Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

किन होबार्ट घर भाडाका लागि अस्ट्रेलियाकै महँगो सहर बन्यो ?

Hobart View

अस्ट्रेलियामा घर भाडामा लिन सबै भन्दा महँगो स्थान तास्मनियाको राजधानी होबार्ट भएको छ।


Published

By SBS Nepali

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा घर भाडामा लिन सबै भन्दा महँगो स्थान तास्मनियाको राजधानी होबार्ट भएको छ।


उक्त राज्यमा पहिले २८० डलर देखि ३०० डलर सम्ममा पाउने तीन कोठे घरको भाँडा अहिले ४५० डलर प्रति हप्ता भन्दा बढी रहेको बताइएको छ।

र सो वृद्धिले कम आय भएका वा सरकारी भत्तामा रहन बाध्य भएकाहरूका लागि स्थिति धेरै नाजुक बनाएको बताइएको छ।

त्यस्तै एडिलेड चाहिँ महँगो घर भाडा सुचीमा दोस्रो स्थानमा रहेको छ।

सिड्नी तेस्रो स्थानमा सरेको छ।

More households renting as home ownership falls.
Source: Getty Images

भाडामा लिन उपलब्ध घर वा अपार्टमेन्टहरूको सङ्ख्या माथि थप दबाब दिन देशमा नयाँ भवन निर्माण कार्य लगातार पाँचौ पटक घटेको बताइएको छ।

जुन गए वर्षको तुलनामा दस प्रतिशत भन्दा बढीको कटौती रहेको पनि बताइएको छ।

प्रत्येक महिनाको पहिलो आइतबार आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग कुराकानी गर्ने गरिएकोमा सन् २०१९ को अन्तिम महिनाको पहिलो आइतबार पनि आर्थिक विषयमा केन्द्रित भएर कुरा गरेका छौँ।

Hobart City
Source: sbs nepali

कुराकानीमा हामीले समेटेका विषयहरूमा :

-होबार्टमा घर भाडा किन यति महँगो भएको ?

-मोरिशन सरकारको पहिलो पटक घर किन्नेहरूका लागि जनवरी महिना देखि लागु हुने पाँच प्रतिशत बचत सम्बन्धी आर्थिक सहयोगबारे आएको केही नयाँ जानकारी।

यी लगायतका विषयहरु सम्बन्धि कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now