आगामी वर्षदेखि लागू हुने भनिएको 'फर्स्ट होम बायर्स चोइस'ले न्यु साउथ वेल्सका बासिन्दालाई स्ट्याम्प ड्युटीको सम्पूर्ण रकम घर किन्ने समयमा नै तिर्नु पर्ने यस अघिको व्यवस्थामा परिवर्तन ल्याउँदै छ। यो पहिलो घर किन्नेहरूका लागि कत्तिको सहयोगी हुन्छ? डिसेम्बर महिनाको आर्थिक कुराकानीमा यसबारे आर्थिक सल्लाहकार विश्वास भट्टराईको भनाइ सुन्नुहोस्।
कुराकानीका प्रमुख विषयहरू
- मुद्रा स्फीति घटाउन ५० बेसीस पोइन्टसम्मको वृद्धि गर्न सकिने रिजर्भ बैंकको भनाइ
- नोभेम्बर महिनामा घर जग्गा बजार मूल्य घट्ने क्रममा आएको कमी
- 'फर्स्ट होम बायर्स चोइस' नीतिले न्यु साउथ वेल्स बासिन्दाहरूका लागि स्ट्याम्प ड्युटी तिर्ने बारे कस्तो सुविधा दिन्छ?
के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत पठाउन पनि सक्नुहुनेछ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
Share





![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)