सिड्नीको बोन्डाइ बीचमा आइतवार, डिसेम्बर १४ मा भएको घटनालाई प्रहरीले एक आतङ्कवादी आक्रमणको संज्ञा दिएको छ। हिजो उक्त स्थानमा यहुदी समुदायले मनाउने चाड हानुकाका लागि पुगेका सयौँको भिडमा, दुई कथित बन्दुकधारीले गोली प्रहार गरे पछि, १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। ज्यान गुमाउनेमा एक बालिका र एक आक्रमणकारी पनि रहेका छन्। यो घटनाले विश्वको ध्यान खिचेको छ। धेरैले यसको निन्दा गरेका छन्, यहुदी धार्मिक स्थलहरूमा सुरक्षा कडा गरिएको छ, मानिसहरूमा त्रास फैलिएको छ, र समुदायका अगुवाहरूले, घृणाविरुद्ध एकजुट हुन तथा यहुदी समुदायसँग ऐक्यबद्धता जनाउन आह्वान गरेका छन्। एक रिपोर्ट। चेतावनी: यस सामाग्रीले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।
चेतावनी: यस सामाग्रीले केही श्रोताहरूलाई वचलित बनाउन सक्छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिले मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा सहायताका लागि यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ:
- लाइफलाइन: १३ ११ १४
- बियन्ड ब्लु: १३०० २२ ४६३६
- सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७
- पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८००
आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।
दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।
मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।
इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।
Share





