्ञप्तिले घरायसी खर्चको वृद्धिको अवस्थालाई चित्रण गरिसकेको भए पनि यसको सीमा भने अनिश्चित” रहेको बताए।

यद्यपि उनले अस्ट्रेलियाको अर्थतन्त्रका बलियो पक्षहरूका बारेमा पनि चर्चा गरे।

बेरोजगारीदार, तलवबृद्धी, कमोडेटीको भाउ लगायत राम्रो रहेको भन्दै, युक्रेन युद्धका कारण ऊर्जाको मूल्य भने बढेको बताए।

अस्ट्रेलियाको बेरोजगारीदार अक्टोबर महिनामा घटेर ३.४ प्रतिशतमा पुगेको छ जुन १९७४ यता कै सबैभन्दा कम हो।

यद्यपि विपक्षी दलका ट्रेजररी प्रवक्ता एङ्गस टेलरले भने मुद्रास्फीतिको दबाबलाई थेग्न सरकार असफल भएको आरोप लगाए।

“ऊर्जा मूल्यमा होस् वा खर्चमा लगाम लगाउन, सरकारको निस्क्रीयताले मेहनती अस्ट्रेलियाली परिवारमा दबाब बढी रहेको छ,” उनले भने।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now